$type=ticker$count=12$cols=4$cate=0

हामी विदेशमा पनि विभाजित

SHARE:

विश्वराज अधिकारी
गताङ्कको बाँकी
    वातावरण शान्त थियो । सबैजना खाँदैथिए । खाना खाइरहेकै क्रममा क्षितिज इन्टरनेटमा नेपालका समाचारहरू हेर्दै थिए । कुनै बेला माईसंसार, कुनै बेला ईकान्तिपुर त कुनै बेला नेपालन्युज डट कममा समाचारहरू खोज्दै पढिरहेका थिए । एक छिनसम्म समाचार पढेपछि क्षितिजले रमेश दाइतिर हेर्दै भने– “रमेश दाइ, माओवादीको त्यो आम हडतालको विरोधमा भनौं वा शान्तिको पक्षमा, काठमाडौंमा निकै ठूलो जुलुस पो निस्केको रहेछ । जता हे¥यो मान्छे नै मान्छे । बन्द हडतालबाट थाकेर, दिक्दार भएर, बन्दको विरोध गर्न हजारौं–हजारको सङ्ख्यामा मानिसहरू सडकमा निस्केका रहेछन् ।”
    क्षितिजको भनाइमा नीरजले तत्काल प्रतिक्रिया जाहेर गर्दै भने– “यो सत्तामा रहेका दलहरूको चाल हो के १ तथाकथित त्यो शान्ति ¥यालीमा बढी सङ्ख्यामा उनीहरूकै मान्छे थिए । सत्तामा रहेका दलहरूको षड्यन्त्रद्वारा रचिएको थियो त्यो, विरोधसभा भनौं या के सभा...।”
    क्षितिजको भनाइले नीरजलाई उत्तेजित पा¥यो । क्षितिजतिर हेर्दै उनले भने– “क्षितिज, हरियो चश्मा लगाएर हेरेपछि सबै थोक हरियो देखिन्छ । सधैं अरूले दिएको दृष्टिले मात्र होइन, कहिलेकाहीं आप्mनो दृष्टिले पनि हेर्ने गर । घटनाक्रमलाई आप्mनो मौलिक विचारको धरातलमा राखेर विश्लेषण गर्ने गर । सधैं अरूको आँखाले मात्र कति हेर्छौ ? त्यो दिनको शान्ति ¥यालीमा उपस्थित व्यक्तिहरूले शान्तिको माग गरेका थिए । त्यो भीड बन्द, हडताल, हिंसा, हत्याबाट दिक्क भएकाहरूको थियो । त्यो भीडले नेपालभरिका शान्तिप्रेमी जनताको प्रतिनिधित्व गरेको थियो । भीडमा उपस्थित प्रत्येकको मुहारले भन्थ्यो– सधैंको द्वन्द्व बन्द गर, लडाइँ–झगडा होइन मेलमिलाप गर । हामीलाई युद्धद्वारा ल्याइएको शान्ति र विकास होइन, शान्तिद्वारा ल्याइएको शान्ति र विकास चाहिएको छ ।”
    म चुप लागेर नीरज र क्षितिजको बीचमा भइरहेको कुराकानी सुनिरहेको थिएँ । रमेश दाइ पनि चुपचाप हुनुहुन्थ्यो । किरण र विवेक मिलेर सात/आठ बोतल बियर रित्याइसकेका थिए । उनीहरूलाई नीरज र क्षितिजबीच भइरहेको कुराकानीमा पटक्कै रुचि नभएको देखिन्थ्यो । सार्थक र प्रयास कहिले नीरज र क्षितिजबीच भइरहेको कुराकानी सुनिरहेका थिए भने कहिले किरण र विवेकबीचको कुराकानी ।
    केही क्षण वातावरण शान्त भयो । कसैले कुराकानी गरिरहेको थिएन । त्यो मौनताको क्रममा केही सोचेभैंm गरेर रमेश दाइले भन्नुभयो– “कहिलेकाहीं त मलाई लाग्छ हाम्रो संस्कृतिमैं द्वन्द्वको अवशेष छ । आप्mनो मुलुकबाट सात समुद्र पार छौं तर एउटा/एउटा राजनीतिक दलको पक्ष लिएर हामी यहाँ पनि विभाजित छौं । आधुनिक नेपालको स्थापना भएदेखि नै हामी जहिले पनि विभाजित छौं र द्वन्द्वबाट बाहिर आउन सकेका छैनौं । शाहकालको पूर्वाद्र्ध, राणाकाल, पञ्चायतकाल, प्रजातन्त्रकाल, गणतन्त्रकाल, भद्रगोलकाल, हरेक