सञ्जय मित्र
अहिले म मौन साक्षी छु। म अदृश्य बसेको छैन तर भूमिका मेरो दृश्य छैन। यसको अर्थ अदृश्य भूमिका छ भन्ने पनि होइन। हुनत मलाई साक्षीसमेत भन्न मिल्दैन। मबाहेक सबै सक्रिय हुनुपर्छ र आलोपालो भएको देखिरहेको छु। मेरो भूमिका केही पनि नहुने तर मूक दर्शकजस्तो बनिरहनुपर्ने कारण के हो भने यो एउटा स्टाफ बैठक हो। म अतिथि होइन। स्टाफ पनि होइन। सबैले मलाई चिनेका छन्। ममाथि यति विश्वास छ कि यहाँ मैले सुनेको र नसुनेको बराबर छ। मैले कतै केही भन्ने होइन र भने पनि खास केही फरक पर्दैन भन्ने पनि होला। स्टाफ बैठक सम्पन्न भएपछि कार्यालय प्रमुख अर्थात हाकिम साबले मलाई कतै लैजानुपर्नेछ। हाकिम मेरा साथी हुन् यसकारण पनि स्टाफ बैठकमा मेरो उपस्थिति कतिपयको मनमा बिझाएको भए पनि मलाई कसैले बाहिर गएर बस्न नभनेको हुन सक्छ। हाकिमको पुच्छर हुनु पनि कहिलेकाहीं फाइदै हुन्छ। मलाई पुच्छर हुनुको आत्मगौरव अहिले प्राप्त भएको छ।
सम्भवतः मलाई सुनाउनलाई पनि होला। स्टाफ बैठकमा अलि आदर्शका कुरा बढी नै भएको छ। मूर्तिवत् बसेको छु। समय निरन्तर बितिरहेको छ। हाकिम साबले सबैमा खोटमाथि खोट देखाइरहेका छन्। अलि दबेको स्वरमा भए पनि, घुमाउरो अर्थमा अधिकांश स्टाफहरूले हाकिममाथि आरोप खन्याइरहेका छन्। बुद्धिजीवीहरूको कुरो म त्यत्ति बुझ्दिनँ तर हाकिममाथि कसैले आरोप लगाएको सुन्दा मेरो मनमा किन हो किन बिझाइरहेको छ।
पहिलेदेखि नै अलि शान्त रहेको कर्मचारीतिर हाकिम साब फर्केर भन्छन् – गएको वर्षमा तपाईंले गरेको एएटा सबैभन्दा राम्रो कार्य भन्नुस् जसले सबैलाई प्रेरणा मिलोस् र आप्mनो एउटा कमजोरी पनि भन्नुहोला जसलाई यो वर्ष सुधार्नु पर्नेछ। दर्जनजति कर्मचारीतर्फ यही प्रश्न तेर्सिन्छ र उत्तर क्रमशः आउँदै जान्छ। कुनै बेला उत्तेजना आउँछ तर मलाई भने बोर लाग्ने क्रम शुरु भएको छ। बाहिर मूर्तिजस्तो बनेर बसेको छु तर भित्रभित्रै आँधीहुरी चलेको छ।
हाकिम साबका केही सहयोगी कर्मचारीहरूले भने चम्चागिरी गरिरहेका छन्। यो एउटा अनौठो रोग हो। सत्य कुरो बोल्न नदिनु, हाकिमलाई खुशी पार्ने कुरो मात्र गर्नु, आप्mनो स्वार्थमात्र देख्नु, अरूको स्वार्थलाई पूरै बेवास्ता गर्नु, भूmटो कुरोलाई पनि सत्य बनाएर व्याख्या गर्नु, आपूmलाई असली इमानदार देखाउनु र इमानदारमा पनि स्वार्थको भण्डार देखाउनु आदि यस रोगका लक्षणहरू हुन्। यस किसिमका रोगग्रस्त कर्मचारीहरूबाट घेरिएका हाकिम साबलाई अरूले नराम्रो र यिनीहरूले राम्रो भनिरहेको मलाई राम्रो वा नराम्रो लागेको मैले बुझ्न सकेको छैन।
स्टाफ बैठक शुरु भएको घण्टौं बितिसकेको छ। म भने हतार भइरहेको सङ्केत गर्छु।
