$type=ticker$count=12$cols=4$cate=0

स्थानीय चुनाव र गरिबमैत्री संरचनाको अभाव

SHARE:

अधिवक्ता वीरेन्द्रप्रसाद यादव
    गरिब जनताको अधिकारको निम्ति लडने कमयुनिस्ट पार्टीको गणतन्त्र आएदेखि लगातार लगभग आधा दर्जन प्रधानमन्त्री बने । पहिलो पुष्पकमल दहाल प्रचण्ड, त्यसपछि माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, केपी शर्मा ओली तथा पुनः प्रचण्ड वर्तमान प्रधानमन्त्री । संसद्मा पनि करिब दुईतिहाई सङ्ख्या कम्युनिस्ट सांसदहरूको रहँदै आएको थियो भने संविधानसभामा रहेका ३१ दलमध्ये अधिकांश दल कम्युनिस्ट सिद्धान्त र विचारधारामा आधारित थिए । नेपालको पहिलो आम निर्वाचन (२०१५ साल) मा जम्मा २ सिट कम्युनिस्टले जितेको इतिहास छ तर ६ दशकपछि दुईतिहाई जितेको छ । कम्युनिस्ट दल र समर्थक बढनुको मुख्य कारण गरिब सर्वहारा वर्ग बढी र पूँजीपति कम हुनु हो । २०१५ मा कम्युनिस्ट नजित्नुको कारण त्यस बेला गरिबको अपेक्षा सम्बोधन गर्ने वामदल थिएन । पछि वामदल र वाम समर्थक बढनुको कारण हो–आम गरिब पूँजीपतिबाट प्रताडित हुनु ।
    गरिबको उद्धार गर्ने बहानामा वाम शक्तिहरूले हिंसा मचाए । २०५२ फागुन १ गतेदेखि ०६२ सम्म त सशस्त्र युद्ध नै चल्यो । यसमा १८ हजार जति युवा सेनामा खटे बारह हजार जतिले मृत्यु प्राप्त गरे । हजारौं बेपत्ता भए । कम्युनिस्ट दललाई पटकपटक सरकारमा पु¥याउन जनताले मतदान ग¥यो । यी सबै घटनाक्रमबाट आम गरिबले  आपूmलाई आर्थिकरूपले समृद्ध हुने र राज्यको अर्थनीति र बन्दूकमा आप्mनो पहुँच स्थापित गर्ने अपेक्षा राखेको पुष्टि हुन्छ । राजदरबारजस्तो पूँजीपति संस्था र एकात्मक संरचनाले आम गरिबको उद्धार हुन नसक्ने अपेक्षा राखी आम जनताले गणतन्त्र तथा सङ्घीयता ल्यायो । अहिले संविधानले केन्द्र, प्रान्त तथा स्थानीय सरकार गरी तीन तहको सरकार संरचना तय गरेको छ । संविधानको यो संरचनाभन्दा पनि स्थानीय सरकारको कल्पनाबाट आम गरिब खुशी थिए कि आम जनता केन्द्र सरकारमा सहभागी हुन नपाए पनि स्थानीय सरकारमा त वर्चस्व बनाउँछ तर वर्तमान संरचना हेर्दा त्यस्तो प्रतिफल आउने देखिंदैन । अहिले एउटा गाउँपालिकामा लगभग २० हजार भन्दा बढी मतदाता राखिएको छ । एउटा वार्डमा जित्न कमसेकम ६,७ हजार मत ल्याउनै पर्छ । मेयरमा जित्न करोडौं रुपियाँ खर्च हुन्छ । यसबाट वर्तमान संरचनाको कुनै पनि पदमा आम गरिब जनता जित्ने अवस्था छैन । अहिले चुनावको तयारी हेर्दा पहिलेका जमिन्दार, अहिलेका उद्योगपति, पूँजीपतिलाई खोजी खोजी उम्मेदवार बनाइँदैछ भने उनीहरू नै प्रतिस्पर्धामा छन् । आम गरिबले कुनै पनि पदमा प्रतिस्पर्धा गर्ने चर्चा पनि गर्न सकेको छैन । यसबाट मुलुक फेरि उही पैसावालाको हातमा गएको देखिन्छ । जसबाट आम गरिबको अपेक्षामा तुषारापात भएको छ । यो संरचनामा चुनाव लडने पैसावालाबाहेक अन्यले सक्ने अवस्था नै छैन ।
    वाम शक्तिले ल्याएको यो संरचना आम गरिबको हितमा छ त ? विचारणीय छ । कम्युनिस्ट दल र प्रतिनिधिको सङ्ख्या दिन प्रतिदिन बढीरहेकोले नेपालमा गरिबको सङ्ख्यामा वृद्धि हुँदै गएको  पुस्टि हुन्छ । यद्यपि सर्वेक्षणद्वारा गरिबको सङ्ख्या ३१ प्रतिशतबाट बढेर ६५ प्रतिशत पुगेको देखिन्छ । लगातार कम्युनिस्ट सरकार गठन भइरहँदा पनि गरिबको सङ्ख्यामा बढोत्तरी हुनुले गरिबको हकमा कम्युनिस्टहरू नै सिद्धान्त अनुसार काम नगरेको भन्नै पर्छ  । यही अवस्था महिलाको छ । महिला सहभागिता बढी जनाइएको छ, तर चुनाव महँगो हुने संरचनाबाट महिला उम्मेदवारको चर्चा छैन । दलितको सहभागिता बढी बनाइएको छ तर आर्थिक अभावले दलितहरूको चनावमा चहलपहलको अवस्था नाजुक छ । वर्तमान संरचनाको प्रारम्भिक अवस्थामा नै आर्थिकरूपले कमजोरलाई उपेक्षा गरेको भन्नै पर्छ । वार्ड सदस्यमा लडनलाई कम्तिमा दश लाखको कुरा गर्नुले आम गरिब शासन सत्ताबाट कति टाढा पुग्छ, ठेकान छैन । यसर्थ कम्युनिस्ट दलहरूले राजनीति गरिबको लागि गरेको हो कि पूँजीपतिको लागि विश्लेषणको खाँचो छ ।
    गरिब जनताले कम्युनिस्ट सरकारबाट आर्थिक राहतको धेरै अपेक्षा राख्नु अस्वाभाविक होइन । कम्युनिस्ट विचारधारा अनुसार व्यक्तिगत स्वतन्त्रताको कुनै अर्थ हुँदैन यदि आर्थिक समानता छैन भने । गरिब जनतालाई राहत उपलब्ध गराउनुको अर्थ हो सामन्त वर्गको आर्थिक हैसियतसँग गरिबको आर्थिक हैसियत बराबर होस् । आर्थिक विकास ग्रासरूटबाट भएन भने त्यो विकासको लाभ गरिब जनताले किमार्थ पाउन सक्दैन । ठूल्ठूला उद्योग खुले पनि पहुँच नभएको गरिबले रोजगार पाएन, गरिब जनता उद्योगबाट व्यापार–व्यवसाय गर्ने अवसर पाएन र  पहुँचवालाले मात्रै अवसर पायो भने गरिबको सङ्ख्या अझ बढदै जान्छ र पूँजी सीमित व्यक्तिको हातमा थुप्रिंदै जान्छ । यस्तै अपचलन हुन नदिनु कम्युनिस्ट सरकारको पहिलो कर्तव्य हो । एउटा राजमार्ग निर्माण हुन्छ कालोपत्रे हुन्छ । खुट्टामा चपल नहुने गरिब चाहेर पनि त्यसमा हिंडन सक्दैन । घाममा खुट्टा पोल्छ र चिसोमा घोच्छ । हुनेखाने साइकल, मोटरसाइकल तथा चार चक्कामा हुइँकिन पाउँछन् । जुन गरिबसँग चप्पल लगाउने र बसको भाडा तिर्ने हैसियत छैन उसको लागि ठूला राजमार्ग र पिचको के महŒव ? यसको अर्थ कम्युनिस्ट सरकारले विकास कार्य गर्नुहुँदैन भन्ने होइन । तर पिच निर्माण गर्नुपूर्व विपन्न वर्गलाई चप्पल लगाउने हैसियतमा पु¥याउनुपर्छ ।
    सङ्घीय संरचनाले मात्र हुँदैन । आम गरिब जनता पनि सहभागी बन्न सक्ने हुनुपर्छ । मेडिकल कलेज भए पनि आम गरिबको पहुँचमा छैन । ठूल्ठूला मेडिकल कलेज बनाउनुपूर्व आम जनताको हरेक बच्चालाई प्राथमिक विद्यालयमा भर्ना हुने अवसर जुटाइदिनुपर्छ । काठामाडौंमा खोलिएका ट्रमा सेन्टरमा रोल्पा–डोल्पाका गरिबले सहज सेवा पाउन सक्छ कि सक्दैन सोच्नुपर्छ । यदि सक्दैन भने यत्रो कम्युनिस्ट सरकारको कुनेै अर्थ छैन । बजेट पनि गरिबीमुखी हुनुपर्छ जुन अहिलेसम्म हुन सकेको छैन । मुलुकमा यतिखेर बग्रेल्ती मेडिकल कलेज खुलेका छन् । नर्सिंग कलेज खुलेका छन् । ठूल्ठूला