प्रस, परवानीपुर, १५ वैशाख/
विशाल मेमोरियल फाउन्डेशनद्वारा वीरगंजमा सञ्चालित टुबोर्ग प्रथम विशाल मेमोरियल गोल्डकपको फाइनलमा सिएमजी सङ्कटा क्लब काठमाडौं तथा त्रिभुवन आर्मी क्लब काठमाडौं भिडने भएका छन्।
नारायणी रङ्गशाला, वीरगंजमा शनिवार हुने फाइनल खेलमा सङ्कटा क्लबको खेलाडीहरूको मनोबल उच्च रहेको आज सम्पन्न प्रिम्याच पत्रकार सम्मेलनमा जानकारी गराएका छन्।
सङ्कटाका टीम कोच सल्यान खडगीले अहिलेसम्मको फाइनलको इतिहास हेर्दा सङ्कटा र आर्मीको चारपटक भिडन्तमा तीनवटा उपाधि सङ्कटाले जितेको हुनाले भोलि हुने प्रतियोगिता पनि आप्mनो पक्ष्Fमा रहने दाबी गरे। उनले तीनपटकको फाइनल आर्मीलाई हराएको हुनाले आप्mनो क्लबको मनोबल उच्च रहेको बताए।
सङ्कटाका टीम क्याप्टेन विक्रम लामाले प्रतियोगितामा दर्शकको साथ पनि पाएकोले फाइनलमा आप्mनो टीमको मनोबल उच्च रहेको बताए। उनले उच्च मनोबलका साथ खेलाडीहरू मैदानमा उत्रिने हुनाले उपाधि आप्mनो हातमा आउने प्रबल सम्भावना रहेको दाबी गरे ।
त्रिभुवन आर्मी क्लबका टीम कोच नवीन न्यौपानेले विगतमा त्रिभुवन आर्मीले सङ्कटासँग फाइनलमा चार प्रतियोगितामा एक प्रतियोगिता जितेको र भोलिको दिनमा ५ मा २ जीतको अङ्क बढाउने दाबी गरे। उनले विगतको हारको बदला पनि भोलिको प्रतियोगितामा लिने चुनौती दिए। उनले त्रिभुवन आर्मी व्यवस्थित तरिकाबाट सञ्चालन भएको र मैदानमा खेलाडीहरूले सोही अनुरूप खेल प्रदर्शन गर्ने हुनाले क्लबको जीत निश्चित रहेको दाबी गरे।
पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक रोशन गुप्ताले सेमिफाइनलसम्म प्रतियोगितालाई सभ्य र भव्यरूपमा सम्पन्न गर्न सहयोग पु¥याउने सबैलाई धन्यवाद दिए। उनले फाइनलमा पनि सहयोगपूर्ण साथ दिई वीरगंजको नाम उच्च राख्न सहयोग पु¥याउन आग्रह गरे ।
विशाल मेमोरियल फाउन्डेशनका अध्यक्ष रूपक पाण्डेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रतियोगिताका सञ्चार संयोजक एवं पत्रकार पङ्कज श्रेष्ठले सहजीकरण गरेका थिए।
दक्षिण एसियाली ट्राइयाथलन च्याम्पियनसिप
काठमाडौं, १५ वैशाख/रासस
पाँचौं दक्षिण एसियाली ट्राइयाथलन च्याम्पियनसिप–२०१७ को सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल ट्राइयाथलन एशोसिएशनले जनाएको छ।
शनिवार पोखरामा आयोजना हुने एक दिने उक्त च्याम्पियनसिपमा नेपालसहित भारत र बङ्गलादेशका गरी कुल ६० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक सङ्घका महासचिव नीलेन्द्रराज श्रेष्ठले जानकारी दिए।
उनले च्याम्पियनसिपमा अफगानिस्तानले पनि सहभागिता जनाउने भनिए तापनि भिसा ढिलाइका कारण अफगानी खेलाडी समयमा नेपाल आउन नसकेको बताए।
च्याम्पियनसिपमा बा¥हौं दक्षिण एसियाली खेलकुद (साग) मा प्रथम स्थान हात पार्न सफल भारतीय खेलाडीलगायत नेपालबाट तेस्रो स्थान हात पार्न सफल रोजा केसी तथा टिम इभेन्ट्समा दोस्रो स्थान हात पारेका खेलाडीको सहभागिता रहेको छ।