उमाशङ्कर द्विवेदी
राजा धृतराष्ट्रले भने– “सञ्जय, उसले अवश्य नै युद्ध गरेर मेरा जम्मै अल्पवीर्य पुत्रहरूलाई मारिदिनेछ । उसलाई सम्झेपछि मेरो मुटु काम्न थाल्दछ । बाल्यावस्थामा पनि मेरा पुत्रहरू खेलखेलमा ऊसित युद्ध गर्ने गर्दथे । त्यति बेला पनि उसले हात्तीले भैंm तिनीहरूलाई धूलाम्य पारिदिन्थ्यो । भविष्यमा पनि जुन बेला ऊ रणभूमिमा क्रोधित हुनेछ, त्यति बेला आप्mनो गदाले रथ, हात्ती, मानिस र घोडाहरूलाई कुल्चिदिनेछ । उसले मेरो सेनाको बीचबाट बाटो बनाइ सेनालाई यताउति धपाइदिनेछ तथा हातमा गदा थामी रणाङ्गणमा नृत्य गर्न थालेपछि प्रलयभैंm मच्चाइदिनेछ । हेर, मगध देशका राजा महाबली जरासन्धले यो सम्पूर्ण पृथ्वीलाई आप्mनो वशमा राखेको थियो, तर भीमसेनले श्रीकृष्णको साथ उसको खोपी अन्तःपुरमा छिरेर उसलाई मारिदिएको थियो । भीमसेनको बललाई मैले मात्र होइन, भीष्म, द्रोण र कृपाचार्यले पनि राम्ररी जानेका छन् । शोक त मलाई तिनीहरूको लागि पनि छ, जो पाण्डवहरूसित युद्धको लागि तम्सिएका छन् । विदुरले आरम्भमा नै जुन गुनासो गरेका थिए, त्यो प्रत्यक्ष सामुन्ने आइपुगेको छ । यस बेला कौरवहरूमाथि जुन महान् विपत्ति आउन लागेको छ, त्यसको प्रधान कारण जुवा नै हो कि जस्तो लागिरहेको छ । म बडो मन्द मति रहेछु । ऐश्वर्यकै लोभको लागि नै मैले त्यो महान् पापकर्ममा प्रवृत्त भएको थिएँ । सञ्जय, म के गरूँ ? कसोरी गरूँ र कता जाउँ ? यी मन्द मति कौरवहरू त कालको अधीनमा लागेर विनाशतर्पm नै गइरहेका छन् । एक सयवटा पुत्रहरू मरेर गएपछि जब मैले विवश भएर उनीहरूकी स्त्रीहरूको करुण क्रन्दन सुन्नुपर्दा मृत्यु देवीले पनि कसरी मेरो स्पर्श गर्नेछिन् ? जसरी वायुले प्रज्वलित भएको अग्निले घासफुसको थुप्रोलाई भष्म पारिदिन्छ, त्यसरी नै अर्जुनको सहायताले गदाधारी भीमले मेरा जम्मै पुत्रहरूलाई मारेर सखाप पारिदिनेछ ।
हेर, आजसम्म युधिष्ठिरले भूmटो बोलेको एउटा वाक्य पनि मैले सुनेको छैन । र, अर्जुन उसकै पक्षमा रहेको छ, यसै कारणले उसले यस त्रिलोकीको राज्य पनि सजिलै पाउन सक्दछ । रातदिन विचार गरी हेर्दा आजसम्म मैले एउटा पनि यस्तो कुनै वीर योद्धा ठम्याउन सकेको छैन, जसले रथयुद्धमा अर्जुनको सामना गर्न सकोस् । यदि कुनै प्रकारले वीरवर द्रोणाचार्य तथा कर्णले उसको सामना गर्न युद्धभूमिमा गइहाले पनि अर्जुनलाई पराजित गर्ने विषयमा मलाई ठूलो सन्देह रही नै रहनेछ । त्यसैले यस युद्धमा मेरो विजय हुने कुराको कुनै सम्भावना नै नरहेको कुरा म देखिरहेको छु । अर्जुनले त सम्पूर्ण देउताहरूलाई पनि जितिसकेको रहेछ । ऊ कतै हारेको होओस्, यस्तो कुरा आजसम्म मैले सुनेकै छैन, किनकि आचरण र स्वभावमा जो उसकै समान छन्, ती श्रीकृष्ण पनि उसकै सारथि छन् । जुन बेला ऊ रणभूमिमा उसले आप्mना तीखातीखा बाणहरूलाई हान्नेछ, त्यति बेला उसलाई विधाताले रचेको सर्वसंहारक कालको समान काबुमा राख्न असम्भव भइहाल्नेछ । त्यति बेला महलमा बसेर म निरन्तर कौरवहरूको संहार र पूmट आदि विषयक कुरा नै सुन्नेछु । वस्तुतः यस युद्धमा चारैतिरबाट यस वंशमाथि विनाशको नै आक्रमण हुनेछ ।
