$type=ticker$count=12$cols=4$cate=0

नया बाधा, पुराना नाता

SHARE:

चन्द्रकिशोर
    संसार सिमानाहीन भइरहेको बेला नेपालको दक्षिणी सीमा जो इतिहासको नासोको रूपमा खुला प्राप्त भएको छ, त्यो सीमाका सम्बन्धमा अचेल सीमाञ्चलका बासिन्दाहरू माझ बहस उठिरहेको छ— अबको सीमाञ्चल सम्बन्ध कस्तो हुनुपर्छ?
    त्यसले देखाउँछ सीमाञ्चल सम्बन्धका भावनात्मक आधारहरू मात्र पर्याप्त छैनन् । नेपाल वा भारतको आँखाबाट सीमाञ्चल सम्बन्ध अब पुरानो सुरक्षा अवधारणाभित्र नअट्ने भएको छ । खुला सीमालाई वरदानको रूपमा कसरी जोगाउने अहिलेको मुख्य चुनौती हो । सीमा क्षेत्रमा देखापरेका जोखिमहरूलाई कसरी न्यून गर्ने, दुवैतिरको कार्यभार हो । सीमा सम्बन्धमा देखा पर्देै गएको अवरोध र त्यसको नियमनका लागि गरिने सैन्य प्रयासको मानसिकताले गर्दा सीमाञ्चल क्षेत्रमा पर्ने सामाजिक, आर्थिक असरहरूबारे अहिले पनि नेपाली पक्षमा चिन्ता र चासो देखिएको छैन । मिडियाका विभिन्न माध्यमहरूबाट जे–जति घटनाहरूका बेहोरा बाहिर ल्याइएको छ, त्यसले प्रस्ट गर्दैछ सीमाञ्चलका सम्बन्धमा हस्तक्षेप गर्ने गरी केही प्रवृत्तिहरू शक्तिशाली रूपमा उदाइरहेका छन् ।
    सीमाञ्चलमा देखा परिरहेका समस्याहरू राजनीतिक नाराबाजीको साधन मात्र बन्नुहँुदैन । दक्षिणी नेपालबाट राजनीति गर्ने दलहरूका नेतृत्वले गम्भीर चिन्तन गर्न सकेका छैनन् । त्यसैले यो परिस्थिति उत्पन्न भएको हो । सीमाञ्चलमा देखा पर्न थालेका जोखिमहरूको निकासको लागि काठमाडौं वा दिल्ली केन्द्रित मानसिकतामा उभिएर समाधानहरू खोज्ने प्रयत्न गरियो भने त्यसले दुवैतिरका सीमाञ्चलमा असर पु¥याउँछ । केन्द्रमुखी समाधान खोज्ने प्रवृत्तिको पछाडि आप्mनै राजनीतिक पृष्ठभूमिका कारणहरू थिए, आज त्यो विद्यमान रहनुहँुदैन । पछिल्ला वर्षहरूमा सीमाञ्चलको स्वभाविकतामा ¥हास आउँदै गएको छ । सीमाञ्चलको पारम्परिक सम्बन्धलाई अक्षुण्ण राख्न र त्यसलाई नेपाली समृद्धि र सुरक्षासँग जोड्न जुन तदारुकता र तत्परता देखिनुपथ्र्यो, त्यो देखिएन । दशगजा छेउछाउको जनजीवनमा परिराखेको असरबारे मधेसी दलहरू आँखा चिम्लँदै छन् भने अरू राजनीतिक दलहरूसमेत विभक्त मानसिकतामा छन् । हाम्रो भौगालिक र आर्थिक अवस्थाले नै हामीलाई निरपेक्ष रहन दिंदैन ।