बैठक समाप्त हुने छाँटकाँट देख्दिनँ। आरोपहरू बढिरहेका छन् एकअर्कोमाथि । सम्भवतः सबै कार्यालयहरूमा यस्तो नहुँदो हो। काम गर्ने समयमा म कहिलेकाहींं यस कार्यालयमा आउँदा सबै मिलेरै काम गरेको देखेको छु। आज फरक अनुभव भइरहेको छ। हाकिमका दुई प्रमुखहरूले केहीमाथि आरोप लगाउँदै केहीलाई चोख्याएपछि मलाई लाग्छ अब बैठकको अपराह्न शुरु भएको छ। चर्काचर्की कम भएर उकुसमुकुस बढेको छ। हाकिम साब भन्छन् – मेरो सपनाको कार्यालय बन्न सकेन। मैले चाहेको जस्तो साथ कसैले दिएन। मेरो कार्यालयलाई मैले आदर्श बनाउन खोजेको थिएँ तर यसो हुन नसक्नुमा मेरा कर्मचारीहरूले मैले खोजेको जस्तो सहयोग गरेका छैनन्।
मेरो मन अलि हलुको हुन्छ। म अझै प्रवचन सुन्न आतुर छु तर धेरैको अनुहारमा राँको बलेको देखिन थालेको छ। हाकिम साबको ठीक सामुन्ने बसेको तल्लो तहको कर्मचारीले मीठो स्वरमा हृदय छुनेगरी शिष्टता, भद्रता र अदपमा रही कुरो राख्छ–“हो, हाकिम साबले भनेपछि हामीले धेरै कमजोरी थाहा पायौं, हामीमा सुधार गर्नुपर्ने धेरै कुरा छन्। त्यसैले हाम्रो कार्यालयको प्रतिष्ठा कम भएको होला। सरले सोचेजस्तो कार्यालय हुन नसकेको होला। हामी सबका अनेकौं कमजोरीमध्ये कम्तीमा एउटा यस पालि र अहिलेदेखि नै हटाउन हामी तयार छौं । हामी सबै सङ्कल्प गर्छौं हामी कम्तीमा त्यो कमजोरी रहन दिनेछैनौं।” उनको कुरोलाई बीचमा रोक्दै हाकिम उनको प्रशंसा गर्न थाल्छन्।
केही मिनट हाकिम बोलेपछि उनले आप्mनो कुरो भन्न बाँकी रहेको भनेपछि सबैको ध्यान उनीतिर तानिन्छ । मेरो उत्सुकता अहिले निकै बढेको छ। उनी भन्छन् –“तर हाकिम साबसित मेरो निवेदन छ कि उहाँले एउटा मात्र आदर्श वचन दिनुहोस्। जस्तो कि आजदेखि म कार्यालय खुल्ने समयमा नियमित आउँछु वा आउने समयमा फरक परे पनि जुन बेला कार्यालयबाट निस्कन्छु जति बजेको छ, त्यही लेख्छु। वा म यो कार्यालयमा रहुन्जेल एक रुपियाँ भ्रष्टाचार नगर्ने आदर्श स्थापित गर्छु, कसैलाई कुनै शङ्का लाग्नासाथ मलाई सार्वजनिकरूपमैंं सोध्न सक्छ। अथवा सबै कर्मचारी मेरा लागि एक समान हुन्, म कसैसँग भेदभाव गर्दिनँ । अथवा आप्mनो कार्यालयमा आएको कुनै पनि कामलाई नियतवश रोक्ने काम गर्दिनँ। यो पनि हुन सक्दैन भने उहाँलाई जे सक्छु जस्तो लाग्छ, त्यही भन्नुहोस्। उहाँ अगाडि बढेर आदर्श स्थापित गर्नुहोस् । हामी सबैले उहाँको आदर्शलाई पूरा गर्न जीउज्यान फालेर काम गर्छौं। उहाँले चाहेकोजस्तो आदर्श कार्यालय बनाउन हामी तयार छौं र जो उहाँको आदर्शमा बाधा हुन्छ, उनलाई हामी सबैले ठीक बाटोमा ल्याउँछौं।”
उनको कुरो सुनेर मभित्र गर्वको जमरा उम्रिरहेको छ। तर हाकिम साब उठ्दै भन्छन् – त्यस्तो कहाँ हुन्छ ? ममाथि सबै थोपरेर हुँदैन। मैले धेरै थोक मिलाउनुपर्छ।”
म केही नबोली त्यहाँबाट निस्कन्छु। बाहिर आँधीहुरी आउलाजस्तो वातावरण छ।