प्रस, वीरगंज, १५ वैशाख/
वीरगंज–काठमाडौं चल्ने टाटा सुमोले यात्रुसँग बढी भाडा लिने गरेको गुनासो आएको छ।
वैशाख १ गते नयाँ वर्षभन्दा केही दिन पहिलेदेखि वीरगंज–काठमाडौं सञ्चालन हुने टाटासुमोले निर्धारित रु ५३५ भन्दा २ सय बढी लिने गरेको यात्रीहरूले गुनासो गरेका छन्। वीरगंजबाट दैनिक ६० भन्दा बढी टाटासुमो सञ्चालन हुन्छ। नयाँ वर्षको अवसरमा भाडामा टाटासुमोहरू बढी गएको कारण सुमोको अभाव भएर यात्रुहरूसँग बढी भाडा लिने गरिएको थियो। अहिले सिस्नेरीदेखि बल्खुसम्म टाटासुमो गुडने बाटो खराब भएको र टाटासुमो निर्धारित समयमा आइ नपुग्दा सो अवसरको फाइदा उठाउँदै सुमो सञ्चालन गर्नेहरूले बढी भाडा लिने गरेको पाइएको छ।
यसबारे जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख प्रनि रवीन्द्र भट्टसँग बुझ्दा उनले गुनासो आएको तर घटनास्थलमा कुनै पनि यात्रुले बढी भाडा तिरेको स्वीकार नगरेकोले कारबाई गर्न नसकिएको बताए। उनले केही स्थानमा टाटासुमो रोकेर यात्रीहरूसँग तोकिएको भाडा लिए–नलिएकोबारे सोध्दा कसैले पनि बढी भाडा लिएको गुनासो नगरेको कारण कारबाई प्रक्रिया अगाडि नबढाएको बताए।