    नेपाल–भारतबीच खुला सीमा प्रणाली छ र यो नै यी दुई मुलुकबीचको सम्बन्धको मौलिक विशेषता पनि हो । दुवै देशका बासिन्दा बिनारोकटोक जहिले पनि जुनसुकै बेला सीमारेखा वारपार गर्न सक्छन् । एकै व्यक्तिले दिनको कैयौ पटक सीमा वारपार गर्न भ्याउँछ । मुख्य नाकाहरूमा पनि अभिलेख राख्ने व्यवस्था छैन । यी सब पुराना प्रक्रिया यथावत् हुँदाहँुदै पनि अर्को सत्य के हो भने  पछिल्ला वर्षहरूमा दुवैतिर सुरक्षा निगरानी थपिएको छ । भारतीय क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग मात्र होइन, सीमाञ्चलका प्रखण्ड तहमा पनि विशेष सडक व्यवस्थापनको नीति लिइएको छ । सीमामा मौजुद भारतीय सीमा सुरक्षा बल आप्mनो निगरानी क्याम्पको दूरी साँघुरो बनाउँदैछ, अर्थात् खुला सीमाको प्रत्येक गतिविधि नोटिसमा राख्न चाहन्छ ।
    केही घटना जो प्रवृत्तिको रूपमा देखा पर्दैछन्, घटनास्थल भारतमा पर्ने हुँदा र अभियुक्तहरू भारतमैं बसेकाले मुद्दा दर्ता गरी अनुसन्धान र कारबाई अघि बढाउनुपर्ने दायित्व त्यहाँका प्रहरीको हो तर त्यहाँ सक्दो समन्वय र सक्रियता हुन सकिरहेको छैन । त्यस्तै एउटै मुद्दा दुईतिर दर्ता भएको अवस्था पनि छ । पूर्वतिर भारतीय नेटवर्किड्ढा एजेन्ट समातिएका छन् । नेपाल राष्ट्र बैंकले परिपत्र गरी ०५७ देखि मुलुक भित्र पाँच सय र हजार दरका भारु नोटमा प्रतिबन्ध लगाएको हो । प्रतिबन्ध लामो समयदेखि भए तापनि अहिले आएर नाकाबाट आउने भारतीय पर्यटक बढी प्रभावित बन्ने गरेका छन् । थाहा नपाउँदा भारतीय पर्यटकलाई सास्ती भोग्नुपरेको छ । दशैंको बेला भारतको विभिन्न भूभागबाट कमाएर नेपाल फर्किरहेका नेपालीहरूसँग रहेको भारतीय रुपियाँका कारण नेपाली सुरक्षाकर्मीहरूबाट अनेकौ ठाउँमा सास्ती भोग्नुपरेको खबर छ । भनिन्छ, अधिकांश नोट प्रतिबन्धित भएको थाहा नपाएका सोझासाझा वा अत्यन्त आवश्यक प्रयोजनका लागि भारततिर जानेहरू छन् ।
    सीमाञ्चल भारतीय क्षेत्रमा नेपालीहरूसँग हुने दुव्र्यवहारका कथाहरू प्रशस्त सुनिए यस पालि । सीमापारि विभिन्न दैनिक प्रयोजनका लागि जानुपर्दा भारतीय रुपियाँको अभाव र त्यसको लागि नेपालीले सयकडा दश अतिरिक्त खर्चिनुपर्ने स्थिति छ । भारतीय रुपियाँको अभाव हुँदा केही कारोबारीहरू रातारात दुवैतिर गुलजार भएका छन् भने आम मानिस पीडित हुँदैछन् । भारतीय रुपियाँको कारोबार र जोगाडका लागि सीमाञ्चलका बैंकहरूमा अनेकौ विसङ्गत पक्ष देखिएका छन् । खासगरी दशगजा छेउछाउका नेपाली बस्तीहरू, जहाँ अहिले पनि भारतीय रुपियाँमैं दैनिकी चल्छ, त्यसले त्यहाँका बासिन्दाहरू झन् बढी घाटामा छन् ।
