प्रस, परवानीपुर, १४ वैशाख/
वीरगंज–२१ पटेलनगरका आगलागी पीडितहरूको लागि बेलायतबाट पठाइएको राहत सामग्री पुगेको छ। जनकपुरका सरोज रायको संस्था पहल नेपालको सक्रियतामा रोटरी क्लब अफ काठमाडौंले बेलायतबाट पठाएको आगलागी पीडितहरूको लागि राहत सामग्री आज वितरण गरेको हो।
रोटरी क्लबले ७ परिवारलाई एक्वा बक्स प्रदान गरेको छ। २१ घरपरिवारमध्ये बढी क्षति हुने जादोलाल पटेल, नरेश पटेल, धर्मदेव पटेल, प्रभु राउत, पन्नालाल राउत कुर्मी, मुकेश पटेल, हरेराम पटेललाई एक्वा बक्स प्रदान गरिएको हो। एक्वा बक्समा खानेकुरा, लत्ताकपडा, बच्चाको लागि खेलौना, भाँडाकुँडा, बिस्कुटलगायत आधारभूत सामग्री रहेको छ। वीरगंजका सामाजिक अभियन्ता प्रकाश थारूले तथ्याङ्क सङ्कलन गरी पहल नेपालसँग राहतको लागि माग गरेका थिए। सोही क्रममा राहत प्राप्त भई वितरण गरिएको उनले बताए।
यसैबीच नेपाली काङ्ग्रेस, पर्साका नेता एवं परवानीपुरका व्यवसायी हबीब मियाँले ५० हजार बराबरको राहत सामग्री आज एक कार्यक्रमबीच वितरण गरेका छन्। उनले २२ घर परिवारलाई ३० किलो चामलको १ थान बोरा, साडी, धोती १–१ थान, आलु, प्याज, नुनलगायत सामग्री वितरण गरेका थिए। राहत सामग्री वितरण नेपाली काङ्ग्रेस पर्साका सभापति अजय द्विवेदीको प्रमुख आतिथ्यमा भएको थियो।
यसैगरी जिल्ला प्रहरी कार्यालय पर्सा र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले आगलागी पीडित २२ घर परिवारलाई ४२ थान त्रिपाल वितरण गरेको प्रहरी उपरीक्ष्Fक गोविन्द साहले जानकारी गराएका छन् ।