प्रस, वीरगंज, १५ चैत/
बारा, परसौनी–८, नौतन टोलको उत्तरपट्टी सिंघिया खोलाको किनारबाट बरामद शवको पहिचान भएको छ।
मृतक सर्लाही, सिसवटिया निवासी बबिता पडित रहेको बारा प्रहरीले जनाएको छ । मृतक पडित वीरगंज उपमहानगरपालिका रामगढवा टोलमा रहेको उपस्वास्थ्य चौकीका अहेब रहेको प्रहरी निरीक्ष्Fक अरुण कुशवाहाले बताएका छन् ।
आइतवार बिहान नौतन टोलभन्दा दुई किलोमिटर उत्तरमा रहेको नदीको डिलमा बोरामा कसेको अवस्थामा पडितको शव प्रहरीले बरामद गरेको थियो । खेतमा काम गर्न गएका व्यक्तिहरूले सो शव देखेपछि प्रहरीलाई खबर गरेपछि घटना सार्वजनिक भएको थियो । मृतक पडितको घाँटीमा डोरी र टाउकोमा नीलडाम रहेको प्रहरीको अनुसन्धानमा उल्लेख छ । मृतकको पहिचान भए पनि घटनामा संलग्न रहेका व्यक्तिहरूको खोजी भइरहेको प्रनि कुशवाहाले बताए ।
प्रनि कुशवाहाका अनुसार मृतक पडितका पति अमरेन्द्र पडित आएर शव बुझ्ने बताए । मृतक पडितकी ५ वर्षीया छोरी तेजल पडित पनि रहेको बुझिएको छ ।
प्राप्त जानकारी अनुसार मृतक पडित शुक्रवारसम्म रामगढवा उपस्वास्थ्य चौकीमा कार्यरत रहेको कर्मचारीहरूले बताए । बिदा भएपछि उपस्वास्थ्य चौकी नजिकै रहेको एउटा मोटरसाइकलमा पडितको प्रतीक्षा गरिरहेका महिला र पुरुषले मोटरसाइकलको बीचमा बसाएर लगेका थिए ।
स्वास्थ्यचौकीका कर्मचारीका अनुसार बिदा भएलगत्तै उनी हतारहतार कार्यालयबाट निस्केकी र सडकमा रोकिराखेको मोटरसाइकलमा चढेर गएकी थिइन् । उनी बिनाखबर आइतवार, सोमवारसम्म नआएपछि कार्यालयका कर्मचारीहरूले सोधखोज गरेका थिए ।