प्राविधिक शिक्षालय खुलेका छन् तर आम गरिबको पहुँच बाहिर छ । एउटा नर्सिंग पढन आठ दश लाख खर्च गर्नैपर्छ । एउटा मजदुरको बच्चाको लागि सहज छैन । सरकारी छात्रवृत्तिमा पनि हरेक वर्ष अध्ययनको अवसर दिइन्छ, तर त्यसमा प्रायः आर्थिक र राजनीतिक पहुँच भएका मानिसका सन्तानले मात्र अवसर पाउँछन् । एउटा गरिब किसानको बच्चा जति जेहेन्दार भए पनि अवसर पाउँदैन । कम्युनिस्ट नेताका सन्तान भारत, चीन, अमेरिका आदि देशमा अध्ययन गर्छन् तर कम्युनिस्ट सरकार र नेतासित अपेक्षा राखी बसेका गरिबका सन्तानका लागि कुनै अवसर छैन । कम्युनिस्ट सरकारका प्रधानमन्त्री तीन करोडको गाडी चढछन् तर रोजगार नपाएर तिनका कार्यकर्ता पार्टी कार्यालयमा आत्मदाह गर्न बाध्य छन् । खुट्टामा चप्पल नहुनेहरूको सङ्ख्या दिनानुदिन बढदैछ । शहरमा रिक्सा चलाउनेहरूको सङ्ख्या दिनानुदिन बढदैछ, सडकपेटीमा बास बस्ने मागेर खानेहरूको सङ्ख्या दिनानुदिन बढदैछ । रोगको उपचार गर्न नसकेर परिवारसहितै षिसेवन गर्नेको सङ्ख्या दिनानुदिन बढदैछ तर यही समाजमा बैकको सङ्ख्या अत्यधिक छ भने उद्योग व्यापारको सङ्ख्या बढदैछ । जग्गा जमिनको महँगीले आकाश छोएको छ ।                 सङ्घीय संरचनाले आम गरिबलाई उठाउन सक्नुपर्छ । कम्युनिस्ट सरकार गठन भएदेखि पाच लाख कठ्ठामा बिक्री हुने जगा यतिखेर सत्तरी–अस्सी लाखमा बिक्री हुँदैछ । जग्गा–जमिनको यसरी बढदो महँगीले आम गरिबको पहुचबाट वास पनि टाढा हुँदैछ भने धनी वर्गको पहुँच बढदैछ । मुलुक आर्थिकरूपले दुर्बल छैन, तर पूँजीको उचित वितरण र व्यवस्थापनले गरिब र धनीबीचको खाडल बढदै गएको छ । यही खाडल पुर्ने प्रमुख दायित्व कम्युनिस्ट सरकारको हो, जुन यस अघिका प्रमहरूले गर्न सकेका छैनन् । कम्युनिस्ट सरकारमा कमसेकम गरिब जनता मारमा पर्नुहुँदैन, तर प्रायः गरिब जनता मारमा पर्ने गरेको छ । दैनिक उपभोग हुने नुन, तेल, चामल, ग्याँस, तरकारी, दाल सबैको मूल्यले आकाश छोएको छ । सरकारले बिक्री गर्ने विद्युत्मा पनि उद्योगीले तिर्नेभन्दा उपभोक्ताले तिर्ने दर महँगो छ । कतिपय सामानमा मूल्य अभिवृद्धि कर गरीबले तिर्नैपर्नेछ भने उद्योगी–व्यापारीले जनताबाट उठाएको कर पनि उद्योगीलाई नै दिने सरकारले निर्णय गर्छ । चरम गरिबीको रेखामुनि रहेको जनता अभाव, मिसावट तथा कालाबजारीको भार सहनै नसक्ने अवस्थामा पुगेको बखत काला बजारी जस्ता अपराधमा सजाय घटाउने कामले गरिबलाई निश्चितरूपमा लाभ हुँदैन ।
    महिनाको लाखौं कमाउने र महिनाको दई हजार कमाउनेले एकै दरमा खरिद गर्नुपर्ने बाध्यता छ । मन्त्रीको लागि पनि उही दर छ भने मागेर खानेको लागि पनि उही दर छ । आय समान नभएको अवस्थामा उपभोग्य वस्तुको भाउ समान हुनु गरिबको लागि दुर्भाग्य हो र कम्युनिस्ट सरकारको लागि विडम्बना । आम गरिबलाई राहत दिने हो भने कम्युनिस्ट सरकारले यस्ता कुरामा बढी ध्यान दिनु आवश्यक छ । उद्योग–व्यवसाय बन्द हुँदा पनि गरिब नै मारमा परेका छन् भने रासायनिक मलको अभाव