कालमा हामी विभाजित छौं । एउटा नेपाली अर्काे नेपालीको शत्रु भएका छौं । गणतन्त्रकालमा आएर त हामी झन् यति बढी हिंसक भयौं कि एउटा नेपालीले अर्काे नेपालीको टाउको काट्दा शत्रुको नाश ग¥यौं भन्दै उफ्र्यौं, रमायौं र नाच्यौं  पनि । नेपालको इतिहासमा नै नेपालीहरू गणतन्त्रकालमा जति बढी हिंसक भएको पहिले कहिले कतै देखिएको छैन । यो कालमा नेपालीहरू बौलाएका थिए ।”
    सबैजना शान्त भएर रमेश दाइको कुरा सुन्दै थिए । सार्थक, प्रयास, विवेक, र किरणलाई पनि रमेश दाइको कुराले आकर्षित गरेको थियो । उनीहरू पनि रमेश दाइको कुरा ध्यान दिएर सुनिरहेका थिए । सबै आप्mनो कुरातिर आकर्षित भएको अनुमान गर्दै रमेश दाइले भन्नुभयो– “यो निरन्तरको लडाइँ झगडाले केही हुनेवाला छैन । देश झन्झन् गरिबीको कुचक्रमा पर्ने मात्र होइन, आधुनिक युगमा शक्तिशाली राष्ट्रहरूले बनाउने वैचारिक उपनिवेश बन्न पुग्नेछ, देश, यदि आपसी मतभेदले यसैगरी निरन्तरता पायो भने । तराई–पहाड– हिमालको मनस्थितिमा हामी विभाजित भइरह्यौंं भने । संसारका धेरै देशहरूले यो तथ्य बुझिसके तर नेपाल, त्यहाँका जनता र मुख्यरूपमा नेताहरूले कहिले बुझ्ने हुन्, कुन्नि १ स्वीट्जरल्यान्डले यो तथ्य बुझेको सयौं वर्ष भइसक्यो । स्वीट्जरल्यान्डले कुनै पनि किसिमको युद्ध नगरेको सयौं वर्ष भयो । त्यतिकै भयो कुनै पनि युद्धमा प्रत्यक्ष वा अप्रत्यक्ष लागेको । युरोपेलीहरूले पनि यो तथ्य प्रस्ट गरी बुझिसके । लडाइँ–झगडाले केही हुनेवाला छैन भन्ने कुरामा उनीहरूलाई कुनै शङ्का छैन । खासगरी कुनै समयमा शक्तिशाली कहलिएका बेलायत, फ्रान्स र जर्मनीलाई यो कुराको बोध अभैm राम्ररी छ । शक्तिशाली हुन र विकास गर्नका लागि शान्ति र मेलमिलाप आवश्यक हुन्छ भन्ने तथ्यको उदाहरण दिन जर्मनीले त अभैm एकीकरण गरेर नै देखाइदियो । प्रथम र दोस्रो विश्वयुद्धमा करोडौंको ज्यान गुमाएपछि युरोपले चेत खायो र युद्ध गरेर केही हुनेवाला छैन भन्ने निष्कर्षमा पुग्यो । युद्धले केवल धन र जनको विनाश मात्र हुन्छ । युद्ध यति डरलाग्दो हुन्छ कि युद्ध समाप्त भइसकेपछि पनि त्यसको मूल्य आउने कैयौं पुस्ताले चुकाउनुपर्दछ । युद्धले केवल अविश्वास, कटुता र शत्रुता मात्र बढाउँछ । त्यसैले युद्ध रोकेर आपसी सद्भाव बढाउनुपर्छ । यही उद्देश्यलाई मूर्तरूप दिन युरोपेली राष्ट्रहरूले युरोपियन युनियनको स्थापना गरे । युरोपियन युनियनका धेरै राष्ट्र सदस्य छन् । युरोपियन युनियनको साझा मुद्रा, साझा संसद् छ । युरोपियन युनियनका सदस्य राष्ट्रका नागरिकहरूले एउटा मुलुकबाट अर्को मुलुकमा गएर जागीर खान सक्छन् । उनीहरूलाई एउटा देशबाट अर्काे देशमा जान पासपोर्ट र भिसा देखाउनुपर्दैन रे १ शान्ति र विकासको पथमा लम्किन युरोपेली सङ्घका राष्ट्रहरू यसरी मिलेर बसेका छन् । लडाइँ–झगडाले केही हुनेवाला छैन भन्ने यथार्थ हाम्रो देशमा भने आम जनताले कहिले बुझ्ने हो ?”
