वैद्यनाथ ठाकुर
हामी सबैले सुनेकै कुरो हो– ‘प्रेम अन्धो हुन्छ।’ प्रेममा फसेपछि केही पनि हेर्दैन मान्छेले। प्रेम मान्छेसँग होस् वा पैसासँग। प्रेम त आखिर प्रेम नै हो । यसै साता वीरगंजका स्थानीय समाचार पत्रिकाहरू, एफएम रेडियोहरू तथा कान्तिपुर दैनिकमा समेत एउटा समाचारले निकै ठाउँ पायो। पठनपाठनमा नाम चलेको सरकारी स्कूल सिद्धार्थ माध्यमिक विद्यालय वीरगंज चिनी कारखाना, पिपरा, बहुअरीको विद्यालय प्रशासनले आप्mनो विद्यालयको गाडीचालकलाई ६ महिनाको लागि वीरगंजकै एक निजी संस्थागत विद्यालय ज्ञानदा एकेडेमीमा काज सरुवा गरेको छ। सरकारी विद्यालयको कर्मचारी निजी विद्यालयमा कसरी सरुवा भयो ? के कारणले सरुवा भयो ? सरकारी विद्यालयहरूमा यति धेरै लापरवाही तथा भ्रष्टाचार हुनुको कारण के हो ? दिन प्रतिदिन, सरकारी शिक्ष्Fामाथि शैक्ष्Fिक माफियाहरूको नियन्त्रण किन बढिरहेको छ ? यतिबेला यस्ता प्रश्नहरूमा निधार खुम्च्याउन बाध्य भएका छन् स्थानीय अभिभावकहरू ।
यसै साताको शुरुमा मधेसी दलहरू पनि चुनावमा भाग लिने समाचार आयो । सरकार र मधेसी दलको छलफलबाट दुई चरणमा वैशाख ३१ र जेठ ३१ गते चुनाव हुने कुरा आयो। मधेसमा मात्र होइन सिङ्गै देश नै खुशी भयो यो समाचारले तर यो खुशी धेरै समयसम्म कायम रहन सकेन। आपूmलाई जिम्मेवार प्रतिपक्ष बताउने नेपाल कम्युनिस्ट पार्टी एमालेले सदन चल्न दिएन । तराईका जिल्लाहरूमा पहाडको जस्तै गाउँपालिका र नगरपालिका जनसङ्ख्याको आधारमा बढाउने कुराको एमालेले जोडदार विरोध ग¥यो । दुई चरणको चुनावलाई चुनाव नगर्ने षडयन्त्रको रूपमा अथ्र्यायो । यता मधेसी दलहरू कार्तिकमा चुनाव सार्न माग गरिरहेका छन्। अवस्था बन्नेभन्दा पनि फेरि बिग्रँदै गइरहेको छ । यस्तोमा नेपालका राजनीतिक पार्टीहरू कतिको जिम्मेवार छन् त जनताप्रति ? यो प्रश्न नेपाली जनताको अगाडि यक्षप्रश्नझैं उभिएको छ।
कुनै पनि सिद्धान्त जतिसुकै राम्रो किन नहोस्, त्यसको प्रतिपादन वा औचित्य जनहितमा छ, छैन भन्नेबाट सिद्ध हुन्छ। नेपाली राजनीतिक पार्टीहरूमा सबैभन्दा जेठो नेपाली काङ्ग्रेस तथा त्योभन्दा दुई वर्षले मात्रै कान्छो कम्युनिस्ट पार्टी हो। २००४ सालदेखि २०७४ सालसम्म आइपुग्दा पटकपटक नेपाली काङ्ग्रेस तथा नेपाली कम्युनिस्ट पार्टी दुवैले हतियार उठाएका छन्। यति लामो समयसम्मको राजनीतिले नेपाली जनतालाई राजतन्त्रको दासताको जुवा फालेर गणतन्त्रको मालिक जेजसरी बनायो त्यसमा आन्दोलनको अगुवाइ गर्ने राजनीतिक पार्टीहरू धन्यवादका पात्र हुन् । तर दुःखद कुरा के छ भने यिनीहरू कहिल्यै पनि जनताप्रति इमानदार हुन सकेनन्। पटक–पटक राजनीतिक पार्टी र तिनका नेताहरूको अवसरवादी, भ्रष्ट तथा आत्मसमर्पणवादी नीतिले गर्दा देश आर्थिकरूपमा अगाडि बढनुपर्नेमा झन्झन् पछाडि पर्दै गयो ।
