उमाशङ्कर द्विवेदी
अर्जुनले भनेका थिए– “एक दिन पूर्वाह्नमा म जप गरी सिध्याएर बसेको थिए, यतिकैमा एकजना ब्राह्मण आएर मसित सोधे– अर्जुन तपाईंले दुष्कर काम गर्नुपर्नेछ, आप्mना शत्रुहरूसित युद्ध गर्नुछ । यस्तोमा उच्चैश्रवा घोडामाथि हातमा बज्र लिएर बसेका इन्द्र तपाईंका शत्रुहरूको नाश गर्दै अघि–अघि हिंडून् अथवा सुग्रीव आदि घोडाहरूले युक्त दिव्य रथमाथि बसेर भगवान् श्रीकृष्ण तपाईंको रक्षा गर्दै पछि–पछि हिंडून ? त्यति बेला मैले बज्रपाणी इन्द्रलाई छाडेर यस युद्धमा सहायकको रूपमा श्रीकृष्णलाई नै रोजें । यसप्रकार त्यस युद्धमा यी डाँकाहरूको वध गर्नाका लागि सहायकको रूपमा मैले श्रीकृष्णलाई पाएँ । श्रीकृष्णले युद्ध न गरून् तर यदि उनले मनले कसैको जयको कामना गर्छन् भने उसले अवश्य नै आप्mना शत्रुहरूको नाश गर्न सक्नेछ, देउता वा इन्द्र नै शत्रु भए पनि । अनि मान्छेको त के कुरा ? श्रीकृष्णले आकाशचारी सौभयानका स्वामी महाभयङ्कर र मायावी राजा शाल्वसित युद्ध गरेका थिए र सौभको दैंलोमैं शाल्वले हानेको शतघ्नी अस्त्रलाई हातले नै समातेका थिए । श्रीकृष्णको यस्तो महान् वेगलाई कुन मानिसले सहन गर्न सक्दछ र ?”
“म राज्यप्राप्तिको इच्छाले पितामह भीष्म, पुत्रसहित आचार्य द्रोण र अनुपम वीर कृपाचार्यलाई प्रणाम गरेर युद्ध गर्नेछु । मेरो विचारले जुन पापात्माले यस युद्धमा पाण्डवविरुद्ध युद्ध गर्नेछ, उसको निधन धर्मतः निश्चित छ । कौरवहरू, म तिमीहरूसित स्पष्ट भन्दैछु– धृतराष्ट्रका पुत्रहरूको जीवन यदि जोगिन सक्दछ भने युद्धबाट टाढा रहनाले मात्र सम्भव छ । युद्ध गरेपछि कोही पनि बाँच्न सम्भव छैन । यो निश्चित छ– युद्धभूमिमा म कर्ण र धृतराष्ट्र पुत्रहरूलाई मारेर सम्पूर्ण राज्यलाइ जित्नेछु । जुन प्रकारले अजातशत्रु महाराज युधिष्ठिर शत्रुहरूको संहारमा हामीलाई सफल मनोरथ मानिरहेका छन, त्यस्तै अदृष्टका ज्ञाता श्रीकृष्णलाई पनि यसमा कुनै सन्देह छैन ।
म स्वयं पनि सावधान भएर आप्mनो बुद्धिले विचार गरी हेर्दा यस युद्धको भावी रूप यस्तै देखिरहेको छु । मेरो योगदृष्टिले पनि भविष्य दर्शनमा कुनै भूल गर्ला जस्तो लाग्दैन । मैले स्पष्ट देखिरहेको छु युद्ध गरेपछि कुनै पनि धृतराष्ट्रपुत्र जीवित रहने छैन । जुन प्रकारले ग्रीष्मऋतुको वन डढेलोमा अग्नि प्रज्वलित भएर गहन वनलाई डढाइदिन्छ त्यसैप्रकारले मैले अस्त्रविद्याको विभिन्न रीतिहरूले स्थूणाकर्ण, पाशुपतास्त्र, ब्रह्मास्त्र र इन्द्रास्त्रादि महान् अस्त्रहरू प्रयोग गरेर कसैलाई पनि बाँकी राख्ने छैन । सञ्जय, तपाईंले उनीहरूसित स्पष्ट भनिदिनू, मेरो यो दृढ र उत्तम निश्चय छ कि यस्तो गर्नाले नै मलाई शान्ति मिल्नेछ । अतः उनीहरूले त्यही गर्नुपर्नेछ जुन वृद्ध भीष्म, कृपाचार्य, द्रोणाचार्य, अश्वत्थामा र बुद्धिमान विदुरजीले भन्छन् ।”
