प्रस, परवानीपुर, १५ चैत/
बिमा खासगरी जीवन तथा निर्जीवन गरी दुई किसिमको हुन्छ । जीवन बिमा गर्ने जम्मा कम्पनी सातवटा छन् भने निर्जीवन बिमा गर्ने कम्पनी वीरगंजमा १७ वटा छन् ।
पर्सामा निर्जीवन बिमा कम्पनीहरूलाई सरकारले कृषि बिमाका लागि ७५ प्रतिशत अनुदान दिए तापनि किसानहरूले खासै चासो देखाएका छैनन् । कतिलाई त गाईभैंसी, बाख्रा, धान, गहुँ, तेलहन, केराखेती, उखु खेतीलगायतको बिमा हुन्छ भन्ने जानकारी नरहेको वीरगंजका निर्जीवन बिमा कम्पनीले जनाएका छन् । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका वीरगंज प्रबन्धक अमर गौतमका अनुसार निर्जीवन अन्तर्गत वीरगंजमा मोटर बिमा (सवारी साधनको बिमा), अग्नि बिमा (भूकम्प, आगलागी, हुलदङ्गा, तोडफोड, आतङ्कवादसँग सम्बन्धित घटनाको लागि गरिने बिमा), समुद्री बिमा ।व्यक्तिगत दुर्घटना बिमा तथा कृषि बिमा गर्ने गरिएको बताउँछन् । अन्य निर्जीवन बिमाको सन्तोषजनक अवस्था रहे पनि कृषि बिमातर्फ पर्सा, बारामा उत्साहपूर्ण कारोबार देखिएको छैन गौतमको भनाइ छ ।
कृषि बिमाको उद्देश्य प्रत्यक्ष्F छ । कृषि बिमाको उद्देश्य सरकारले किसानको बालीनालीलाई सहयोग गर्नु हो । कृषिमा बाली तथा पशुपक्षीहरूको बिमा गरिन्छ । पर्साका गाइपालन तथा सहकारीले सञ्चालन गरेको भैसीपालन, कुखुरापालनमा मात्र बिमाको लाभ लिइरहेको उनी बताउँछन्, त्यो पनि थोरैले मात्र । सचेतनाको अभावमा कृषकहरूले लाभ लिन नसकेका हुन् । बिमा कम्पनीले कृषि प्राविधिकको सहयोगमा बाली वा पशुको मूल्याङ्कन गरी कुल मूल्याङ्कनको ५ प्रतिशत मात्र बाली अवधिको एक प्रिमियमको रूपमा लिने गरेको छ । जसमा २५ प्रतिशत किसानको रकम हुन्छ भने ७५ प्रतिशत सरकारले बिमा समितिमार्फत बिमा गर्ने कम्पनीलाई किसानको नाममा अनुदान रकम पठाउँछ ।
मानौ एक कठ्ठा जग्गामा एक लाखको उखु कुनै किसानले लगायो र एक लाखको बिमा गर्न खोज्यो भने एक वर्षको लागि रु ५ हजार बिमा कम्पनीले प्रिमियम बापत लिन्छ । जसमा साढे १२ सय किसानले र साढे ३७ सय रुपियाँ सरकारले अनुदान दिन्छ । बिमा गरेको दिनदेखि प्राकृतिक विपद् वा कुनै घटनाले बाली नाश वा क्षति हुन पुग्यो भने कृषि प्राविधिकको क्षतिको पूर्ण प्रतिवेदनको अधारमा जति क्षति भएको हुन्छ किसानले बिमा कम्पनीबाट भुक्तानी पाउँछ । अर्थात् एक लाखको उखु बाली आगलागीले नष्ट भयो भने किसानले १ लाखकै भुक्तानी पाउँछ । यदि ५० लाखको क्षति भएको छ भने ५० लाखको क्षति पाउँछ ।