सञ्जय, जसरी पाण्डवहरू युद्धको लागि उत्सुक छन्, त्यसरी नै उनीहरूका जम्मै साथीहरू पनि विजयको लागि कटिबद्ध र पाण्डवहरूको निम्ति आप्mनो प्राण त्याग्न तयार छन् । तिमीले मेरो सामुन्ने शत्रुपक्षका पाञ्चाल, केकय, मत्स्य र मगधदेशीय राजाको नाम लियौ तर जगत्स्रष्ठा श्रीकृष्णले त इच्छा मात्रले इन्द्रसहित यस जम्मै लोकलाई आप्mनो वशमा गर्न सक्छन्, उनले पनि पाण्डवहरूको विजयको नै निश्चय गरी बसेका छन् । सात्यकीले पनि पाण्डवहरूको जम्मै अस्त्र विद्या सिकिसकेका रहेछन्, उनले पनि युद्धभूमिमा बीउ छरेभैंm बाणवर्षा गरी डटी रहनेछन् । महारथी धृष्टद्युम्न पनि बडो भारी शस्त्रज्ञ हुन्, उनले पनि मेरो पक्षका वीरहरूसित युद्ध गर्ने नै छन् । भाइ, मलाई त युधिष्ठिरको कोप र अर्जुनको पराक्रम तथा नकुल, सहदेव र भीमसेनको भय लागिरहन्छ । युधिष्ठिर सर्वगुणसम्पन्न र अग्निसमान तेजस्वी छ । यस्तो को मूढ छ, जो फट्याङ्ग्रा सरह त्यस अग्निमा होमिन चाहन्छ होला ? त्यसैले कौरवहरू हो, मेरो कुरा सुन । म उनीहरूसित युद्ध गर्न चाहन्नँ । युद्ध गरेपछि निश्चय नै यस कुलको सर्वनाश भइहाल्नेछ । मेरो त यस्तै निश्चित विचार छ र यसरी गर्दा नै मेरो मनले शान्ति पाउनेछ । यदि तिमीहरूले पनि युद्ध गर्न चाहँदैनौं भने हामीले सन्धिको लागि प्रयत्न गर्न बेस हुनेछ ।”
सञ्जयले भने– “महाराज, तपाईंले भनेको कुरा सही हो । मलाई पनि गाण्डीव धनुषले गरेर समस्त क्षत्रीयहरूको नाश स्पष्ट देखिइरहेको छु । हेर्नुहोस्, यो कुरुजङ्गल राज्य मात्र पैतृक राज्य हो । अन्य जम्मै प्रदेश त पाण्डवहरूले जितेर मात्र कायम गरेको राज्य हो । पाण्डवहरूले आप्mनो बाहुबलले जितेर तपाईंलाई उपहार दिएको हो, तर तपाईंले त्यस्तो राज्यलाई आप्mनै भन्ने ठान्नुहुन्छ । जब गन्धर्वराज चित्रसेनले तपाईंका पुत्रहरूलाई समातेर थुनिदिएका थिए, त्यति बेला अर्जुनले नै उनीहरूलाई छुटाएर ल्याएका थिए । बाण हान्नमा अर्जुन श्रेष्ठ छन्, धनुषमा गाण्डीव श्रेष्ठ छ, समस्त प्राणीहरूमा श्रीकृष्ण श्रेष्ठ छन् तथा ध्वजाहरूमा बाँदर चिह्नित ध्वजा नै सर्वश्रेष्ठ छ । यी जम्मै वस्तुहरू अर्जुनसित छन् । अतः अर्जुनले कालचक्रको समान हामी जम्मैको नाश गरिदिनेछ । भरतश्रेष्ठ, यो निश्चित मान्नुहोस्– जसको सहायक भीम र अर्जुन छन्, यो सम्पूर्ण पृथ्वी आज उसैको हो ।” क्रमशः...