विश्वराज अधिकारी
रमेश दाइ मेरो कोठामा पस्नुभएको मात्र के थियो, मतिर हेर्दै भन्नुभयो–“के यस्तो अचम्म देख्नुपरेको होला ? एक दिन दुई दिन हो, आज छैठौं दिन भइसक्यो माओवादीले अनिश्चितकालीन नेपाल बन्द गरेको र जुलुस प्रदर्शनका लागि हजारौ मानिसलाई ल्याएको, देशभरिका जनतालाई काठमाडौंमा थुपारेको । देशभरिका जनताले कति दुःख पाइरहेको छ, त्यसको कुनै लेखाजोखा छैन । यात्रीहरू गन्तव्यमा पुग्न सकिरहेका छैनन् । बिरामीहरूलाई अस्पताल पुग्न गा¥हो छ । कृषकहरूले तरकारी बिक्री गर्न नपाएर तरकारी सडकमा फाल्दै छन् । विद्यार्थीहरू स्कूल जान नपाएर घरमैं थन्किएर बसेका छन् । दैनिक मजदूरीको भरमा पेट पाल्नेहरू खान नपाएर यताउता भौतारिंदैछन् । यो आम हडतालले गर्दा यहाँसम्म कि कतिले त आप्mना बाबुआमाको इलाज गराउन पाएनन्, मरेपछि घरमा पुगेर काजक्रिया पनि गर्न पाएनन् । करोडौं नेपालीको जीवन अति नै कष्टकर भएको छ । केवल दुईचार नेताको महत्वाकाङ्क्षा पूरा गर्नका लागि नेपालीहरू स्वतन्त्र देशका नागरिक भएर पनि अनेक किसिमका दुःख र पीडा बोकेर, घरभित्र कुँजिएर, डर र त्रासको वातावरणमा बन्दीझै जीवन बाँच्न बाध्य भएका छन् । बाध्य पनि यस्ता नेताहरूले पारेका छन् जसले भन्छन् हामी जनतालाई समुन्नत, मुक्त र सशक्त पार्न सक्रिय र समर्पित छौ । हाम्रो लडाइँ नै जनताको स्वाधीनता, स्वाभिमानको रक्षा हो । तर यस भनाइको ठीक विपरीत भइरहेको छ । जनता उनीहरूद्वारा नै झन् बढी डराइएका, धम्क्याइएका, पिल्सिएका र शोषित हुन पुगेका छन् । देशमा विद्यमान लामो द्वन्द्वले गर्दा गरीबहरू झन् गरीब हुन पुगेका छन् । देशमा द्वन्द्व पनि अनेक बहानामा भइरहेका छन् । निरन्तरको द्वन्द्व, घरीघरीको बन्द, हडताल, जुलुस आदिले गरीबहरू नै बढी प्रभावित हुन पुगेका छन् । नेपालमा भएका यस्ता घटनाहरू संसारमा बिरलै देख्न पाइन्छ । विकसित देशमा त झन् सुन्न पनि पाइँदैन । म अमेरिका आएको दश वर्ष भयो, यो दश वर्षमा न कहिले बन्द, न कहिले चक्काजाम, न कहिले आम हडताल भएको देखेको छु, न सुनेकै छु । हाम्रो देशमा त हडताल, चक्काजाम, बन्द आदि दैनिक जीवनको एउटा हिस्सा जस्तो भएको छ । देशवासीहरूले नचाहेर पनि नेताहरूको कपटी बोलीको पछि लागेर बन्द, हडताल गर्नुपरेको छ । गोली ठोक्लान् भन्ने डरले पनि बन्द, हडताल गर्नुपरेको छ । वैशाख १९ गतेदेखि शुरु भएको आन्दोलन अहिलेसम्म सकिएको छैन । होइन यो २०६८ साल हाम्रो देशमा लडाइँ र झगडा लिएर पसेको हो कि क्या हो ? वर्षको शुरु नै यस्तो छ, वर्षभरि झन् कस्तो हुने हो ?”
