भरत सहनी
शिक्षा क्षेत्रको सुधार तथा विकासका लागि नेपाल सरकारले आप्mनो नियमित कार्यक्रमसँगै केही ठूला–ठूला परियोजनाहरूसमेत देशव्यापीरूपमा सञ्चालन ग¥यो र ती परियोजनाहरूबाट केही सकारात्मक सुधार आए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको शिक्षाविद्हरू बताउँछन् । हालसम्म नेपाल सरकारले विभिन्न दातृ संस्थाहरूसँगको सहकार्यमा शिक्षा क्षेत्रमा सेती परियोजना, आधारभूत प्राथमिक शिक्षा कार्यक्रम (पहिलो र दोस्रो), सबैका लागि शिक्षा र विद्यालय क्षेत्र सुधार योजना (एसएसआरपी) सम्पन्न गरिसकेको छ भने विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) सन् २०१६–२०२२ सम्मको लागि देशव्यापीरूपमा सञ्चालन भइरहेको छ । कुनै पनि परियोजना आफैंमा सफल र असफल हुँदैन त्यसलाई युद्धस्तरमा कार्यान्वयन गरी सफल तुल्याउन सम्बन्धित निकाय, विद्यालय, समुदाय तथा विद्यालय व्यवस्थापन समितिको अहम् भूमिका रहन्छ ।
शिक्षाको गुणस्तर वृद्धिका हिसाबले सबै विद्यालयमा शिक्षण सिकाइलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन सघाउने प्राथमिकता प्राप्त न्यूनतम आवश्यकताहरू (पिएमइसी.) सुनिश्चित गर्नु विद्यालय क्षेत्र सुधार कार्यक्रमको प्राथमिकता रहन गएको छ । यस अन्तर्गत १. उपयुक्त कक्षाकोठा, २. शिक्षक–विद्यार्थीको उपयुक्त अनुपात, ३. समयभित्रै निश्शुल्क पाठ्यपुस्तकको उपलब्धता, ४. बालबालिकाहरूका लागि विद्यालयमा शौचालयको सुविधा तथा ५. कक्षाकोठामा पुस्तक कुना । हाल नेपालमा यी पाँचै कुरा पूरा गर्ने सामुदायिक विद्यालयहरूको सङ्ख्या न्यून छ । केवल ४ प्रतिशत सामुदायिक विद्यालयले मात्र यी पाँचै आवश्यकता पूरा गर्न सकेका छन् । ११ प्रतिशतले १, २३ प्रतिशतले २, करिब ३२ प्रशितले ३ र २८ प्रतिशतले ४ मात्र पूरा गरेका छन् । पढाइका सीप वृद्धिका लागि अनिवार्य शर्तको रूपमा मानिएको पुस्तक कुना ८८ प्रतिशत सामुदायिक विद्यालयमा छैन ।
शिक्षा ऐन २०२८ को आठौं संशोधनले ० देखि ८ कक्षासम्मलाई आधारभूत शिक्षा र ० देखि १२ सम्मको कक्षालाई माध्यमिक शिक्षा भनेर परिभाषित गरेको छ । ० भन्नाले पूर्व प्रारिम्भक शिक्षा र कक्षा १ देखि ३ लाई प्रारम्भिक कक्षा भनेर दर्शाउँछ । शिक्षा विभागका अनुसार विद्यालय जाने उमेरका ९६.९ प्रतिशत बालबालिकाहरूलाई विद्यालय भिœयाउन सफल भएको र भर्ना हुन बाँकी रहेका ३.१ प्रतिशत बालबालिकाहरूलाई पनि भर्ना गरी शतप्रतिशत पु¥याउने सरकारको लक्ष्य रहेको छ । सङ्ख्यात्मक रूपमा विद्यालय भर्नामा अपेक्षित उपलब्धि हासिल भए पनि गुणस्तरीय शिक्षाको अभावका कारण ती बालबालिकाहरूमध्ये केवल ५८.८ प्रतिशत मात्र माध्यमिक तह (कक्षा ९–१०) सम्म पुग्न सकेका र बाँकी ३७.१ प्रतिशत विद्यार्थीहरू बीचैमा विद्यालय छाडनुपरेको बाध्यता छ ।
जग बलियो भयो भने घर पनि बलियो हुन्छ भनेझै शिक्षाको जग बलियो हुनु भनेको प्रारम्भिक कक्षा (कक्षा १–३) लाई बलियो बनाउनु हो । प्रारम्भिक कक्षाका बालबालिकाहरूको मनोविज्ञान बुझेर अध्यापन गराउन दक्ष शिक्षक, घर तथा विद्यालयमा सकारात्मक शैक्षिक वातावरण, कक्षाकोठाको भौत्तिक सुविधा, पर्याप्त शिक्षण सामग्री र कक्षाकोठाभित्र थप राम्रा किताबको आवश्यकता पर्दछ तर हामीकाँहा त्यसो भएको पाइँदैन । प्रारम्भिक कक्षाको सिकाइ प्रबद्र्धन गर्नुपर्छ भने यस क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूको प्राथमिकतामा नपरेकोले प्रारम्भिक कक्षाको सिकाइ उपलब्धि झन्झन् कमजोर हुँदै गइरहेको छ । आव २०६८/६९ मा कक्षा ३ को नेपाली विषयको सिकाइ उपलब्धि ५७ प्रतिशत रहेको थियो भन्ने आ.व.ः २०७२/७३ सम्म आइपुग्दा ४६ प्रतिशतमा झ¥यो । एकातिर सामुदायिक विद्यालयको प्राथमिक तहमा विद्यार्थाीहरूको सङ्ख्या घटदै गइरहेको र शिक्षक सङ्ख्या यथावत् रहँदासमेत सिकाइ उपलब्धि घटदै जानुलाई के भन्ने ? यसबारे सरोकारवालाहरूले आत्म चिन्तन गर्नु जरुरी छ ।
