प्रस, वीरगंज, १८ चैत/
मालपोत कार्यालय, पर्साका प्रमुख मालपोत अधिकृत प्रकाशप्रसाद पोखरेलले अन्ततः आज रवाना बुझेका छन् ।
फागुन १५ गते सचिवस्तरीय निर्णयबाट भूमिसुधार कार्यालय, सप्तरीको प्रमुखमा काज खटाइएका पोखरेल अटेर गरेर अहिलेसम्म वीरगंज मालपोतमैं बसेका थिए ।
फागुन १७ गते आचारसंहिता लागू हुनु पहिले उनलाई काज सरुवाको पत्र पठाइएको र निजको ठाउँमा अर्को
आदेश नहुन्जेल सनत द्विवेदीलाई निमित्त प्रमुखको जिम्मेवारी मन्त्रालयले दिएको थियो ।
एक महिनासम्म पत्र नपाएको भनी वीरगंजमैं बसिरहेका पोखरेललाई चैत १६ गते स्थानीय टोल सुधार समितिका युवाहरूले कार्यालयमा बेइज्जत गरेर जिल्ला प्रशासन कार्यालयमा बुझाएका थिए ।
मालपोत कर्मचारीका अनुसार आज मन्त्रालयका सचिवले तोकिएको ठाउँमा रवाना लिएर जान आदेश दिंदै पुनः पुरानै पत्र पठाएपछि पोखरेलले रवाना बुझेका हुन् ।
यता मेन्टेनेन्स नापी कार्यालय, वीरगंज आज बन्द रह््यो । नापीका अमिन मोतीलाल प्रसादलाई हिजो केही व्यक्तिले कार्यालयमैं कुटपिट गरेको विरोधमा आज कर्मचारीहरूले कार्यालयको कामकाज ठप्प गरी विरोध गरे । कुटाइबाट घाइते अमिन मोतीलालको सिटी स्क्यानबाट टाउकोमा गम्भीर चोट लागेको देखिएको छ । नापीका कर्मचारीहरू आपैmले विरोध गरी कार्यालय बन्द गरे पनि निजामती कर्मचारीसँग सम्बन्धित कुनै पनि सङ्घ सङ्गठनले मालपोत र नापीको सन्दर्भमा केही बोलेको छैन ।