यति भनेर रमेश दाइले आप्mनो भनाइ सक्नुभएको मात्र के थियो नीरजले हाँस्दै भने–“रमेशदाइ, तपाईंको न्युजलाई अपडेट गर्नुहोस् । माओवादीले आम हडताल स्थगित ग¥यो । समाचारमा भने फिर्ता लियो भनी उल्लेख गरिएको छ । खासमा माओवादीले यो आन्दोलन स्थगित गरेको मात्र हो, त्यो पनि परिस्थितिको गम्भीरतालाई ध्यानमा राखेर । माओवादी हरुवाहरूको पार्टी होइन । जनताको दुःख टुलुटुलु हेरेर बस्न सक्दैन । कुर्सीको लागि जे पनि गर्ने होइन । जनताको कष्ट पीडा देखेर...। कुनै दबाबमा आएर वा हारेर आम हडताल स्थगित गरिएको भने होइन ।”
नीरजको भनाइ पूरा हुन नै नदिई क्षितिजले मुख अलि अँध्यारो पार्दै भने–“केको जनताको पीरमर्का बुझेर आम हडताल फिर्ता लिनु । आन्दोलनका लागि उतारिएका मान्छेहरू काठमाडौंबाट आप्mनोआप्mनो घरतिर पलायन हुन थाले पछि र खासमा जनताले प्रतिकार गर्न थालेपछि डरले फिर्ता लिएका हुन् । काठमाडौंमा माओवादी हडतालको विरुद्ध मानव सागर नउर्लेको भए यिनीहरूले के फिर्ता लिन्थे ? जनताको पीरमर्का ... ? यिनीहरूले जनताको पीरमर्का के बुझ्छन् ? यिनीहरूलाई सत्ता चाहिएको छ । कुर्सी चाहिएको छ । लाखौ जनतालाई काठमाडौं बोलाएर, भोकैप्यासै सडकमा दौडाउनुबाहेक यिनीहरूले के गरे ? पुष्पकमल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको पद पाएको त हो नि । आफैंले छाडेर हिंडे पछि...? जनताको पीरमर्का हटाउन सकिने ठाउँमा पुगेर प्रचण्डले किन भाग्नुपरेको थियो ? प्रधानमन्त्री पद किन छाडेको ? प्रधानमन्त्रीको पद आफैले त छाडेको हो नि, कि होइन ? विद्रोह गर्नका लागि मानिसहरूलाई सङ्गठित गर्न सजिलो छ । ती सङ्गठित मानिसको प्रयोग गरेर राज्य व्यवस्था परिवर्तन गर्न त्यति गा¥हो पनि हुँदैन । यी हाम्रा शत्रु हुन् यिनीहरूलाई समाप्त पार्नुपर्छ भनी लाखौ जनतालाई कुनै समूहको विरुद्ध युद्ध गर्न तयार पार्न सकिन्छ । आतङ्क र घातक हतियारको बलमा युद्ध जित्न पनि सकिन्छ तर व्यवस्थित किसिमबाट सरकार सञ्चालन गरेर देशको नेतृत्व गर्न गा¥हो पर्छ । र यो केवल युद्ध गरेजस्तो सजिलो पनि होइन ।”
क्षितिजको कुरा सुनेपछि नीरज अलि उत्तेजित देखिए । तर आपूmलाई व्यवस्थित पार्दै भने–“संविधान हारेकाहरूले अनेक किसिमका पवित्र–अपवित्र गठबन्धन गरेर सरकार चलाउन पाउनु । यो सबै, ठूला दल भनाउँदाहरूको माओवादीलाई अनेक बहाना बनाई पाखा लगाएर आपूmहरूले कुर्सी ओगट्ने दाउ मात्र हो । आपूmलाई प्रजातान्त्रवादी भनेर परिचय गराउने यी ठूला दलहरूले यसैगरी आप्mनो असली रूप देखाउने हो ? उनीहरूको व्याख्या अनुरूपको प्रजातन्त्र यही हो ? यस्तो दाउपेचलाई प्रजातन्त्र भन्न सकिन्छ ? यो केवल ठूला दलहरूको शक्ति हात पार्ने चाल हो । नबुझिंदो किसिमको तानाशाही कार्य हो । यस्तो हो भने चुनावको के अर्थ रह्यो त ? व्यर्थको नौटङ्की मात्र...? त्यस बाहेक अरू केही पनि होइन । माओवादीले चाहे अनुसार जनताको पक्षमा संविधान लेख्न नदिन प्रतिक्रियावादीहरूद्वारा खेलिएको छल, कपट र दाउपेचले भरिएको फोहरी खेल हो । प्रतिक्रियावादीहरूले यस्तै खेल खेलिरहे आम जनता, गरीब–निमुखा जनता, दलित, शोषित, पीडित जनताको पक्षमा संविधान लेख्न सकिन्छ ? प्रतिक्रियावादीहरूको दबाबमा परेर उनीहरूले चाहे बमोजिमको संविधान लेख्ने हो भने संविधान फेरि तिनै केही सुकिला मुकिला व्यक्तिहरूको लागि हुनेछ । केही शहरिया, सुकिलामुकिलाहरूका लागि मात्र...। जेठ १४ आउन अब केही दिन मात्र बाँकी छ, यो हालतमा आम जनताको पक्षमा संविधान लेख्न सकिन्छ ? संविधान समयमा लेख्न बाध्य पार्नका लागि पनि माओवादीले यो आन्दोलन गर्नुपरेको हो । सरल तरिकाबाट कुरा नसुने पछि करोडौं मुक्तिकामी नेपालीहरूको आवाज सुन्न सरकारलाई बाध्य पार्न माओवादीले यस्तो आन्दोलन गर्नु परेन त ? अनि तताउनु परेन त सडकहरू ?”
क्षितिजले हाँस्दै भने–“आम जनताको पक्षमा संविधान लेख्नका लागि दबाब सृजना गर्ने हो भने संविधान लेख्नका लागि हामीले दबाब सृजना गरेको हो, दबाब सृजना गर्ने क्रममा यस्तो आन्दोलन गरेको भन्नुपर्दछ अनि त्यसै अनुरूपको कार्यहरू गर्नुपर्दछ । तर माओवादीले त प्रधानमन्त्रीको राजीनामा माग गरिरहेको छ । यो त भनाइ एउटा र गराइ अर्काे भएन ? यो कार्यबाट माओवादीको यो आन्दोलन केवल प्रधानमन्त्री पदका लागि हो भन्ने भान पर्न आउँदैन र ?”
क्रमशः