प्रस, परवानीपुर, १६ वैशाख/
प्याब्सन, पर्सामा आबद्ध केही निजी विद्यालयले पाठ्यक्रम विकास केन्द्रमा दर्ता नभएका पुस्तकहरू पनि अध्यापन गराइरहेका समाचार प्राप्त भएको छ।
प्याब्सनसँग आबद्ध गौतम, मनकामना, विद्यासदन, माउन्ट हर्मन, सनराइज, मास्कोटलगायतका विद्यालयमा भारतीय प्रकाशन फ्रेङ्कको ग्रोविद ग्रामर, म्याकमिलन प्रकाशनको लिटिल रिडर्स नामक पुस्तकहरू अध्यापन गराउँदा अभिभावक तथा विद्यार्थीहरूमा थप भार परेको अभिभावकहरूले गुनासो गरेका छन्।
नेपाली प्रकाशन र नेपालको पाठ्यक्रम विकास केन्द्रमा दर्ता भएका पुस्तक मात्र पढाउनुपर्ने नेपालको शिक्ष्Fा नीति रहेको छ तर यी विद्यालयहरूले पुस्तकमा कमिसनको चलखेलले जबरजस्ती विद्यार्थी र अभिभावकमाथि भार थोपरेको गुनासो छ। यस विषयमा पुस्तक तथा स्टेसनरी महासङ्घ पर्साका अध्यक्ष
नरेश रौनियारले भारतीय प्रकाशनका यी पुस्तकहरू वीरगंजका विद्यालयमा लागू भएपछि यहाँका पुस्तक व्यवसायीलाई पनि समस्या परेको बताएका छन्।
नेपालको पाठ्यक्रम विकास केन्द्रमा दर्ता नभई प्याब्सनसँग आबद्ध विद्यालयहरूमा कसरी भारतीय प्रकाशनको पुस्तक लागू भयो भन्ने सन्दर्भमा प्याब्सन पर्साका अध्यक्ष डा. हरिशङ्कर साहले आपूmलाई जानकारी नभएको बताए।