त्यतिबेला कौरवहरूको सभामा जम्मै राजाहरू भेला भएका थिए । सञ्जयको भाषण सिद्धिएपछि शान्तनुनन्दन भीष्मजीले दुर्योधनसित भने– “एकपल्ट बृहस्पति, शुक्राचार्य तथा इन्द्रादि देवगण ब्रह्माजीको वरिपरि बसेका थिए । त्यसै बेला दुईजना प्राचीन ऋषि आप्mनो तेजले सबैको तेज र चित्त हरण गर्दै जम्मैलाइ नाघेर जान लागे । यो देखेर बृहस्पतिले ब्रह्माजीसित सोधे–यी दुवै को हुन्, जो तपाईंको उपासना नगरेर गए ? ब्रह्माजीले भने–यी प्रबल पराक्रमी महाबली नर–नारायण ऋषि हुन् जसले आप्mनो तेजले पृथ्वी र स्वर्गलाई प्रकाशित गरिरहेका छन् । यिनीहरू आप्mनो कर्मले सम्पूर्ण लोकको आनन्द बढाइरहेका छन् । यिनीहरू परस्पर अभिन्न भएर पनि असुरहरूको विनाश गर्नाका लागि शरीर धारण गरेका छन् । यिनीहरू अत्यन्त बुद्धिमान तथा शत्रुहरूलाइ संतप्त गर्ने खालका हुन् । सम्पूर्ण देवता तथा गन्धर्वहरूले यिनको पूजा गर्ने गर्दछन् । सुनिन्छ यस युद्धमा अर्जुन र श्रीकृष्ण भेला भएका छन् ती नर–नारायण नामक प्राचीन ऋषि नै हुन् । यिनीहरूलाई यस युद्धमा देवता तथा असुरहरूले पनि जित्न सक्दैनन् । यिनीहरूमध्ये अर्जुन नर तथा श्रीकृष्ण नारायण हुन् । वस्तुतः नर र नारायण दुई रूपमा एउटै वस्तु हुन् । बाबू दुर्योधन, जुन बेला तिमीले शङ्ख, चक्र र गदा धारण गरेका श्रीकृष्ण र अनेकौं अस्त्र–शस्त्र एवं भयङ्कर गाण्डीव धनुष लिएका अर्जुनलाई एउटै रथमा बसिरहेको देख्नेछौ अनि तिमीले मेरो कुरा सम्झिनेछौ । यदि तिमीले मेरो कुरा मानेनौ भने कौरवहरूको अन्त्य बेला आइसकेको तथा तिम्रो बुद्धि, अर्थ र धर्म भ्रष्ट भइसकेको कुरा बुझ्नू । तिमीलाई त केवल तीनजनाको कुरा मात्र मन पर्दछ जस्तो लागिरहेको छ– एउटा त अधम जातिको सूतपुत्र कर्णको, अर्का सुबलपुत्र शकुनिको तथा तेस्रो क्षुद्रबुद्धि पापात्मा भाइ दुःशासनको ।”
यो सुनेर कर्णले भने– “पितामह, तपाईं कस्तो कुरा भनी रहनुभएको छ । यो कुरा तपाईंजस्तो वयोवृद्ध मानिसको मुखबाट भनेको सुहाउँदैन । म क्षात्रधर्ममा स्थिर रहन्छु र कहिले पनि आप्mनो धर्मको परित्याग गर्दिनँ । मेरो कुन यस्तो दुराचार छ, जसको कारण मेरो निन्दा गर्दै हुनुहुन्छ ? मैले कहिले पनि दुर्योधनको कुनै अनिष्ट गरेको छैन तथा म एक्लै युद्धमा समय आएपछि समस्त पाण्डवलाई मार्न सक्दछु ।”
कर्णको कुरा सुनेर पितामह भीष्मले राजा धृतराष्ट्रलाई सम्बोधित गर्दै भने–“कर्ण जसले सदैव यो भन्दै आइरहेको छ, म समस्त पाण्डवहरूलाई मारिदिनेछु तर वास्तवमा यो पाण्डवहरूको सो¥हौ अंशको बराबर पनि छैन । तपाईंका दुष्ट पुत्रहरूलाई अनिष्ट फल दिलाउने यही दुष्टबुद्धि कर्ण हो । तपाईंको पुत्र दुष्टबुद्धि दुर्योधनले पनि यसैको बल पाएर उनीहरूको तिरस्कार गरेको छ । क्रमशः