विश्वराज अधिकारी |
“जनताको प्रतिनिधित्व नगर्ने व्यक्तिले सरकारको नेतृत्व गर्ने, जनताको प्रतिनिधित्व गर्नेहरूलाई सडकमा पु¥याइने भएपछि...? हो, त्यसैले माधव नेपालले राजीनामा दिनुपर्छ । माओवादीले सरकार बनाउने बाटो खुला गरिदिनुपर्छ,” नीरजले हाँस्दै भने ।
यति भनेपछि नीरज चुप लागे । रमेश दाइ पनि केही बोल्ने मूडमा देखिनुभएन । क्षितिज चुप नै थिए । अन्य बाँकी सबै पनि चुप थिए । सबैजना चुपचाप भएको देखेरे मैले भने– “होइन, अचानक किन वातावरण शान्त हुन पुग्यो ?” मैले यतिमात्र भनेको के थिएँ मतिर हेर्दै क्षितिजले भने– “नीरजको कुराले त के लाग्छ भने नेपालमा को प्रधानमन्त्री हुने भन्ने कुरा संसद्बाट होइन, सडकबाट निर्धारण होस् । दश, बीस हजार मान्छेले सडकमा प्रदर्शन, तोडफोड, बन्द, हडताल गरेर यो मान्छेलाई प्रधानमन्त्री नियुक्त गर भने पछि संसद्ले त्यो व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने ? प्रधानमन्त्रीको नियुक्ति विधिको आधारमा होइन, बलको आधारमा हुनुपर्ने ? कस्तो अचम्म ? यस्तो अचम्म अन्त कतै देखिएला ?”
क्षितिजको भनाइमा थप्दै रमेश दाइले भन्नुभयो– “होइन, माओवादीहरूलाई सरकार बनाउन कसले रोकेको छ र ? प्रधानमन्त्रीको नाममा अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य पारे भइहाल्छ नि १ प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ता गराउने अनि संविधानसभामा आप्mनो पार्टीको बहुमत देखाएर प्रचण्ड, बाबुराम, वैद्य जसलाई मन लाग्छ प्रधानमन्त्री बनाए पनि भयो नि १ यस्तो गर्न कसले रोकेको छ र ? तर सडकबाट प्रधानमन्त्री हटाउने र नियुक्त गर्ने कार्य मलाई त पटक्कै मन परेन । मन परेन है, जसले जेसुकै भनोस्, जेसुकै तर्क देओस् ।”
रमेश दाइको भनाइ नीरजलाई चित्तबुझ्दो नलागेकोजस्तो देखियो । उनले मुख अँध्यारो पारे । एक छिन घोरिएर रमेश दाइको मुहारतिर हेरे । केही क्षणको मौनता तोड्दै रमेश दाइतिर हेरेर उनले भने– “माओवादी नै हो त पहिलो, २०४७ पछि, प्रधानमन्त्री हटाऊ, यो प्रधानमन्त्रीले, त्यो प्रधानमन्त्रीले राजीनामा दे भनेर सडकमा नाराबाजी, जुलुस, हडताल गर्ने ? के योभन्दा पहिले यस्ता कार्यहरू भएका छैनन् ? अनि के पहिले न्युरोडका रेलिङहरू भत्केका छैनन् ? मान्छेका टाउका फुटेका छैनन् ? इतिहास हेरे हुन्छ ।”
बेटन रूजस्थित मेरो अपार्टमेन्टमा साथीहरूलाई आउनु है भनी मैले भने अनुसार सबै मेरो अपार्टमेन्टमा जम्मा भएका थिए । केही बेटन रूजकै साथीहरू थिए भने केही अन्य शहरबाट आएका थिए । रमेश दाइ लाफियतबाट आउनुभएको थियो । नीरज न्यु ओरलिन्सबाट । विवेक हेमन्डबाट आएका थिए ।
भोलिपल्ट हामी बसेको शहरमा अवस्थित लुजियाना राज्यको नयाँ र पुरानो संसद् भवन, लुजियाना मेमोरियल प्लाजा र मिसिसिपी रिभरको वरपर घुम्न जाने योजना हामी सबैको थियो । दिनेश भाइ त टेक्सास राज्यको एउटा सानो शहर बोमनबाट लुजियाना राज्यको राजधानी बेटन रूज शहर र लुजियाना स्टेट क्यापिटल हेर्ने उद्देश्यले मात्र आएका थिए । चौतीस तल्ले नयाँ संसद् भवनको माथिल्लो तल्लाबाट संसारको चौथो लामो र दशौं अति शक्तिशाली तथा उत्तरी अमेरिका र संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो नदी प्रणाली, करिब २३२० माइल लामो मिसिसिपी नदीको किनारमा अवस्थित बेटन रूज शहर प्रस्ट देखिने सुनेर त्यो दृश्य हेर्न दिनेश भाइ निकै उत्साहित थिए । अभैm कसैले उनलाई संसद् चलिरहेको बेला पनि संसद् हेर्न पाइन्छ भनेको हुनाले त्यो हेर्न पनि उनी ज्यादै उत्सुक थिए । बेटन रूजमा अवस्थित ४५० फिट अग्लो लुजियाना स्टेट क्यापिटल बिल्डिङ संयुक्त राज्य अमेरिकाका स्टेट क्यापिटल बिल्डिङहरूमा सबैभन्दा अग्लो क्यापिटल बिल्डिङ रहेको कुरा दिनेशलाई पहिलेदेखि नै थाहा रहेछ । लुजियाना मेमोरियल प्लाजामा रहेका शिलालेखहरू, जसमा