$type=ticker$count=12$cols=4$cate=0

प्रधानमन्त्रीको चीन भ्रमण र विदेशी लगानीको आमन्त्रण

SHARE:

शीतल महतो
    नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल एक साता लामो चीन भ्रमण गरेर बुधवार स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले नेपालमा चिनियाँ लगानी भिœयाउन बिशेष कूटनीति पहल गरेको छ । फलस्वरूप चीनका राष्ट्रपति जिनपिङ सीले लामो समयदेखि बन्द रहेको तातोपानी भन्सार नाका खोल्ने विषयलाई नजिकबाट अध्ययन गरिरहेको र चाँडै खोल्ने आश्वासन दिएका छन् । उनले नेपालसँगको व्यापार सहज बनाउन रसुवागढी नाकाको स्तरोन्नति गर्ने आश्वासन पनि दिए । सीमा वारपार आर्थिक क्षेत्र विकास, उर्जा सहयोग संयन्त्र स्थापना र रसुवागढी स्याफ्रुबेंसी सडकको स्तरोन्नतिबारे जतिसक्दो चाँडो समझदारीका लागि सम्बन्धित निकायलाई निर्देशन दिने सहमति भएको पनि प्रधानमन्त्री दाहालले बताए । सीमा वारपार आर्थिक क्षेत्र विकास, उर्जा सहयोग संयन्त्र स्थापना र रसुवागढी स्याफ्रुबेंसी सडकको स्तरोन्नतिका सम्बन्धमा हाल दुवै देश वार्ताका क्रममा छन् । चिनियाँ राष्ट्रपतिले अघि सारेका ‘वान बेल्ट वान रोड’ प्रक्रियामा नेपालले सहयोग गर्ने प्रतिवद्धतासमेत प्रधानमन्त्री दाहालले जनाएको छ । यसबाट नेपालमा रेलमार्ग निर्माण, सडक, सीमापार विद्युत् प्रशारण लाइन, भूकम्पछिको पूनर्निर्माणमा सहयोग पुग्ने विश्वास प्रधानमन्त्री दाहालको छ । उनले भने– “यो भ्रमणबाट आपसी विश्वास र सम्बन्ध सुदृढ भएको छ, पर्यटन, पूर्वाधार, उर्जा, लगानी विकासका विषयमा थप सहयोग विस्तार हुने आधारशीला निर्माण भएको छ ।”
    त्यस्तै प्रधानमन्त्री दाहालले बोआओ फोरम फर एसिया सम्मेलनको उद्घाटन समारोहलाई आइतवार सम्बोधन गर्ने क्रममा नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रहसहित आमन्त्रण गरे । अहिले वैदेशिक लगानी आकर्षित गर्न विश्वभरीका मुलुकले प्रतिस्पर्धा गरिरहेका छन् । लगानी गरिसकेपछि पनि त्यसलाई फिर्ता गर्ने सहज परिस्थितिको अवलोकन सवैजसो लगानीकर्ताले गर्ने गर्छन् । तर हामी कहाँ लगानी आइसकेपछि पनि उचित वातावरण दिन नसक्दा देश छाड्नु परेको अवस्था छ । मुलुकमा लगानीको वातावरण बनाउन सरकारले केही नगरेका पनि होइन । लगानी ल्याउने उचित वातावरण बनाउन आवश्यक ऐन, कानुनमा परिमार्जन गर्ने काम सरकारबाट भइरहेको छ । विशेष आर्थिक क्षेत्र ऐन र कम्पनी ऐनजस्ता अत्यावश्यक व्यवस्था सरकारले ल्याएको छ । संसदमा पास भएका बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन राष्ट्रपतिवाट प्रमाणीकरण भइसकेका छन् । नेपाल व्यवसाय गर्न सहज हुने वातावरण बनाउने विधेयक अहिले संसदमै अड्किएका छन् । लगानीकर्तालाई आप्mनो लगानीको सुरक्षा प्रत्याभूति नभएसम्म आकर्षित गर्न सक्दैन् । उनीहरूले हिच्किचाउनु पर्ने अवस्था नआउन आवश्यक पूर्वाधारको तयारी सरकारले गर्न सक्नुपर्दछ । सरकार फेरिएपिच्छेका नीति नियमले पनि लगानीकर्तालाई हतोत्साही बनाउने गरेका छन् । राजनीतिक सङ्क्रमणकालमा अन्य देशमा पनि सरकार फेरिन्छ तर नीति नियम नफेरिने प्रतिबद्धता भएका कारण नेपाल जस्तै राजनीतिक अस्थिरता भएका देशमा लगानीकर्ता जान हिच्किचाउँदैनन् । नेपालमा राजनतिक दलपिच्छेका कानुनी व्याख्या तथा नीति नियमले लगानीकर्ताको मनमा चिसो पसेको देखिन्छ । यति हुँदाहुँदै पनि नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा अर्थात् माघ मसान्तसम्ममा उद्योग विभागले कुल रु आठ अर्ब ४१ करोडको संयुक्त वैदेशिक लगानी प्रतिबद्धता भएका एक सय ९९ परियोजनालाई स्वीकृति प्रदान गरेको छ । अघिल्लो वर्षको तुलनामा उक्त रकममा २४ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ । उक्त प्रतिबद्धता आएका परियोजनाहरूबाट ५ हजार सात सय ८५ जनाले रोजगारी प्राप्त गर्ने अपेक्षा उद्योग विभागको छ ।
    वास्तवमा स्वदेशी तथा विदेशी लगानीकर्ता जुन उत्साहका साथ नेपालमा लगानी गर्न खोज्छन््, त्यसप्रकारका वातावरण यहाँ पाउँदैनन् । कुनै परियोजना वा उद्योगमा लगानी गर्नका लागि यति धेरै निकाय धाउनुपर्छ कि लगानीकर्ता हतोत्साही हुन पुग्छन् । यसका साथै ती निकायले स्वीकृतिका लागि लामो समय लगाइदिने, कागजपत्र अल्झाउने रोगमा अझै सुधार हुन सकेको छैन् । एउटै परियोजना अघि बढाउनका लागि विभिन्न निकायमा धाउँदा वर्षौ वित्ने र लगानीकर्ताहरू निराश भएर फर्कनुपर्ने अवस्था छ । नेपालमा विश्वभरको लगानी आकर्षण गर्ने कार्यक्रम त हुन्छ तर सहजीकरण गर्ने भनेर मन्त्रीदेखि सरकारी निकायले सार्वजनिक भाषण पनि गर्छन् तर परियोजना सञ्चालनमा देखिएको व्यवधान अझै सुल्झिन सकेको देखिंदैन । हुन त् ठूला परियोजनालाई सहजीकरण गर्नका लागि सरकारले पाँच वर्ष अघि लगानी बोर्डको स्थापना पनि गरेको थियो । तर जुन उद्देश्यले बोर्ड स्थापना भएको थियो, त्यसले प्रभावकारी रूपमा अझै काम गर्न सकेको छैन । यसबाहेक सरकारले स्वदेशी तथा विदेशी लगानी आकर्षणका लागि लगानीमैत्री वातावरण बनाउने घोषणा नगरेको होइन, तर व्यवहारमा त्यो प्रभावकारी देखिएको छैन । यसरी जबसम्म नेपाली लगानीकर्ता आफ्नो उद्योग व्यवसाय विस्तार गर्न नेताको घरदैलोमा धाउनुपर्ने स्थिति रहन्छ, तबसम्म विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न आउने परिस्थितिको निर्माण हुन सक्दैन् । स्वदेशी लगानीकर्ता नै आप्mनै सरकारसँग ढुक्क हुन नसकिरहेको अवस्थामा विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आऊभन्दा उसले कतिको विश्वास गर्छ, त्यो कुरा सरकारले गम्भीर भएर मूल्याFकन गर्नुपर्छ ।
    यतिखेर नेपालमा लगानीको समस्या होइन, लगानी ल्याइसकेपछि लगानीकर्ताले भोग्ने समस्याको निरकाकरण गर्ने सरकारी क्षमताकोे समस्या भने अवश्य छ । यो मुलुकमा रोजगारी सिर्जना गर्न उद्योगधन्दा खोल्ने वातावरण बनाउने काम सरकारको हो । तर लगानीकर्ताका दुःख त्यतिबेलैबाट शुरु हुन्छ, जतिबेला उनीहरू यहाँ लगानीका निम्ति तयार हुन्छन् । यहाँको श्रम कानुन पनि लगानीकर्तालाई तर्साउने प्रमुख कारक बनेको छ । लगानी ल्याएपछि छोडेर जाँदा पनि उत्तिकै सहज वातावरण अपेक्षित हुन्छ । अन्यथा लगानीकर्ता निरुत्साहित हुन्छन् । स्वदेशी विदेशी लगानीकर्ताले यथार्थमा लगानीमैत्री वातावरण खोजेका छन् । नेपालमा लगानी गर्न चाहने र लगानी गरिरहेका दुवैलाई यस्तो वातावरण निर्माण गर्नेतर्फ सरकारको ध्यान जानुपर्छ । यो वातावरण भनेको राजनीतिक र नीतिगत स्थिरतासँगै सरकारको सेवा प्रवाहमा एकरुपता र सहजीकरणको अवस्था हो । यसका लागि सरकारी निकायबाट हुने सबै किसिमका सेवाप्रवाहमा एकद्वार प्रणाली हुनु जरुरी छ । औपचारिकता पूरा गर्नका लागि होइन, व्यवहारमै एकद्वार प्रणालीले प्रभावकारी काम गर्न सकेको खण्डमा औद्योगिक र पूर्वाधारजन्य लगानी प्रवाह हुन सक्छ । अतः लगानीका लागि प्रधानमन्त्रीले आह्वान मात्र गर्ने होइन, त्यसका लागि आवश्यक वातावरण बनाउन सक्नुपर्दछ ।
    आजको विश्वव्यापारीकरण र उदारीकरणको युगमा कुनै पनि मुलुकको आर्थिक हितको संरक्षण र प्रवद्र्धन गर्न त्यहाँ लगानी मैत्री वातावरण निर्माण हुनु आवश्यक छ । पछिल्लो समयमा हाम्रा दुवै छिमेकी मुलुक भारत र चीन विश्व आर्थिक वृद्धिका लागि ठूलो राष्ट्रको रुपमा देखा पर्न थालेका छन् । अहिलेको जटिल आर्थिक विश्व व्यापारीकरणको युगमा हाम्रो ठूलो विश्व सानो गाउँमा परिणत भएको छ, जहाँ एउटा मुलुकको भाग्य अर्को मुलुकमा निर्भर रहने गर्छ । कोही पनि एक्लै भएर लक्ष्य हासिल गर्न सक्दैन । ओरालोलाग्दो दबावको अवस्था सामना गर्दै आएका नेपाली अर्थतन्त्रका लागि वृद्धिको अवस्थामा रहेको भारतीय र चिनियाँ अर्थतन्त्र सहयोगी हुन सक्छ । तर यसका लागि नेपालले लगानीमैत्री वातावरणको आयामलाई स्पष्ट रणनीतिका साथ अगाडी बढाउन सक्नुपर्दछ ।
           कजष्तबmिबजबतय२नmबष्।िअयm 
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : प्रधानमन्त्रीको चीन भ्रमण र विदेशी लगानीको आमन्त्रण
प्रधानमन्त्रीको चीन भ्रमण र विदेशी लगानीको आमन्त्रण
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjemSPBUVIr-pK5g2RmmdtYxE6670lAo24l7nvyLWS19OW4EkcHqedslCWPnhXE_ZMY5vZdfR61ZZ8ZnR-NGGWeGB-cC4iZKu5kdjoHhy_f0JP3ADiWyF1ZGuoUGcJUCEvPnaJulsI6RpI/s200/shital.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjemSPBUVIr-pK5g2RmmdtYxE6670lAo24l7nvyLWS19OW4EkcHqedslCWPnhXE_ZMY5vZdfR61ZZ8ZnR-NGGWeGB-cC4iZKu5kdjoHhy_f0JP3ADiWyF1ZGuoUGcJUCEvPnaJulsI6RpI/s72-c/shital.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/03/blog-post_812.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/03/blog-post_812.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy