– समीर पाख्रिन
साहित्य समाजको ऐना हो। समाज कस्तो छ ? समाज के चाहन्छ ? समाजले के गर्दैछ ? समाज कतातिर मोडिएको छ भन्ने कुरा बुझ्नु छ भने साहित्य पढे पुग्छ। समाजले के गर्नुहुन्छ के हुँदैन भन्ने कुरा प्रथमतः साहित्यले नै निर्देश गर्ने गरेको देखिएको छ। समाजलाई अँध्यारोबाट उज्यालोतिर डो¥याउन साहित्य एउटा सशक्त माध्यम बन्दै आएको उदाहरण प्रशस्त देख्न पाइन्छ। विश्व इतिहासमा घटित ठूला–ठूला क्रान्ति, राजनैतिक परिवर्तनहरूमा साहित्यको अग्रणी भूमिका रहेको पाइन्छ । नेपालकै परिप्रेक्ष्यमा राणाशासन विरुद्ध जनान्दोलन होस् वा त्यसपछिका २०१५, २०१७, २०२८, २०३६ र २०४६ र २०६२ सालका राजनैतिक उतार चढावहरूमा देशका साहित्यकारहरूको अहम् भूमिका रहेको जगजाहेर छ। देशमा जबजब राजनैतिक सङ्कट देखापर्छ जनतालाई दिशाबोध गराउने काममा कवि,साहित्यकारहरू नै अग्र स्थानमा रहेका देखिन्छन्। कुनै पनि आन्दोलन सफल वा विफल पार्न साहित्यकारहरूको भूमिकालाई कसैले नकार्न सक्तैन। यसैले पनि साहित्य समाजका लागि एउटा बौद्धिक खुराक भएको छ। देशको वर्तमान राजनैतिक अवस्था, सामाजिक अवस्था, आर्थिक अवस्था, राजनैतिक दलहरूको गतिविधि र भूमिकाबारे जानकारी राख्ने सचेत नागरिकको कर्तव्य हो भन्ठान्छौ भने हामीले साहित्यलाई पर सारेर यो जिम्मेवारी निर्वाह गर्न सक्तैनौ। साहित्य नलेखिने, नपढिने समाज शायद यो एक्काइसौ शताब्दीमा पाउन गा¥हो होला । यदि भेट्टाइहाले पनि त्यो समाज समयानुकूल अगाडि बढन नसकेको र पक्कै सबै क्षेत्रमा पछौटे रहेको हुनुपर्छ र ढुङ्गे युगको अवस्थामा रहेको हुन सक्ने अनुमान लगाए फरक नपर्ला।
नेपालमा भाषा, साहित्यको प्रारम्भिककालबारें यदाकदा विवाद देखिए तापनि यसको औपचारिक शुरआत भने भानुभक्तकालदेखि भएको विद्वान स्रष्टाहरूको दाबी छ। नेपालमा प्रजातन्त्र आएदेखि यता ४०–७० दशकको अवधिमा सयौं स्रष्टाहरूद्वारा लिखित हजारौं कृतिहरू प्रकाशित भइसकेका छन्। नेपाली साहित्य भण्डार समृद्ध भइसकेको छ। आज नेपालमा मात्र होइन प्रवासमा पनि नेपाली भाषा साहित्यका क्षेत्रमा उल्लेखनीय काम भइरहेको छ। नेपालमा प्रजातन्त्र आएदेखि भाषा, साहित्य र सञ्चार क्षेत्रले उल्लेख्य रूपमा फस्टाउने अवसर पायो। विभिन्न भाषा, साहित्यको उत्थान, संरक्षण र स्रष्टाहरूको कदर सम्मान गर्ने, उनीहरूको कृतिहरूको मूल्याङ्कन गरस् पुरस्कृत गर्न नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानजस्ता गरिमामय निकायको स्थापना भयो। यीबाहेक पनि देशका ठूला साना शहरहरूमा दर्जनौं साहित्यिक सङ्घसंस्थाहरू सक्रियरूपमा सञ्चालित छन्।
साहित्य पढन किन जरुरी छ ? यो सवाल धेरैबाट सोधिने गर्छ। साहित्य पढने कोसित समय छ ? यस किसिमको प्रश्न सुन्दा युवावर्गको सोच र चिन्तन कतातिर मोडिएको छ भन्न सक्ने अवस्था छैन। तर जागिरे जीवन होस् वा निजी पेशा, व्यापार व्यवसाय, सामाजिक क्रियाकलाप, राजनीति, पारिवारिक आदि जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न कसरी सकिन्छ भन्ने कुराको ज्ञान हासिल गर्न र सिक्न मानिसले साहित्य नपढी सुखै छैन। साहित्यले मानिसलाई परिस्थितिसित जुध्न परिपक्व मात्र बन्न सहयोग गर्दैन यसले मानिसलाई विभिन्न निकासका उपाय बताएर सार्मथ्यवान पनि बनाउँछ। साहित्य मात्र यस्तो माध्यम हो जसले एकांकी जीवनमा असल साथीको भूमिका निर्वाह गर्दछ।
