पुरानो फलामे ढोकाको रूपमा परिभाषित स्कूल लिभिङ्ग सर्टिफिकेट (एसएलसी) यसवर्षदेखि रुपान्तरित भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) पर्सा जिल्लामा बाहिरी आवरण जति शान्तिपूर्ण देखाइयो भित्री तह उजागर हुँदा त्यत्तिकै त्रुटिपूर्ण पाइएको छ । गत वर्षदेखि एसएलसीमा ग्रेडिङ्ग प्रणाली लागू भएपछि विद्यार्थीहरूमा अनुत्तीर्णको गुञ्जाइस रहेन् । विद्यार्थीहरू अनुत्तीर्ण नहुने भएपछि चिट समात्ने प्रवृत्तिमा पनि कमी आयो । गत वर्ष र यस वर्ष पर्सा जिल्लाबाट एकजना विद्यार्थी कारवाइमा परेनन् । परीक्षा अमर्यादित बनाएको कसूरमा भने ६ जना दोषी पाए तर कारबाइ भने आधालाई मात्र गरियो । तीनजना निरीक्षक कारवाइमा परे तीनजनाले उन्मुक्ति पाए । उन्मुक्ति पाउने निजी विद्यालयका शिक्षक हुन् ।
यसपटकको एसइई मर्यादित बनाउनका लागि गतवर्ष झै जिल्ला शिक्षा कार्यालयको अलावा शिक्षा समिति, शिक्षक सङ्घ, सङ्गठनका पदाधिकारी सदस्य, नेपाली सेना बाहेकका सुरक्षा निकाय सम्मिलित ९ वटा अनुगमन समिति खटे । पोखरिया र मसिहानीमा परीक्षा अमर्यादित पार्ने काममा संलग्न तीनजना निरीक्षकलाई कारवाइ भयो । तर निरीक्षकले परीक्षा दिने त होइन् । उनीहरूले परीक्षार्थीलाई नै सहयोग गर्ने हुन् । फेरी कुन परीक्षार्थीलाई सहयोग गरेका हुन् भन्नेसम्मको खोजीनीति गर्ने काम गरिएन् । एसइईमा यसपटक पनि सामुदायिक र संस्थागत विद्यालयका परीक्षार्थीहरूलाई मिसाउने काम भएन् । दुवै मिश्रित तरिकाबाट सहभागी हुँदा अनियमितताको गुञ्जाइस कम हुन्थ्यो । एकले अर्कालाई सहयोग गर्न सक्दैन थिए तर संस्थागत विद्यालय सञ्चालकहरूले आप्mना विद्यार्थीहरू सामुदायिकको तुलनामा जान्नेबुझ्ने भएका र उनीहरूसँग मिश्रित गरेर राख्दा सरल तरिकाबाट परीक्षा दिन सक्ने वातावरण नबन्न सक्छ भनी शुभलाभको प्रलोभनमा संस्थागत एकातर्फ र सामुदायिक एकातर्फ गराए । जबकि ‘चुरो कुरो के हो ?’– भने संस्थागत विद्यालयका विद्यार्थीहरू एकसाथ बस्दा एकआपसमा जानेबुझेको कुरा शेयर गर्न पाइने र अङ्क बढी ल्याउन सकिने रहेछ । योे फर्मुला भएकोले यसो गर्नका लागि सम्बन्धित केन्द्राध्यक्षलाई शुभलाभबाट मनाउन लगाउने काम केही विद्यालयबाट आजसम्म भइरहेको रहेछ । शुरुमा केही संस्थागत विद्यालयले खोजेको यो उपाय अहिले प्रायः सबैजसोले गर्न थालेका छन् । जुन विद्यालयमा यो उपाय अवलम्बन भयो शुभलाभले काम ग¥यो, जुनमा भएन शुभलाभ भएन भनेर बुझे हुन्छ ?
शुरुदेखि एसएलसीको प्रचार एकदमै त्रूmर तरिकाबाट गरिएको परिणाम अहिले एसइईमा परिणत हुँदा पनि परीक्षार्थी एसएलसीको ह््याङ्गबाट मुक्त हुन सकेका छैनन् । पढे अनुसारको अङ्क आउँछ अनि कोही पनि अनुत्तीर्ण हुँदैनन् भन्ने सोच कसैमा विकास भएको छैन् । जसरी पनि फलामे गेट पार गर्नु छ विद्यार्थीसँगै शिक्षक, अभिभावकमा पनि यहि हाउगुजीले काम गरेको छ । अभिभावक, शिक्षकले परिक्षार्थीलाई स्कूलमा लिइने नियमित परीक्षा सरह यो परीक्षा हो र यसलाई समान्य रूपमा लिनुपर्छ भन्ने कुराको सन्देश दिन सकेका छैनन् । यो सन्देश प्रवाह गर्न सकेको खण्डमा एसइई आगामी वर्षदेखि अन्य परीक्षासरह सामान्यकरणतर्फ उन्मुख हुन्थ्यो ।