पैसा, पद र कुर्सीको पछाडि नेपाली नेताहरू यति धेरै दौडे कि उनीहरू राष्ट्रिय अस्मितासमेत बन्धक राख्न कहिले हच्केनन्। यसर्थ आपूmलाई प्रजातन्त्रको ठेकेदार भन्ने नेपाली काङ्ग्रेस तथा तथाकथित दर्जनौं कम्युनिस्ट पार्टीहरू उस्तै देखिए। कोशी नदी, गण्डकी नदी भारतको हितमा नेपालीलाई अहित हुने गरी सुम्पदा न नेपाली काङ्ग्रेसलाई हीनताबोध भयो, न सङ्कोच नै। कर्णाली तथा टनकपुरको असमान सम्झौतामा हस्ताक्षर गर्दा आपूmलाई राष्ट्रवादी भन्ने नेकपा एमालेलाई थोरै पनि भारतीय दलालीको पछुतो भएन। सत्ता पाउन नेपाली काङ्ग्रेस यतिसम्म अन्धो भयो कि विदेशी दलाल पूँजीपतिहरूलाई संरक्षण तथा विकास गर्न र आपूmले कमिशन पाउन देशभित्रको सबैभन्दा ठूला कारखानाहरू निजीकरण गर्ने नाउँमा बन्द नै गरिदियो । रोजगारको अवसर समाप्त पारेर नेताहरूले देशको युवाहरूलाई वैदेशिक श्रममा पठाउन थाले । आज अवस्था यस्तो छ कि झन्डै पचास लाख युवा विदेशी भूमिमा छन् र नेपाली समाजमा हलीसमेत पाउन गा¥हो भएको छ।
खेतीहर मजदुरको अभावले देशमा प्रत्येक वर्ष कृषि उत्पादन घटदै गइरहेको छ। महँगी र भ्रष्टाचार दिन दुईगुना रात चौगुनाको दरले वृद्धि भइरहेको छ । नेपाली संस्कार, सभ्यता र संस्कृति सबै समाप्त भइरहेको छ। हिजोआज नेपालीपन के हो खोजेर पनि पाउन कठिन हुँदै गएको छ। ठूला निजी संस्थागत विद्यालयहरूमा मातृभाषाभन्दा पनि हिन्दीका पाठ््यपुस्तकहरू पढाइँदैछ । सबै क्ष्Fेत्र अराजकता र भ्रष्टाचारको शिकार छ। कतै पनि इमानदारिता र जवाफदेहिता भन्ने चीज देखिंदैन। पहाड र मधेसबीच ठूलो द्वन्द्व गराउने प्रपञ्च रचिएको छ। सयकडौं वर्षदेखिको पहाडे–मधेसीबीचको प्रेम र सद्भाव खण्डित पारिंदै छ। मधेसी समुदाय, जनजाति, थारू, आदिवासीलगायतलाई अभैm पनि केही वर्ग र जातविशेषका सत्ताधारीहरूले ब्राह्मणवादको नाउँमा अधिकारविहीन बनाएर राख्न चाहन्छन् । मुलुक दिन प्रतिदिन एउटा नजानिंदो भयावह गृहयुद्धको सँघारतिर अगाडि बढदैछ । सामान्य कुरामा पनि नागरिकको छाती र टाउकोमा ताकेर गोली हान्नेहरूलाई प्रजातन्त्र र गणतन्त्रको मसिहा बताइरहेका छन्। वास्तवमा यी सबै घटनाहरू घटित हुनुको पछाडि व्यक्तिगत स्वार्थ नै हो। कसैलाई सत्ताबाट हटेको रिसइबी फेर्नुछ भने कसैलाई लामो समयसम्म सत्तामा बसेर भत्ता पडकाउनु छ । स्वार्थमा दुवै अन्धो छ र मुलुक बर्बादीको दिशामा अग्रसर छ ....।