आकाशमा पक्षी उडेको देखेपछि मनुष्यभित्र पनि उडने चाहना जागेको थियो । यस उडने चाहनाले मनुष्यभित्र हवाइजहाजको आविष्कार गर्ने प्रेरणा उत्पन्न भयो । त्यस्तै मनुष्यले चन्द्रमालाई देखेपछि त्यहाँ पुग्ने चाहना बढ्यो र एक दिन मनुष्यले चन्द्रमामा पनि पाइला टेकी छाड्यो । कैयौं यस्ता घटना छन् जसमा मनुष्यले केही नयाँ गर्ने प्रेरणा पाएको छ । मनुष्यलाई प्रेरणा प्रदान गर्नमा प्रकृतिको ठूलो हात छ । त्यसैमध्ये केही यस्ता आविष्कार छन् जसको पछाडि प्रकृतिले प्रेरणा दिएको छ ।
बुलेट रेल किङ्गफिसर पक्षीबाट प्रेरितः किङ्गफिशर पक्षी तेज गतिका साथ पानीभित्र पसेर बिना कुनै लहर पैदा नगरी शिकारलाई समात्न सक्छ । किनभने यस पक्षीको बनावटको कारण नै यसले यस्तो गर्न सकेको हो । जापानी इन्जिनियरले नै यसै बनावटको प्रयोग गरेर बुलेट रेलको डिजाइन गरे, जसबाट गतिको समय यसमा कम्पन पैदा हुँदैन ।
साबुनको फोकाबाट प्रेरित छ बेइजिड्ढो वाटर क्युब स्टेडियमः सन् २००८ मा बेइजिङ ओलम्पिकको दौरान यस रङ्गशालालाई विशेषगरी पौडी प्रतियोगिताको लागि तयार गरिएको थियो । यस डिजाइनको प्रयोग गरेर चिनियाँ इन्जिनियरले रङ्गशालालाई सुन्दर मात्रै बनाएनन्, सुरक्ष्Fाको हिसाबले यसलाई भूकम्प प्रतिरोधी पनि बनाएका छन् ।
जासुसी क्यामरा र चमेराः युनिभर्सिटी अफ मिसिगनका वैज्ञानिकले एउटा यस्तो जासुसी क्यामराको खोज गरेका छन्, जसले दुश्मनको इलाकामा पुगेर खुफिया जानकारी जम्मा गर्छ । यस क्यामराको आधार नै चमेरा हो, जुन दुश्मनको इलाकाबाट सङ्केतको माध्यमले जानकारी जुटाउँछ ।
पुतलीबाट प्रेरित छ कलर ई–रिडरः मोबाइल र टेबलेट्समा पढिने फिचर कलर इ–रिडर यथार्थमा पुतलीको पखेटाबाट प्रेरित छ, जसको कारण यसको लाइट आँखामा परे पनि कुनै नोक्सान पु¥याउँदैन ।
सुनामीको चेतावनी दिने मेसिन र डल्फिनः सिग्नलको सहायताले डलफिन एकआपसमा कुराकानी गर्छन्, त्यसै प्रविधि अपनाएर वैज्ञानिकले यस मेसिनको आविष्कार गरेका छन् । यो मेसिन पानीभित्र हुने हलचललाई कैद गरेर सूचना प्रदान गर्छ ।
माकुरा र काँचः माकुरा आप्mनो जाललाई सुरक्ष्Fित राख्न त्यसलाई पातलो रेसाले बुन्छ जसले अल्ट्राभ्वाइलेट किरणलाई रिप्mलेक्ट गर्छ । यस किरणको कारण नै चराहरू यस जालोदेखि टाढा रहन्छन् । यस प्रविधिको प्रयोग गरेर जर्मन इन्जिनियरहरूले एउटा विशेष प्रकारको काँच विकसित गरेका छन्, जुन पक्षीले हेर्छ तर मनुष्यको आँखाबाट ओझेल रहन्छ ।
शार्कबाट प्रेरित पानीको जहाजमा लगाइने एक्स्ट्रा सरफेसः शार्कको माथिल्लो भागमा रहेको परतले यिनीहरूलाई परजीवीबाट जोगाउँछ । नासाले यसै प्रविधिको प्रयोग गरेर जहाजलाई खिया लगाउनबाट जोगाउँछ ।
जूनकिरी र एलइडी लाइटः जूनकिरीको डिजाइनबाट प्रभावित भएर वैज्ञानिकले एलइडी लाइटको आविष्कार गरेका हुन् । यस डिजाइनको प्रयोग गरेर ५५ प्रतिशत प्रकाश बढाउन सकिन्छ ।