    नक्कली भारतीय रुपियाँको कारोबार गर्ने सीमा क्षेत्रका नेपालीहरू प्रायः हुँदैन थिए, तर सुरक्षा स्रोत अनुसार पछिल्ला वर्षहरूमा यस्ता कारोबारमा यस क्षेत्रका मानिसहरूको बाक्लै संलग्नता रहेको पाइन्छ । यो सूचनाले यस क्षेत्रको बदलिंदो मनोविज्ञानलाई देखाउँछ । पहिले सीमा क्षेत्रका बासिन्दा दुवैतिरका लागि अवैतनिक प्रहरीहरू हुन् भन्ने ठम्याइ थियो तर पछिल्ला सूचकहरूले त्यो मनोविज्ञानको पर्खालमा प्वालहरू देखिन थालेको प्रस्ट्याउँछ । अर्थात् जुन क्षेत्रका बासिन्दाबारे सुरक्षा कवचको अवधारणा निर्मित भएको थियो, अब त्यस्तो स्थितिमा क्षरण आउँदै छ । यस्तै अवस्था पारीपट्टीको पनि छ । दशगजापारी नेपालीहरूले भोग्नुपर्ने अप्ठ्यारा र असजिला त्यहाँ मात्र सीमित छैन, उनीहरूका कारण नेपालभित्र पनि सुरक्षा चुनोैती थपिएको छ । सामाजिक र आर्थिक सुरक्षाका क्षेत्रमा मसिना–मसिना कारण र कारकहरू थपिदै गएका छन् । निश्चितरूपमा यसबाट दुवैतिरका बासिन्दा भुक्तभोगी भइराखेका छन् ।
    सीमामा सुरक्षा सञ्जाल थपिने क्रम र दुवैतिरको समन्वीकृत प्रयासका प्रयत्नहरू भइराखेको भए तापनि मानव तस्करी, हतियार कारोबार, लागूऔषध, सङ्गठित अपराध, बैंक ठगीजस्ता काममा नयाँ–नयाँ बाटो र तरिकाहरू अँगालिएका सन्दर्भहरू छन् । जातीय उग्रता र अतिवादका प्रेरक पक्षहरू आयातित हँुदैछन् ।  केही व्यक्तिको तात्कालिक लाभ र सङ्गठित मनसुबाका कारण सीमाञ्चलका आम मानिसको जीवन दुरुह बन्दैछ । फेरिंदै गएको परिस्थिति र अप्ठ्याराहरूमाझ दक्षिणी क्षेत्रमा भारतबाहेक मुलुकहरूको रुचिसमेत आकर्षित भएको छ । नेपाली दक्षिणी क्षेत्रलाई भारतीय प्रभावबाट उन्मुक्त गराउन कतिपय प्रयत्नहरू भइराखेका छन् । यसले पनि सीमाञ्चलको सामाजिकतामा बदलाव आउँदै गएको छ । यहाँको राजनीतिले यहाँको परिवर्तित धरातललाई ठम्याउन सक्नुपर्छ । तर बिडम्बना के छ भने अहिले पनि यस क्षेत्रमा पुरानै नाराहरू दिने काम भइराखेको छ । बदलिदो यर्थाथलाई मापन गर्दै त्यसलाई कसरी आप्mनो जनताको हितमा अनुवाद गर्ने–त्यसतर्पm सोचाइ र गराइ भइराखेको छैन ।
    खुला सीमा आप्mना समस्त सबलता र दुर्बलतासहित अहिलेको यथार्थ हो । जहाँ–जहाँ अन्तर्राष्ट्रिय सीमा छन् त्यहाँ आप्mनै खालको विसङ्गत पक्षहरू देखिन्छन्, उब्जिने पनि गर्छन् तर वैश्विकरूपमा नियाल्ने हो भने राजनीतिक सीमाहरूलाई यथावत् सम्मान गर्दै गतिरोधहरू समाप्त पार्ने प्रयत्नहरू भएका छन् । ती परिप्रेक्ष्यलाई मनन गर्दै सीमा खुलारूपमैं उपयोग गर्न सकिने प्रक्रियाहरू मजबुत बनाउन जरुरी छ । यसका लागि सरकारी प्रयत्न मात्र काफी छैन । नागरिक प्रयत्न पनि उत्तिकै हुनुपर्दछ । भारतले सीमाञ्चल क्षेत्रका नेपाली बासिन्दाको असहजता र नेपालले भारतको सुरक्षा संवेदनशीलता बुझिदिन र एक अर्कालाई आश्वस्त तुल्याउन सक्नुपर्छ ।