विद्यार्थीहरू नियमित विद्यालयमा आऊन् या नआऊन्, पाठ्यक्रमले निर्देशित गरेको सिकाइ उपलब्धि हासिल गरेको होस् वा नहोस् केवल वार्षिक परीक्षामा सहभागी भएमा उत्तीर्ण गर्ने परिपाटीले पनि प्राथमिक तहको सिकाइ उपलब्धि कमजोर भएको शिक्षकहरूको भनाइ छ । प्रारम्भिक कक्षा (१–३) को कक्षाकोठाहरूमा आवश्यक बेन्च/डेस्क नरहेकोले कतिपय विद्यालयका विद्यार्थीहरू अझै पनि घरबाट बोरा बोकेर विद्यालय जानुपरेको, पाठ्यक्रम, शिक्षक निर्देशिका तथा पर्याप्त शिक्षण सामग्री बिना नै शिक्षण गर्नु, बालबालिकाहरूको मनोभाव बुझेर तालिम प्राप्त तथा दक्ष शिक्षकले शिक्षण गर्नुपर्नेमा कम जान्ने तथा तालिम नलिएका शिक्षकबाट शिक्षण भइरहेको हेर्दा साँच्चीकै यसतर्फ सरोकारवालाहरूको नजर नपुगेकै हो भन्ने बुझिन्छ ।
विश्वव्यापी मापदण्ड अनुसार कक्षा १ का विद्यार्थीले प्रतिमिनेट ३० शब्द, कक्षा २ का विद्यार्थीले ४५ शब्द र कक्षा ३ का विद्यार्थीले ६० शब्द शुद्धसँग पढन सक्ने र दिइएको ५ बोध प्रश्नमध्ये ८० प्रतिशत प्रश्नको शुद्ध उत्तर दिन सक्ने हुनुपर्छ । यसै मापदण्डलाई ध्यानमा राखी सन् २०१४ मा नेपालका २० जिल्लाका कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूलाई समावेश गरी प्रारम्भिक कक्षा पढाइ मूल्याङ्कन (सिबिएगरा) गरिएको थियो । जसमा केवल कक्षा २ का १.४ प्रतिशत र कक्षा ३ का १.८ प्रतिशत विद्यार्थीहरूले मात्र सो बेन्चमार्क भेटेको देखियो । यसरी विश्वव्यापी मापदण्डसँग नेपालमा गरिएको सो अध्ययनसँग तुलना गर्दा प्रारम्भिक कक्षाको पढाइ प्रवद्र्धन गर्नु नेपालमा ठूलो चुनौती रहेको देखिन्छ ।
पढाइ भन्नाले सामान्यतया छापामा लेखिएका विषय वस्तुलाई पढेर अर्थ बोध गर्नु हो । पढाइ सीपले विशेषगरी दुईवटा प्रक्रियालाई समेट्छ–विसङ्केतन र बोध । विसङ्केतन भनेको साधारण अर्थमा अक्षर फुटाउनु हो भने बोध भनेको पढेर अर्थ लगाउन सक्ने सीपलाई बुझाउँछ । यद्यपि प्रारम्भिक तहको सन्दर्भमा पढाइ सीप विकासको कुरा गर्दा यी दुई तŒवका अतिरिक्त ध्वनि सचेतीकरणदेखि लेख्य वर्ण सचेतीकरण, पठन प्रवाह, शब्द भण्डारका साथै लेखाइको पनि उत्तिकै महŒव रहन्छ । अर्थपूर्ण तरिकाले उपयुक्त गतिमा पढाइ सीपको विकास भएको विद्यार्थीले भविष्यमा राम्रो सिकाइ उपलब्धि हासिल गर्ने हुनाले प्रारम्भिक कक्षामा पढाइ सीपको महŒव छ । यस तहमा नै पढाइ सीप कमजोर भएमा भविष्यमा सबै विषयहरूमा सिकाइ कमजोर हुन्छ ।
विद्यार्थीले आप्mनो पहिलो भाषामा पढन पाएमा उनीहरूमा पढाइ सीपको राम्रो विकास हुन्छ । त्यसैले आधारभूत तहमा पहिलो भाषालाई शिक्षणको माध्यम भाषाको रूपमा प्रयोग गर्नु प्रभावकारी मानिन्छ । त्यसैगरी अर्को महŒवपूर्ण सिद्धान्त भनेको पढाइका हरेक तŒवलाई सन्तुलितरूपमा शिक्षण गर्नु हो । भाषा सिकाइको प्रारम्भमा ध्वनि सचेतीकरण, ध्वनि र सङ्केतको अन्तर्सम्बन्धलाई जोड दिनुपर्छ । प्रारम्भिक कक्षामा पढाइ सीप विकास गर्दै शिक्षण गर्ने क्रममा शुरुमा पढनका लागि सिकाइ (ीभबचलष्लन तय च्भबम) र त्यसपछि सिक्नका लागि पढाइ (च्भबमष्लन तय ीभबचल) भन्ने अवधारणा अँगाल्नु आवश्यक छ ।