प्रस, ठोरी, पर्सा, १५ वैशाख/
बढ्दो सुक्खायामसँगै ठोरीका विभिन्न वडामा खानेपानीको समस्या देखिएको छ। ठोरीका विभिन्न वडाको माथिल्लो भेग चौतारा, सरस्वतीनगर, हनुमाननगर, गौतमनगर, रोजीनगरको डाँडा र गहिरोटोल क्षेत्रमा खानेपानीको समस्या देखिएको हो।
विशेषगरेर चितवन राष्ट्रिय निकुञ्जको चुरे क्षेत्र पानीको मुहान रहेका यस क्षेत्रका बासिन्दाले पाइपलाइनबाट पिउने पानी उपभोग गर्दै आएका छन्। बढदो सुख्खायामसँगै यस क्षेत्रका बासिन्दाले प्रत्येक वर्ष पिउनेपानीको समस्या झेल्नुपरेको छ। जेनतेन पाइपलाइनबाट खोलाको पानी ल्याइए पनि सुरक्षित पिउनेपानीबाट वञ्चित हुनुपरेको स्थानीयको गुनासो छ। जङ्गली जनावरले फोहोर बनाएका र पातपतिङ्गर कुहिएर फोहोर भएको खोलाको पानी पाइपबाट ल्याएर पिउनुपरेको स्थानीय बासिन्दा बताउँछन्।
चितवन राष्ट्रिय निकुञ्ज, अमुवा खोलाबाट पाइपमार्फत् ल्याइएको पानी सुख्खायाम शुरु भएसँगै मुहान सुक्दा समस्या उत्पन्न भएको चौताराका स्थानीय ध्रुव क्षत्रीले जानकारी दिए। पिउने पानीको समस्या भएपछि सो क्षेत्रका बासिन्दा दुई किलोमिटर टाढाबाट समय खर्चेर खोलाको पानी बोकेर पिउन बाध्य हुनुपरेको बुलबुल खानेपानी समितिका अध्यक्ष धर्मेन्द्र कलवारले बताए ।
ठोरी क्षेत्रका विभिन्न वडामा पिउनेपानीको समस्या भएको गुनासो आएपछि जिल्ला खानेपानी तथा सरसफाइ कार्यालय, वीरगंजले बिहीवार पिउने पानीको समस्या रहेको क्षेत्रको स्थलगत अनुगमन गरेको छ। कार्यालयका इन्जिनियर रामहित यादवको नेतृत्वमा आएको टोलीले पानीको मुहान रहेको चितवन राष्ट्रिय निकुञ्जस्थित अमुवाखोलाको अनुगमन गर्दै उत्पन्न समस्या समाधान गर्न सक्दो पहल गर्ने बताए।
सो क्षेत्रमा बुलबुल खानेपानी आयोजनामार्फत् अमुवा खोलाको मुहानबाट पाइपलाइनबाट ल्याएको पानी चौतारा, रोजिनगर र घोल लाइनका १ सय २० घरधुरीका झन्डै ७ सय मानिसले प्रयोग गर्दै आएका थिए।
हाल पिउनेपानीको समस्या देखिएका वडाहरूलाई लक्षित गरी दुईवटा ओभरहेड ट्याङ्क निर्माण भइरहेको र उक्त ओभरहेडमार्फत् पानीको सप्लाई भएपछि यस क्षेत्रको खानेपानीको समस्या सदाका लागि समाधान हुने यादवले बताए। ठोरीको हनुमाननगरमा निर्माण भएको ओभरहेड ट्याङ्की निर्माणदेखि बोरिङ कार्य सम्पन्न भइसकेको भन्दै उनले छिट्टै पाइप बिछ्याउने काम हुने बताए। सरस्वतीनगरमा भने बोरिङ धसाउने कार्य सम्पन्न भइसकेको उनले बताए।