    सीमाञ्चल दुवैतिरका राजनीति र आर्थिक सङ्गठनहरूबीच नियमित सम्पर्क र संवादका लागि संयन्त्रहरू बनाइनु आवश्यक छ । सीमावर्ती मिडियाले पनि सहजताका लागि पहल गर्न सक्छ । पटना, लखनऊ वा कोलकतामा बेलाबखत यस्ता कुराहरूका लागि गाइँगुइँ चले पनि ती प्रयत्नहरूले आकार लिन सकिरहेका छैनन् । नेपाली पक्षबाट पनि सीमाञ्चल केन्द्रित प्रयत्नहरूको अभाव देखिन्छ । कतिपय सन्दर्भमा सम्पर्कको अभावमा समेत अफवाह, अविश्वास र असहजता सिर्जना भइरहेका छन् । सीमाञ्चलका बासिन्दाका लागि दुवैतिर नागरिक सचेतनाको पनि त्यतिकै खाँचो छ । नागरिक प्रयत्न पातलो भएको अवस्थामा सुरक्षा सोच र मान्यता मजबुत हँुदै जान्छ र त्यही नै नीति निर्धारक बन्न पुग्छ । यस्तो परिस्थिति सीमाञ्चलका बासिन्दाहरूका लागि कष्टप्रद हुन सक्ने देखिन्छ ।
    सीमाञ्चलका बासिन्दाका कुरा सरोकार पक्ष्Fको रूपमा राष्ट्रियपटलमा उठ्न नसकिरहेको पृष्ठभूमिमा आगतमा ‘सीमाञ्चल राजनीति’को सम्भावना त्यतिकै छ । सीमाञ्चल सम्बन्ध एउटा मुद्दाको रूपमा अगाडि आउनुपर्छ । यो राजनीतिले सीमा सम्बन्धका सम्भावनाहरूलाई राम्रोसँग दोहन गर्न दबाब दिन्छ । समस्याको सम्बोधन र अवसरलाई अधिकतम अनुवाद
गर्न पैरवी गर्छ । सीमा क्षेत्रमा सतर्कताका लागि अँगाल्नुपर्ने पूर्वाधार, विकास, प्रक्रिया र संयन्त्रका पक्षमा
आवाजहरू उठछन् । आखिर पारम्परिक सम्बन्धलाई प्रगतिशील बनाउने एउटा मुख्य औजार राजनीति नै हो र यसले नै बाधाहरूलाई तिरोहित पार्ने काम गर्न सक्छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : नया बाधा, पुराना नाता
नया बाधा, पुराना नाता
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj7pUKuASWejlaIMOv0fRG3qzG3qQvFDL4VutxGmciV057sG3myi8vLpOf0MTLOOyEC3-vKeUttRd6TCfGWXBbXRbex5eDLGAkejQE5OZOUxAJlIv-HpClqZxNgRxSy2oY2oDGwzM-Of5M/s200/chandrakishore.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj7pUKuASWejlaIMOv0fRG3qzG3qQvFDL4VutxGmciV057sG3myi8vLpOf0MTLOOyEC3-vKeUttRd6TCfGWXBbXRbex5eDLGAkejQE5OZOUxAJlIv-HpClqZxNgRxSy2oY2oDGwzM-Of5M/s72-c/chandrakishore.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/03/blog-post_687.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/03/blog-post_687.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy