प्रस, निजगढ, १६ वैशाख/
विगत केही वर्षदेखि अधिकांश चुरे बस्ती पानी पीडाको समस्या भोग्दै आइरहेको छ। चैत, वैशाख, जेठ महिनामा सुक्खायामको कारण यहाँका अधिकांश मानवबस्ती चरम पानी पीडामा पर्दै आइरहेका छन्। असार, साउनमा बस्ती नै बगाउलाभैंm उर्लने खोला, खहरेहरू हालका दिनमा सुकेका छन्।
चुरे भएर बग्ने बारास्थित दुधौरा, चुरिया, पसाहा, खयर, टिकुली, भालु, बकैया र धन्सार खोला आदिमा रहलपहलबाहेक अहिले पानी छैन। भएका पानी पनि खेतबारीमा सिंचाई गर्ने गरेपछि खोलाबगर यतिखेर मरुभूमिमा परिणत भएका छन्। बढ्दो चुरे क्षेत्र उजाड, वनजङ्गल विनाशले चुरेको मूल मुहान सुक्दै गएको जानकारहरू बताउँछन्।
एक दशकअघिबाट जथाभावी चुरे फेद, वन क्षेत्र, बस्तीनजिक चलेका दुई दर्जनभन्दा बढी क्रसरले प्राकृतिक स्रोत साधन जथाभावी उत्खनन गरेकाले पनि पानीको स्रोतमा सङ्कक पैदा भएको हो। नदीजन्य वस्तु खोलाबगरबाट जथाभावी उत्खनन गर्ने र प्रदूषण पैmलाउने गर्दा एकातिर अप्राकृतिकरूपमा स्रोत साधनको उत्खनन, दोहन भएको छ भने अर्कोतिर धूलोले वातावरण प्रदूषण भइरहेको छ ।
चार वर्षयताबाट चुरे आसपास रतनपुरी र चुरे फेद भरतगंजसिगौंलमा आधुनिक इँटा उद्योग सञ्चालनले समेत बर्सेनि ठूलो परिमाणमा माटो काट्ने र प्रदूषण पैmलाइरहेको छ।
चुरे आसपासका अमलेखगंज गाविस, रतनपुरी गाविसको डमरपुर, भक्तलाल, कुलिया, रामथली, थली, बारथली, बुङ्जोर, चिसापानी, लालबस्ती र भरतगंजसिगौल गाविसका अधिकांश बस्ती पानी पीडाको चपेटामा पर्दै आइरहेका छन्।
चुरे फेदका खोला खोल्सीमा कुँवा, खनेर खानेपानीको जोहो गर्न समेत उनीहरूलाई अहिले धौंधौं छ। प्राकृतिक स्रोत साधनको अप्राकृतिकरूपमा विनाश, दोहन भएपछि यस भेगमा समयमा पानीसमेत पर्न छोडेको छ। आधा दशकअघि मात्र जताततै मूल, मुहान, जरुवा फुट्ने चुरे फेदमा पानीका स्रोत एकाएक सुक्दै गएपछि चुरे आसपास बसोबास गर्दै आइरहेका दर्जनौं बस्ती पानी पीडामा परेका हुन्। बस्तीमा पानीको समस्या विकराल बन्दै गएको धन्सार सिंचाइ समिति भरतगंजसिंगौलका अध्यक्ष ओमबहादुर भण्डारीले भने।
अहिले खानेपानी र सिंचाइका लागि पानीको विषयमा झगडा हुन्छ। मानवबस्ती बढ्दो छ। पानीका स्रोत घट्दो छ। हाम्रो जीवन गा¥हो र सकसपूर्ण बन्दैछ, रतनपुरी थलीकी ६८ वर्षीया वृद्धा विचारी खतिवडाले भनिन्।
तराईका लागि पानीको रिचार्ज गर्ने चुरे र आसपासको वन क्षेत्र विनाश क्रम बढी रहे आकाशे वर्षामा कमी आउने र रिचार्ज क्षेत्र चुरे पहाडसमेत सुक्खामा परिणत हुन सक्ने जानकारहरू बताउँछन् ।
“तराईलाई उर्वरयुक्त बनाउन चुरे पहाडको ठूला महŒव छ। चुरे तराईको लागि पानीको रिचार्ज जोन हो। जसका लागि आसपासका वनजङ्गल, प्राकृतिक स्रोतको समेत संरक्षण गर्न गम्भीर हुनैपर्छ । अन्यथा समग्र तराईको अवस्था पानी अभावमा भयावह बन्न सक्छ,” वनविज्ञ रामाश्राय यादवले भने।
यसको असर चुरे आसपासका बस्तीमा मात्र नभई सम्पूर्ण तराई क्षेत्र नै प्रभावित हुनेछ। चुरेले सोसेर राखेको पानीकै कारण भावर क्षेत्रपछि आउने तराईका जमीनमा पानीको स्रोत रहेको हो। तराईका जमीनमा केही वर्षअघिसम्म १०/१५ फिट खन्दा पानीको सतह भेटिन्थ्यो। अहिले पानीको सतह घट्दै गइरहेको छ। प्राकृतिक विपत्तिबाट जोगिनका लागि चुरे, वनजङ्गल, नदीजन्य वस्तुलगायत अन्य प्राकृतिक स्रोत साधन, सम्पदाको संरक्षण गर्नुबाहेकको विकल्प छैन।