    यति भनेर रमेश दाइ चुप लाग्नुभयो । नीरजले केही बोल्न खोजेका थिए तर उनीभन्दा पहिले नै सार्थकले भने– “जनता होइन, यो यथार्थलाई नेताहरूले बुझ्नुपरेको छ ।”
    सार्थकको कुरा काट्दै नीरजले भने– “अब यो यथार्थ जनताले बुझ्नुपर्छ । ठग नेताहरूलाई जनताले चिन्नुपर्दछ । उनीहरूको विभाजनकारी नीतिलाई बुझ्नुपर्दछ । अनि बन्द गर्नुपर्छ त्यस्ता ठगहरूलाई निर्वाचित गर्ने कार्य । एक/एक जना नेताको झन्डा बोकर एकापसमा विभाजित भएर बस्न छोडी नेपाल नामको एउटै छातामुनि सबै नेपाली अटाउन सक्नुपर्दछ । जब अनेक देश एउटा युनियनमा आबद्ध भएर बस्न सक्छन् भने हामी तराई–पहाड–हिमाल एक भएर किन बस्न सक्तैनौं ? क्षेत्र, जात, समुदाय, भाषा, भेष आदिलाई विभाजन रेखा मानेर कहिलेसम्म विभाजित भइरहने ?”
    सबैजना नीरजको कुरा ध्यानपूर्वक सुन्दैथिए । किरण र विवेक बियर पिउनमा मस्त देखिए पनि उनीहरूको ध्यान नीरजको कुरातर्पm आकृष्ट भएको देखिन्थ्यो । क्षितिज पनि चुपचाप थिए । रमेश दाइ अलि घोरिएर गम्भीरतापूर्वक केही सोंच्न मग्न भए जस्तो लाग्यो । तर त्यो मौनताको स्थिति लामो समयसम्म रहेन । सार्थकले सबैतिर पालैपालो हेर्दै भने– “अब नेपालको नेतृत्व अराजनीतिक, निष्पक्ष र इमानदार व्यक्तिहरूले गर्नुपर्दछ । देशको नेतृत्व गर्न जनताले पनि त्यस्ता व्यक्तिलाई मात्र निर्वाचित गरेर पठाउनुपर्दछ । हाम्रो देशमा एकचोटि यस्तो किसिको थ्योरीको पनि प्रयोग गरेर हेर्नुपर्ने भएको छ । २०४६ देखि २०६७ सालसम्मको यो बीस–एकाइस वर्षमा घटेका घटनाक्रमहरूलाई हेर्दा प्रस्ट हुन्छ, नेपालका राजनीतिक नेताहरू राजनीतिक नेतृत्व दिन, देशको विकास गर्न, देशमा अमनचयनको स्थिति कायम गर्न पूर्णरूपमा अक्षम छन् । सक्षम छन् भन्ने अनेक बहानामा नेपालीहरूलाई विभाजित पार्न, उनीहरूबीच टकराव पैदा गर्न, अविश्वासको खाडल फराकिलो पार्न र त्यसो गरेर आपूm, केवल आपूm राजनीतिको केन्द्रबिन्दुमा रहन र आपूmलाई शक्तिशाली तुल्याउन ।”
    हाम्रो कुराकानी चलि नै रहेको थियो । कुराकानीको क्रममा सोफामा बसेका विवेक उठे अनि नीरजतिर हेर्दै भने–“बस्नु छ विदेशमा गर्नुछ नेपालको चिन्ता, चाहिंदो कुरा पो गर्नुपर्छ ।”
    विवेकको भनाइमा समर्थन जनाउँदै किरणले थपे– “नेपालको चिन्ता गर्नेहरूले नेपालमैं बस्नुपथ्र्याे, विदेश आउन पर्थेन, पलायनवादीहरू । आप्mनो स्वार्थ मात्र साँचेर बिनामतलब नेपालको लागि चिन्तित भएको देखाउनु ...।”
