प्रस, परवानीपुर, १५ वैशाख/
चैत २९ गते राति २ बजे आप्mनै घरमा सुतिरहेकी वीरगंज –१७ पिपराकी नीलु पटेलमाथि भएको गोली प्रहार घटनामा निजकै पतिको संलग्नता रहेको पाइएको छ। टाउकोमा एउटा गोली लागी गम्भीर घाइते भई उपचारको क्रममा मृत्यु भएको २४ वर्षीया नीलुको हत्यामा उनका पति धीरेन्द्र पटेलकै हात रहेको पर्सा प्रहरीको अनुसन्धानले देखाएको छ।
“नीलुमाथि भएको गोली प्रहारमा उनकै पतिको संलग्नता छ”–पर्सा प्रहरीका एक उच्च प्रहरी अधिकृतले बताए–“सबै अनुसन्धान पूरा भइसकेको छ, दुई–तीन दिनमैं प्रमाणसहित पत्रकार सम्मेलन गरी सबैलाई जानकारी गराइन्छ ।”
नीलुको चैत ३० गते राति ८ बजे वीरगंज नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो। घटना भएलगत्तै, नीलुका पति र उनको परिवारजनले गम्भीर घाइते भएकी नीलुलाई प्रहरीको सहयोगमा अस्पताल पु¥याएका थिए। प्रहरीले नीलुको पतिलाई नियन्त्रणमा लिई सार्वजनिक मुद्दा चलाई अनुसन्धान थालेको थियो। चाँडै धीरेन्द्र माथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी कारबाई चलाउने पर्सा प्रहरी स्रोतले बताएको छ।