कृषिप्रधान हाम्रो देशमा सरकारले भर्खर किसानहरूलाई लक्षित गरेर कृषि बिमा योजना लागू गरेको छ । कृषि बिमाका लागि सरकारले किसानहरूको आकर्षण बढाउन बिमा गराउनेलाई ७५ प्रतिशतसम्मको अनुदान घोषणा गरेको छ । बर्सेनि किसानहरू विभिन्न कारणले मर्कामा पर्दै आएको कुरालाई दृष्टिगत गरेर सरकारले किसानलाई हुने घाटा न्यूनीकरण गर्न कृषि बिमा योजना लागू गरेको हो । धान, गहुँ, तोरी, केरा, उखुजस्ता बाली र गाई, भैंसी र बाख्राको पनि बिमा गरिन्छ ।
कृषि बिमाबारे वीरगंजका बिमा कम्पनीहरूले खासै प्रचारप्रसार गरेका छैनन् । कृषि बिमा गर्दा बिमा कम्पनीलाई खासै मुनाफा नआउने र अनुदानको लागि सरकारको बाटो कुर्नुपर्ने अनि क्षतिपूर्तिका लागि किसानको कुरा सुन्नुपर्ने भएकोले बिमा कम्पनीहरूले यो बिमामा खासै रुचि देखाएका छैनन् । बिमा कम्पनीहरूले रुचि नदेखाए पनि कृषि र पशु कार्यालयले किसानहरूलाई कृषि बिमाबारे जानकारी गराउनुपर्ने हो । तर कृषि र पशु कार्यालयले पनि झारा टार्ने मात्र काम गरिरहेका छन् । पर्सालगायत तराईका जिल्लामा भर्खर असिनाले गहुँ, दाल, तोरी, मकै अनि तरकारी खेतीमा क्षति पु¥यायो । किसानहरूले सरकारसँग राहत माग गरिरहेका छन् । यदि कृषि बिमा गरेको भए उनीहरूले सरकारसँग राहत नमागी बिमा कम्पनीबाट क्षतिपूर्ति भएबापतको बिमा रकम पाउँथे । सरकारले दिने राहतको ग्यारेन्टी भएन । आयोग बन्ने, क्षति विवरण बुझ्ने अनि सिफारिसका आधारमा कहिले हो कहिले राहत पाउने । तर यही अवस्थामा बिमा गरिएको भए, सर्भेयरले क्षति मूल्याङ्कन गर्ने र बिमा कम्पनीलाई विवरण बुझाएपछि सीमित अवधिमा बिमा गरिए बमोजिम क्षतिपूर्ति पाउने थिए । अहिले असिना परेर भएको क्षति आगामी दिनमा कतै धेरै पानी परेर बाढीले बालीनालीलाई क्षति पु¥याउला भने कतै खडेरीको शिकार हुन सक्छ । दैवी प्रकोपको साथै अन्य कारणले हुने बालीनालीको क्षतिलाई बिमाले थेग्छ । यसैगरी अहिले कुखुरा, गाईभैंसी, बंगुरलगायत पशुपालन व्यवसायको रूपमा भइरहेको छ । यस्तो व्यवसाय गर्नेहरूले पनि बिमा गरेको खण्डमा आइपर्ने जोखिमबाट जोगिने काम हुन्थ्यो ।
कृषि बिमासँगै सरकारले अति विपन्न, विपन्न र गरीबवर्गलाई लक्षित गरेर स्वास्थ्य बिमा कार्यक्रम पनि लागू गरेको छ । पर्सामा अहिले यो कार्यक्रम लागू भएको छैन । गरिबहरूको लागि सरकारले स्वास्थ्य बिमा कार्यक्रम ल्याएको छ भने मध्यम र उच्चवर्गलाई लक्षित गरेर बिमा कम्पनीले पनि स्वास्थ्य बिमा कार्यक्रम अगाडि सारेका छन् । वीरगंजका १० वटा जीवन बिमा कम्पनीमध्ये हाल दुईवटाले यो कार्यक्रम अगाडि बढाएका छन् । शुरुआतमा एक लाखदेखि ६ लाखसम्मको जोखिम हेर्ने यो कार्यक्रम पनि प्रचारप्रसारको अभावमा प्रभावकारी ढङ्गले अगाडि बढन सकेको छैन । अहिले मध्यम र उच्चवर्ग शिक्षा र स्वास्थ्यमा हुने खर्चले पीडित छन । स्वदेशमैं सानो उपचारको लागि ठूलो खर्च बेहोर्नुपर्ने अवस्था सृजना भएको छ भने विदेशको कुरै छाडौं । सामान्य मानिसको पहुँचभन्दा बाहिर हुँदै गरेको स्वास्थ्य सेवा, बिमा गर्नेहरूका लागि केही राहत हुन सक्छ ।