साहित्यलाई विभिन्न विधामा विभाजन गरिएको छ। उपन्यास, नाटक, कथा, कविता, संस्मरण, नियात्रा, निबन्ध, गजल, मुक्तक आदि–आदि। मनमा उब्जेका भावना, अनुभूति र आँखाले देखेका घटना–दुर्घटनालाई शैलीगतरूपमा लिपिबद्ध गर्ने कार्य नै यथार्थमा साहित्य हो। साहित्य लेखन मानिसको एउटा विशिष्ट गुण हो। यो सबैबाट सम्भव पनि हुँदैन र यो सिकेर भन्दा पनि स्वस्फूर्त रूपमा व्यक्त हुनु यसको मौलिक विशेषता हो। यसैले त महाकवि देवकोटालाई सरस्वतीपुत्र भनिने गरिन्छ। उनमा सिर्जना शक्ति देखेर कस्ता–कस्ता दिग्गज, महापुरुष पनि अवाक् र नतमस्तक हुन्थे। यस्तै आदिकवि भानुभक्तमा सिर्जनाशक्ति अद्वितीय थियो। उनले गजाधरको घरमा बास बस्ने क्रममा रचेको खण्डकाव्य होस् वा जेलको कालकोठरीमा बस्दाको बेला रचेका कविताहरू होऊन् अभिव्यक्त गरेका घटना वृत्तान्तहरू जीवन्त देखिन्छन् । लोकभाकामा रचित ती छन्दबद्ध कविताहरू आज पनि उत्तिकै प्रसिद्ध, अद्वितीय र पठनीय छन्।
सम्मुनत समाज निर्माण गर्न तथा देश र जनतालाई विकासको बाटोतिर उन्मुख गराउन साहित्यको अग्र भूमिका रहेको इतिहास साक्षी छ। शिक्षित बन्नु कुनै क्षेत्रमा सक्षम बन्नु मात्र नभई यसले मानिसको सर्वाङ्गीण विकास गरेको हुनुपर्दछ। शिक्षित बन्नु भनेको नै ज्ञान हासिल गर्नु हो। जुन ज्ञान मानिसमा आप्mनो व्यावहारिक जीवनमा आइपर्ने चुनौतीहरूको सामना गर्न सक्ने क्षमताको विकास हुनु हो। तर यी सबै कुरा विद्यालय, क्याम्पसको पाठ्यक्रममा समेटन सकेको देखिंदैन। यसैले नैतिकता, स्वावलम्बन, धैर्यता, स्वाभिमान, शालीनताजस्ता व्यावहारिक जीवनमा आवश्यक पर्ने मानवीय गुणहरू सिक्नका लागि मानिसले साहित्य पढन जरुरी छ। साहित्यले कपोलकल्पित घटनाहरूमात्र नपस्केर इतिहासबाट सिक्न, वर्तमानमा केही गर्न र भविष्यका लागि मार्गचित्र बनाउनसमेत अभिप्रेरित गर्दछ। यसैले पनि साहित्य नै यथार्थमा शिक्षाको मियो हो भन्न हच्कनु नपर्ला।
हुनत हिजोआज साहित्यलाई अनुत्पादक क्षेत्र भनी हेय दृष्टिले हेर्ने गरेको देखिएको छ। साहित्यकर्मीहरूलाई कतिपयले अर्धपागलको संज्ञा दिएको सुनिएको छ। परिवारमा समेत साहित्यकर्मीहरू कहिलेकाहीं हाँसोको पात्र बनेको देख्न सकिन्छ। साहित्यिक कृति, पत्रपत्रिका किनेर पढनेको सङ्ख्या ह्वात्तै घटेको छ। साहित्यिक गोष्ठीहरूमा न सर्जकहरूको उपस्थिति आशातीत हुन्छ, न साहित्यानुरागी श्रोताहरूको। नयाँ पीढी पूर्णतया यान्त्रिक युगमा प्रवेश गरिसकेको छ। परस्पर बसेर देश समाज र पारिवारिक समस्याबारे.चिन्तन–मनन गर्ने वातावरण हराउँदै गएको छ। सँगै बसेकाहरूसमेत एकार्कासित कुरा गरेको सुनिंदैन। उनीहरू मूकपात्र र मूकदर्शक भएका छन्। यही अवस्था रहने हो भने कालान्तरमा छलफल, अन्तक्र्रिया, तर्कवितर्क गर्ने, सुझाव–सल्लाह दिने क्षमतामा ¥हास आई बौद्धिक गतिविधि निमिट्यान्न नहोला भन्न सकिंदैन। यसैले अब परिवारमा अग्रज–अभिभावकहरूले, समाजमा बुद्धिजीवीहरूले र देशमा नेताहरूले यो विकृतिको रूपमा मौलाउँदै गएको मोबाइल संस्कृतिबाट सन्तानलाई कसरी नियन्त्रण गर्ने ? जनतालाई कसरी मोबाइल मोहका कारण निक्रिय बन्दै गइरहेको उनीहरूको जीवनशैलीबारें सचेत गराउने र उनीहरूलाई सकारात्मक गतिविधिमा कसरी सक्रियरूपमा अग्रसर गराउने यो एउटा कडा चुनौतीको विषय बनेको छ।
समग्रमा प्रसङ्ग साहित्यको भए तापनि प्रविधिको दुरुपयोगका कारण भित्रिएको सामाजिक विकृति–विसङ्गति यसले ल्याएको विचलन र कुण्ठा, पश्चिमेली संस्कृतिको प्रभाव र तडकभडकपूर्ण जीवनशैलीकै कारण साहित्य क्षेत्र प्रभावित भएको र ओझेलमा पर्दै गएको धेरैको अनुमान, आरोप र किटानी रहेकोले गर्दा यति कुराको उठान हुनु जरुरी थियो।
अन्तमा, साहित्य हाम्रो गहना हो। पहिचान हो। साहित्य कुण्ठित भएको देश, समुदाय र समाजको कल्पना गर्न सकिंदैन। यसैले साहित्यको उन्नयन र संरक्षण सबैको जिम्मेवारी हो। आऔं सबैले आआप्mनो ठाउँबाट साहित्यको सेवा गरौं। जय साहित्य १