अमेरिकाले विभिन्न समयमा लडेका अनेकौं युद्धबारे उल्लेख गरिएको छ, हेर्ने पनि उनको योजना थियो । खासमा उनको आकर्षणको केन्द्र थियो– संसद् भवनभित्र पस्नका लागि बनाइएका उनन्चासवटा सिंढीहरू, जसमा तल शुरूदेखि माथि अन्तिमसम्म प्रत्येक सिंढीमा संयुक्त राज्य अमेरिकाका राज्यहरूको नाम तथा त्यो राज्य कुन वर्ष युनियनमा समाविष्ट भयो भनी लेखिएको छ । तलको पहिलो सिंढीमा कनेक्टिकट राज्यको नाम लेखिएको छ भने माथिको अन्तिम सिंढीमा दुई राज्यहरू– अलास्का र हवाईको नाम लेखिएको छ । यी कुराहरू हेर्न उनी निकै उत्सुक थिए ।
साँझ खाना खानेहरू अरू दिनभन्दा निकै बढी हुन्छन् भन्ने अनुमान गरेर नै मैले पिजा ल्याएको थिएँ । फ्रीजमा राखेको पिजा झिक्दै साथीहरूलाई भनें– “मैले खाने कुरा दालभात, त्यस्तो केही पनि बनाएको छैन । यो पिजा नै खाउँ, हुँदैन ? मेरो भनाइमा सबैले सहमति जनाए । हामी पिजा खान थाल्यौं । पिजा खाइरहेको क्रममा नै सार्थकले भने– “हाम्रो देशमा कहिले शान्ति हुने भएन है ? जहिले पनि लडाइँ, झगडा, द्वन्द्व, बन्द, हडताल, कहिले हुने हो शान्ति ? मलाई राजनीतिमा रुचि त छैन तर देश बर्बाद हुन थालेको देखेर दुःख लाग्छ, राजनीतिमा रुचि राख्न मन लाग्छ । सारा नेपाली स्वदेश छाडेर विदेशतिर पलायन हुँदैछन् । स्वेच्छाले ज्यादै कम, बाध्यताले विदेश पलायन हुनेहरूको सङ्ख्या लाखौंमा छ । म त पढाइ सक्याएर नेपाल नै फर्कन्छु । महावीर पुन, डा. सन्दुकजस्तै समाज सेवा गर्छु । देशको सेवामा समर्पित हुन्छु । जलविद्युत्को क्षेत्रमा, खासगरी ग्रामीण जलविद्युत्को क्षेत्रमा केही गर्ने मेरो ठूलो धोको छ । तर नेपाल गएर फोहरी र बेइमानी दाउपेंचले भरिएको राजनीति गर्दिनँ ।”
“अहिलेका यिनै राजनीतिक दलहरू नेपालमा रहेसम्म नेपालमा शान्ति आउँदैन । नेपालको विकास गर्न एउटा अर्काे जङ्गबहादुर आउनुपर्छ,” रमेश दाइले सार्थकको कुरा सकिने बित्तिकै भन्नुभयो ।
रमेश दाइको कुरा सकिएको मात्र के थियो विवेकले भने– “होइन, नेताहरू किन यहाँ थुप्रिएका यस्तरी, यो बेटन रूजमा । नेताहरूको खाँचो नेपालमा छ । राजनीति नै गर्नु थियो भने नेपालमैं बसे हुन्थ्यो । ६०१ सदस्य भएको संविधानसभालाई पुगेको छैन, दुई/चार जना अरू चाहिएको छ, अहिले पनि गए हुन्छ, सदस्य सङ्ख्या थप गर्न । धेरैले अहिले पनि भन्दैछन् रे संविधानसभाको आकार सानो भयो भनेर । सबै वर्ग, सबै विचार, सबै के के हो के केलाई समावेश गर्न संविधानसभालाई अभैm ठूलो र अभैm बढी समावेशी बनाउनुपर्छ ।”
अघिदेखि केवल अरूको कुरा सुनेर बसेका किरण केही बोल्न खोजेभैंm देखिए । उनले प्रयास र विवेकलाई पालैपालो हेरे । फ्रीजतिर आँखा पार्दै उनले भने– “उत्सव, तिम्रो फ्रीजमा बियर छैन ? झिक न हौ...। यसो अलि रमाइलो गर्नुप¥यो । यो राजनीतिक गफ सुन्दासुन्दा कान पाकिसक्यो । नेपालीहरूको यस्तो पारा देखेर अचम्म लाग्छ । जहाँ चारजना जम्मा भयो कि नेपालीहरू राजनीति शुरू गर्छन् । र, एकापसमैं वादविवाद, काटमार, खुट्टा तानातान पनि गर्न थाल्छन् । गर्ने भने केही पनि होइनन् । त्यस्तै थियो भने नेपालमैं बसेर गर्नुपथ्र्याे नि यस्ताहरूले देशको विकास । किन भाग्दै आएका विदेश ? सुविधा भोग्न किन भएका विदेश पलायन ? सुविधा भोग्न विदेश आउने अनि नेपालमा यस्तो भयो, नेपालमा त्यस्तो भयो भनी केवल ठूला–ठूला कुरा मात्र के गर्नु ? मलाई त्यस्ता कुरा गर्न आउँदैन । मेरो लागि त जहाँ शान्तिसँग आरामको जिन्दगी बिताउन पाइन्छ, त्यही आप्mनो देश हो ।” यति भनेर किरण फ्रीजतिर लम्के । बियरको एउटा बोतल झिकेर त्यसको बिर्काे खोल्ने तरखरमा लागे । किरणलाई पछ्याउँदै विवेक पनि बियरको बोतल झिक्न फ्रीजतिर लम्के । बियरको बोतल झिक्दै विवेकले किरणतिर हेरेर भने– “कोरोना इक्स्ट्रा रहेछ, मलाई त यो निकै स्वादिलो लाग्छ ।” क्रमशः