पर्दा पनि गरिब नै मारमा परेका छन् । मुलुकलाई पाँच लाख टन मलको आवश्यकता भए पनि एक लाख टन मात्र उपलब्ध हुन्छ, जसमा शहरका डिलरलाई दिनहुँ एक ट्रक माल दिइन्छ भने गाउँका डिलरलाई तीनचार दिनको अन्तरालमा सय बोरा । यसबाट के देखिन्छ भने आम गरिब जनतालाई राहत पु¥याउनुको सट्टा व्यापारीलाई बढावा दिइएको छ । गाउँमा नपाएका जनता शहरका तिनै व्यापारीबाट महँगोमा किन्न बाध्य हुन्छन् । कम्युनिस्ट सरकारमा मजदुर वर्गलाई समस्या नहुनुपर्ने हो तर यहाँ त अधिकांश उद्योग मजदुर मालिकको विवादले कम्युनिस्ट सरकारकै पालामा बन्द भएको छ । तथ्याङ्क अनुसार विराटनगर करिडोरमा १ सय पचास र वीरगंज करिडोरमा करिब ६० उद्योग बन्द भएका छन् । उद्योग बन्द भएपछि उद्योगीले आप्mनो पूँजी कतै न कतै लगानी गरी नाफा कमाउन त सक्छ नै, तर बिजोगमा परेका छन् मजदुरहरू । ठूल्ठूला  गार्मेन्ट बन्द भएर हजारौं मजदुर बेरोजगारी भएका छन् । वीरगंज चिनी कारखाना, कृषि अFैजार कारखाना, जनकपुर चुरोट कारखाना लगायत उद्योग बन्द हुनुले गरिब जनतालाई नै मार परेको छ । यस्ता उद्योग कम्युनिस्ट सरकारले सञ्चालन गर्ने सोचसम्म नबनाउनु दुःखद हो ।                 मुलुकमा प्रजातनत्र आएदेखि करिब ६०० उद्योग बन्द भएको बताइन्छ । यस्ता उद्योग बन्द हुनुमा कहीं न कहीं कम्युनिस्ट पार्टी र सरकार जिम्मेवार छ भन्न सकिन्छ । सरकारकै पार्टीले चलाएको जनयुद्धमा योगदान गरेका कार्यकर्ताले वर्तमान चुनावमा भाग लिने चर्चा छैन । पार्टीले पनि उम्मेदवार बनाउन पैसावाला खोज्दैछ ।  जुन पूँजीपतिविरुद्ध युद्ध भयो, युद्धपछि उसैले अवसर पाउने संरचना बनेपछि सर्वहाराको योगदानको के अर्थ रह्य ? सङ्क्षेपमा वर्तमान संरचना सङ्घीय भए पनि गरिबमैत्री चाहिं हुन सकेन । पहिलेकै मालिकलाई मालिक बनाएर दासलाई दास बन्न दिनुलाई परिवर्तन मान्न मिल्दैन । यसर्थ अहिले पनि समय छ । नेताहरूले गरिबको नाममा जमिन्दार बन्न छोडी आम गरिबको अपेक्षा बुझ्नुपर्छ । आम गरिबलाई शासन सत्तामा आउने संरचना तयार पार्नुपर्छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : स्थानीय चुनाव र गरिबमैत्री संरचनाको अभाव
स्थानीय चुनाव र गरिबमैत्री संरचनाको अभाव
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhXVsov93qasePoGAywtzto5o-lAJ-7RjtB2XOZ-j2RF2xKMAd7ZJ_CFCQWVVhDk2PYWIE4o9-P2Wh_Ic2ZA5dLJXLKJR50rPuiR6KzujhPSoxMrUbHKk_imNXKVLRDwHyeUJJ51DufoXQ/s200/birendra+prasad.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhXVsov93qasePoGAywtzto5o-lAJ-7RjtB2XOZ-j2RF2xKMAd7ZJ_CFCQWVVhDk2PYWIE4o9-P2Wh_Ic2ZA5dLJXLKJR50rPuiR6KzujhPSoxMrUbHKk_imNXKVLRDwHyeUJJ51DufoXQ/s72-c/birendra+prasad.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/04/blog-post_520.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/04/blog-post_520.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy