प्रस, परवानीपुर, १५ वैशाख/
नयाँ शैक्षिक सत्र शुरु भएको दुई साता बित्दा पनि पठनपाठनको लागि सहज पुस्तक उपलब्ध हुन सकेको छैन । माग बमोजिम पुस्तक उपलब्ध नहुँदा हजारौं विद्यार्थीको पठनपाठन प्रभावित भइरहेको पर्साका सरकारी तथा निजी विद्यालयका प्रधानाध्यापकहरूले गुनासो गरेका छन्।
गीता गजेन्द्रराज जोशी माध्यमिक विद्यालय सुखचैनाका प्रधानाध्यापक दिनेश चौरसियाका अनुसार पर्सामा हाल कक्षा दश र कक्षा ५ को पुस्तक अभाव देखिएको छ। उनको विद्यालयमा कक्षा दशमा ९६ जना विद्यार्थी छन् तर पचीस सेट किताब मात्र उपलब्ध भएको छ। विशेषगरी कक्षा दशको अतिरिक्त गणित, अङ्ग्रेजी, नेपाली तथा कक्षा ५ को अङ्ग्रेजी विषयको चरम अभाव देखिएको छ।
पर्सामा प्रावि, आधारभूत, मावि र उच्च मावि गरी कुल तीन सय ३५२ वटा र १२० वटा निजी विद्यालय सञ्चालित छ। यस विषयमा पर्साका पुस्तक बिक्रेताहरूसँग बुझ्दा जनक शिक्षा केन्द्रले पुस्तक छपाइ गरी पठाउने काममा ढिलाइ गरेकोले पुस्तक आपूर्तिमा समस्या भइरहेको पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ पर्साका अध्यक्ष नरेश रौनियारले बताए।
दुई सातापछि पुस्तक सहज उपलब्ध हुने पर्साका पुस्तक बिक्रेताहरूले जनक शिक्षा केन्द्र क्षेत्रीय कार्यालय चितवनबाट आश्वासन पाएको प्रतिक्रिया दिएका छन् । कक्षा दशको नेपाली र अङ्ग्रेजी सरकारी र निजी स्कूल दुवैमा पढाइ हुने हुँदा र यस पालि कक्षा दशको पाठयक्रममा भएको हेरफेरले पनि पुस्तक छपाइमा समस्या भइरहेको बुझिएको
छ।