    किरणको भनाइले विवेकबाहेक सबैलाई एकसाथ उत्तेजित पा¥यो । क्षितिजले आक्रोशमिश्रित स्वरमा भने– “किरण, विदेश आउने जति सबै मौजमज्जाका लागि मात्र आएका हुन्छन् भन्ने भ्रम यदि तिम्रो मनमा छ भने त्यस्तो भ्रम केवल आपूmमा सीमित राख, यसो दुई/तीनजनाले कुरा गर्दा व्यक्त नगर । मानिसहरू विदेश विभिन्न किसिमका बाध्यताद्वारा सताइएर पनि आएका हुन सक्छन् । र, विदेश आयो भन्दैमा उनीहरूले आप्mनो देश चटक्कै बिर्सन्छन् भन्ने पनि होइन । तिमीजस्तो स्वदेशलाई बिर्सने मान्छे दुई/चारजना ननिस्किने भन्ने पनि होइन, अवश्य निस्कन्छन् । बियरको बोतलमा राष्ट्रिय स्वाभिमानलाई घोलेर पिउँछन् पनि । तर विदेशमा बसेर पनि नेपाललाई माया गर्ने नेपालीहरू लाखौं छन् । उनीहरू प्रत्येक दिन नेपाल र नेपालीका लागि चिन्तित हुन्छन् । हरक्षण नेपाल र नेपालीको उन्नतिको सपना देख्छन् ।”
    शान्त किसिमले चलिरहेको वादविवादले झगडाको रूप लिने हो कि भन्ने भय मलाई लागेर आयो ।  नेपालीहरूको विभाजित मनस्थितिले कुनै उग्ररूप नलेओस् भन्ने वर्तमानको यथार्थलाई विचार गर्दै मैले भने– “साथी हो, प्रसङ्ग परिवर्तन गरौं । भोलि लुजियाना स्टेट क्यापिटल र मिसिसिपी रिभर हेर्न जान बिहान छिट्टै तयार हुनुपर्छ । त्यसैले अब सुत्ने तरखरतिर लागौं । रातिको साढे एघार पनि बजिसक्यो ।” मेरो भनाइमा सबैले सहमति जनाए । हामी सबै सुत्ने तरखर गर्न थाल्यौं । समाप्त
                  दचद्दण्टघ)बमजष्पबचष्२थबजयय।अयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : हामी विदेशमा पनि विभाजित
हामी विदेशमा पनि विभाजित
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgKFuYzURNeQiKBtcYjRO8jYYhDM8boZQPKqc-6AavizExbVGC9Anat5_yX9WKSjq7oZ5VNwoi2KnFitxX2HzklvsBm2o8SQLbJMNzDxFHRZWgxx05RzcB7RRM0BekIlPnwfw4gGQzXbRY/s200/bishwaraj+adhikari.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgKFuYzURNeQiKBtcYjRO8jYYhDM8boZQPKqc-6AavizExbVGC9Anat5_yX9WKSjq7oZ5VNwoi2KnFitxX2HzklvsBm2o8SQLbJMNzDxFHRZWgxx05RzcB7RRM0BekIlPnwfw4gGQzXbRY/s72-c/bishwaraj+adhikari.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/04/blog-post_193.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/04/blog-post_193.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy