प्रस, वीरगंज, १५ चैत/
सेढवा–४ निवासी हरिनारायण यादवकी १८ वर्षीया छोरी रिना यादवको हत्याको आरोपमा पर्सा प्रहरीले एकजना युवकलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।
पक्राउ पर्नेमा ड्राइपोर्ट बहुअरी निवासी शैलेन्द्र यादव रहेको प्रहरी उपरीक्ष्Fक गोविन्दकुमार साहले जानकारी गराए । मृतक यादव र पक्राउ परेका यादवबीच दैनिक फोन सम्पर्क र भेटघाट हुने गरेको आधारमा प्रहरीले यादवलाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार कल डिटेल प्राप्त भइसकेको छ । एसएमएस डिटेल आएपछि घटनाको पुष्टि हुनेछ ।
मृतक रिना आप्mनै कोठामा झुन्डिएको र डोरी कसले काटेर ओछ्यानमा सुताएको भन्ने विषयमा अहिलेसम्म पुष्टि हुन सकेको छैन । प्रहरी स्रोतका अनुसार रिना आप्mनी दिदीको अमेरिकामा बस्दै आएका देवरसँग बिहेको कुराकानी चल्दै आएको र रिनाले पनि मन पराएको तथा रिनाका प्रेमी यादवसमेत रहेको प्रहरी स्रोतबाट बुझिएको छ ।
चैत ८ गते मङ्गलवार बिहान श्रीपुर निवासी रेणुका घिमिरेको घरमा भाडामा बस्दै आएकी रिनाको मृत अवस्थामा शव बरामद भएको थियो ।
घरधनी घिमिरे स्वास्थ्यकर्मी रहेकी र सो दिन राति एडभान्स मेडिकेयर हस्पिटलमा रात्रि ड्युटी सकाएर बिहान घर पुग्दा घटना सार्वजनिक भएको थियो । घटना भएको राति सो घरमा कोही थिएन ।
प्रत्यक्ष्Fदर्शीका अनुसार घटनाको राति एकजना मोटरसाइकलमा आएको आवाज सुनिएको थियो । प्रहरी स्रोतका अनुसार पक्राउ परेका यादव घटनामा संलग्न देखिएको र उनीविरुद्ध अनुसन्धान शुरु भएको बुझिएको छ ।
केटाले केटीलाई मन पराएको तथा केटीले अमेरिकामा बस्दै आएका दिदीको देवरलाई मन पराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको देखिन्छ ।