वैद्यनाथ ठाकुर
संसारमा प्रजातन्त्रलाई सबैभन्दा उत्तम शासन प्रणाली मान्नेहरूको सङ्ख्या उल्लेख्य छ । प्रजातन्त्र भनेको जनताद्वारा जनताको लागि जनताको शासन व्यवस्थालाई भन्ने गरिन्छ । आवधिक निर्वाचनमार्पmत् जनताले आपैंm मत हालेर आप्mनो प्रतिनिधि छान्ने गर्छ र स्वयम् त्यसबाट शासित हुने गर्छ । यो सैद्धान्तिक पक्ष हो । तर यसको व्यावहारिक पक्ष निकै अप्ठ्यारो र चुनौतीले भरिएको छ । सिद्धान्त जति व्यवहार सीधा र सफा हुँदैन । भनेजस्तो नैतिकवान् र इमानदार मान्छे पाउनै आजको जमानामा निकै गा¥हो छ । वास्तवमा संसारको जहाँसुकै पनि निर्वाचन धाँधलीमुक्त हुन सकेको देखिंदैन । भर्खरै अमेरिकामा भएको राष्ट्रपतिको निर्वाचनमा समेत सञ्चार क्षेत्रले गरेको बेइमानीले गर्दा नै जीतहार प्रभावित हुन गएको अहिले अमेरिकी समाजमा ठूलो चर्चाको विषय भएको छ ।
छिमेकी राष्ट्र भारत, विहारको प्रान्तीय चुनावमा लगातार बीस वर्ष मुख्यमन्त्री भई सरकार चलाएको र चुनाव जहिले पनि धाँधलीयुक्त हुने गरेको कुरा सबैले देखेको बुझेकै हो । नेपालमा २०४६ साल पहिले र त्यसपछि हुने गरेका चुनावहरू कतिको मर्यादित र स्वच्छ हुन्थ्यो, त्यो हामीले भोगेकै हो । पहिलो संविधानसभाको चुनाव र दोस्रो संविधानसभाको चुनाव पनि के कति पारदर्शी र निष्पक्ष भयो, त्यो पनि हामीले हेरिरहेकै हो । तर पनि जात, भात र लट्ठीको प्रभावमा गरिने चुनावलाई नै प्रजातन्त्रको उत्कृष्टताको दुहाइ दिने गरिन्छ ।
यति बेला संविधान कार्यान्वयनमा समस्या देखिएको छ । समयमा चुनाव गर्न सकिएन भने संविधान खारेज हुने र फेरि राजनीतिकरूपमा ठूलो रिक्तता आउने भय सबैमा देखिन्छ । वर्तमान संविधान जारी गर्दा नै बहुमतको दम्भ गरिएको हो । पछि दुईचोटि संशोधन गर्न तयार भएकाहरू शुरूमैं त्यो कुरा संविधानमा समावेश गर्न मानेनन् । फलस्वरूप मधेसीको रगत बग्यो र सिंहदरबारले संविधान घोषणा ग¥यो ।
यति बेला सरकार फेरिएको छ । पुरानो केपी ओली सरकारले संशोधनको लागि तयार पारेको मस्यौदा नै अहिले कुनै हालतमा संसद्मा प्रवेश नै गर्न नदिने भनेर एक महिनादेखि प्रमुख प्रतिपक्षीको अगुवाईमा नै दलले होहल्ला गरी संसद् अवरुद्ध ग¥यो । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले यति बेला मेची–महाकाली राष्ट्रिय अभियानको बेमौसमी बाजा लिएर मधेसमा जिस्काउन आइपुग्दा यसको प्रतिवाद हुनु स्वाभाविकै थियो । प्रजातन्त्रमा सबैले आआप्mनो कुरा राख्न पाउनुपर्छ । तर सरकारले संसद्मा दर्ता गराएको विधेयकमाथि छलफल गर्न र मतदान गर्न पाइँदैन भने यो कस्तो खालको प्रजातन्त्र हो । मुठभेडको राजनीति गर्न नेकपा एमालेले मेची–महाकाली अभियानको नाउँमा मधेसलाई खुच्चिङ गर्दा प्रजातान्त्रिक अधिकार हुने तर त्यसको विरोधमा मधेसी मोर्चाले कालो झन्डा देखाउन भेला हुँदा उसलाई गोली ठोक्नुपर्ने यो कस्तो प्रजातन्त्र हो ?
वास्तवमा यति बेला नेपाली समाजभित्र सयौं वर्षदेखि पहिचान गुमाएका मधेसी, थारू, मुस्लिम, महिला, आदिवासी जनजातिलगायतले आआप्mनो पहिचानको लागि शुरू गरेको राज्यसँगको सीधा लडाइँ हो । हिजो राजा महाराजाको शासन हुँदा पनि जनतालाई त्यत्ति धेरै सङ्ख्यामा गोली ठोकी मारिएन । तर हिजो देशमा प्रजातन्त्र नामको राजनीतिक व्यवस्थामा १४/१५ हजार नेपाली वीर छोराछोरीहरूको रगत बगेर आज सङ्घीय लोकतान्त्रिक गणतन्त्र आए पनि फेरि जनताको रगत किन बग्दैछ ? नेपाली जनताले बुझ्न खोजेको रहस्य यही हो । खोक्रो राष्ट्रवादको नारा उचाल्ने नेकपा एमालेले आपूm सत्तामा छँदा गरेको कर्णाली सम्झौतामा राष्ट्रवादीको खोल उदाङ्गो भइसक्दा पनि किन राजा मिदासजस्तो लाज नलागेको होला । स्वयम् खड्गप्रसाद ओली आपैंm जनताको अधिकारको लागि १४ वर्ष जेल बसेको मान्छेले किन मधेसी, मुस्लिम, थारू, महिला, आदिवासी जनजातिलाई अधिकारसम्पन्न हुन नदिएको बुझिनसक्नु भएको छ । सप्तरीमा फेरि सातजना मधेसी मारिएका छन् । अभैm कतिजना सघन कक्षमा गम्भीर अवस्थामा उपचार गराइरहेका छन् । यस्तो अवस्थामा बल प्रयोग गरी मधेसीलाई तह लगाउँछु भनी जो जसले सोचेको छ भने त्यो ख्याली पुलावबाहेक अरू केही होइन । नेपाली समाजमा २००७ सालयता नेपाली काङ्ग्रेस, नेकपा र नेसपाले बालेको मशाललाई निकै उज्यालो पारिएको छ । जनताको चेतना निरन्तर गुलामीबाट स्वाभिमान बन्नेतर्पm विकसित हुँदै गइरहेको सन्दर्भमा अब फेरि कुनै पनि ललीपपमा नस्लवादी जातीय राज्य अब कसैलाई स्वीकार्य नहुने कुरा बेलैमा सबैले बुभ््mदा राम्रो हुनेछ । जसले जति जोड बल गरे पनि मधेसीलाई अब दबाउन सकिंदैन र सत्तामा बराबरको हिस्सेदारी सम्पूर्ण नेपालीलाई शासक वर्गीय मानसिकता भएकाहरूले दिनैपर्छ ।
‘अतिले खति गर्छ’ यो नेपाली उखान हो । खोक्रो राष्ट्रियताको अतिले एक सयभन्दा बढी मधेसीको ज्यान गइसकेको छ । अब थप रगत नबगोस् । मधेसको माग सम्बोधन गरेर अगाडि बढ्नुको कुनै विकल्प छैन । शाहीकालको जस्तो निर्वाचन गराएर कुनै फाइदा हुनेछैन । मुलुकलाई थप क्षति हुनबाट जोगाउन संविधान संशोधन आवश्यक छ । यसैमा सबैको भलाइ छ । मधेसीहरूले आपूm राष्ट्रवादी रहेको पटकपटक प्रमाणित गरिसकेका छन् । बुद्धिमानी यसैमा छ कि शान्तिपूर्णतवरले सहमति साथ सहअस्तित्वमा सम्पूर्ण नेपाली अगाडि बढौं ।