प्रस, पथलैया, १५ चैत/
संविधानसभा दोस्रो निर्वाचनपछि शहर केन्द्रित राजनीतिक दल यतिबेला गाउँ पस्न थालेका छन् । सरकारले स्थानीय निकायको निर्वाचन घोषणा गर्दै तयारी थालेपछि दलहरू गाउँ पस्न थालेका हुन् ।
तीन वर्ष अघि सम्पन्न संविधानसभा निर्वाचनपछि गाउँ जान छाडेका राजनीतिक दलका नेता–कार्यकर्ता अहिले ग्रामीण क्षेत्रमा बढी भेटिने गरेका छन् । वैशाख ३१ गतेका लागि तोकिएको निर्वाचनलाई लक्षित गर्दै गाउँ पसेका दल जनता रिझाउन निकै सक्रिय देखिन्छन् ।
आप्mनो पक्षमा मत बटुल्ने प्रयासस्वरूप राजनीतिक दलहरू अहिले गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाको विभिन्न वडामा कमिटी गठन–पुनर्गठनमा व्यस्त छन् । त्यति मात्र नभई पार्टीलाई निकै सक्रिय रहेको देखाउन दैनिक विभिन्न कार्यक्रम लिएर दलका नेता गाउँ पुगिरहेको देख्न थालिएको छ । दलको सक्रियताका कारण शहरभन्दा गाउँमा चुनावको रौनक बढेको देखिन्छ ।
“अघिल्लो चुनावपछि अनुहारै नदेखाएका सबै दलका नेताहरू अहिले गाउँमा झुम्मिएका छन् । यो चुनावको सङ्केत हो”–मनहर्वाका हरेन्द्र चौधरीले भने–“चुनाव आएपछि नेताहरू यसरी नै जनता फकाउने र मत बटुल्ने गर्दछन् । तर चुनावपछि तिनको अनुहार पनि देख्न पाइँदैन ।”
विकास र रोजगारको नारा बाँडदै ग्रामीण क्षेत्र केन्द्रित कार्यक्रम गर्न दलहरूबीच प्रतिस्पर्धा नै चलेको देखिन्छ । अबीर र माला लिएर गाउँ पसेका दलले पार्टी प्रवेश कार्यक्रमलाई पनि तीव्र बनाएका छन् । सर्वसाधारणलाई आश्वासन दिंदै र प्रलोभनमा पारेर पार्टी प्रवेश गराउन केही राजनीतिक दल यति बेला सक्रिय छन् । ठूलो सङ्ख्यामा सर्वसाधारण पार्टी प्रवेश गरेको भन्दै प्रचार गरेर जनमत बलियो पार्न दलहरू चुकेका छैनन् ।
विकासको काम गर्ने र आपूmले भनेजस्तो रोजगार दिन सबै दलले सहजै प्रतिबद्धता जनाउन थालेपछि जनता कुन दलको टीका लगाउने अन्योलमा देखिन्छ । “जो आए पनि रोजगार दिने र गाउँमा थुप्रै विकास गरिदिने भनिरहेका छन्”– डुमरवानाका सोमलाल थिङ भन्छन्– “कसको टीका लगाउने, कुन पार्टीलाई भोट दिने ? भनेजस्तो गरिदिने कसैले होइन । आप्mनो दुःख आफैंले बिसाउनुपर्छ ।”
निर्वाचन कार्यालय बाराका अनुसार जिल्लामा ३७ दलले निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् । निर्वाचनको विपक्षमा रहेको मधेसवादी दलले समेत दल दर्ता गराइसकेका छन् । प्रमुख निर्वाचन अधिकृत नरेशकुमार सर्राफका अनुसार जिल्लामा तीन लाख ३७ हजार ६ सय ७८ मतदाता छन् । बारामा दुई उपमहानगरपालिका, चार नगरपालिका र ९ गाउँपालिका गरी १५ स्थानीय तह तोकिएको छ ।