निर्वाचन लोकतान्त्रिक अभ्यासलाई निरन्तरता दिने एउटा माध्यम हो । कुनै पनि राजनीतिक व्यवस्थामा अनुकूल नियमितता भएन भने समाजमा अराजकता उत्पन्न हुन्छ । नेपालमा सबै तहको निर्वाचन नभएको झन्डै दुई दशक हुन लाग्यो । यसले देशभरि नै आर्थिक अनियमितता, राजनीतिक उच्छृङ्खलता, सामाजिक विभेद जन्माएको हामीले टडकारो देखिरहेका छौं । तर नेपालमा भने निषेधको राजनीति हावी छ । पहिले ठूला दलहरूले निषेधको राजनीति गरे, अहिले मधेसी दलहरू निषेधको राजनीति गर्न पोख्त हुँदै गएका छन् । निषेधको राजनीति गर्नेले शासन व्यवस्था चलाउन जान्दैन । अवसर पायो भने पनि सत्ता सञ्चालन गर्न सक्दैन । निषेधको राजनीति वा मनोवृत्तिले जहिले पनि अवरोधको मार्ग रोज्छ । शासन सञ्चालन भनेको चाहिं गमन–अग्रगमन हो । त्यसैले निषेधको राजनीतिमा जतिकै अब्बल देखिएको राजनीतिक दल वा समूहले अवसर पाएपछि शासन सञ्चालन गर्न सकेको इतिहास छैन । राजनीतिमा मुद्दामा भिन्नता हुन सक्छ–हुनुपर्छ, तर अभ्यासमा निरन्तरता पहिलो शर्त हो ।
लोकतन्त्रमा जनताको भावना बुझ्न, निर्वाचन पहिलो र अन्तिम माध्यम हो । निर्वाचनमा नजानु त्यसैले प्रकारान्तरमा निर्वाचनबाट डराएको मानसिकता हो । प्रतिस्पर्धाबाट पलायन हुनुलाई लोकतन्त्रले कहिले स्वीकार गर्न सक्दैन । किनकि घोडा जतिसुकै असल नस्लको होस् निरन्तर दौड्ने गर्दैन भने रेसमा पछाडि पर्छ । प्रतिस्पर्धाहीनताको अवस्था मूतको न्यानोजस्तो हो, जसले एकछिन न्यायो दिएर लगत्तै चिसो र दुर्गन्ध फैलाउँछ । प्रायः के देखिएको छ भने हमेशा विद्रोह नै गरिरहने कुनै समूहले सत्ता प्राप्त गरेको छ कि त्यो तानाशाहीमा परिणत हुन्छ वा मूलधारको राजनीतिमा असफल हुन्छ । यसको मुख्य कारण शासनबाट, त्यो जुनसुकै स्तरको किन नहोस्, टाढा रहनु हो । अहिले स्थानीय तहको निर्वाचन त झन् यति महŒवपूर्ण छ कि यसले जनतासँग सोझो, निकट र घनिष्ठ सम्बन्ध बनाउन मदत गर्छ । साथै स्थानीय तहमा निहित अधिकारको सदुपयोग गर्न सकियो भने स्थानीय जनतालाई स्थानीय तहमैं केन्द्रीय सत्ताको सुविधा प्रदान गर्न सक्छ । हार र जीत निर्वाचनमा भइरहने कुरा हो । कसैले नचिताएको व्यक्ति वा दल जित्छ, त्यस्तै नचिताएको दल वा व्यक्ति हार्छ पनि ।
निर्वाचनमा हार र जीत महŒवपूर्ण कुरा होइन । महŒवपूर्ण हो जनताको सरोकारमा व्यक्ति वा दलको संलग्नता । नेपालमा स्थानीय तहको निर्वाचन भयो र मधेसवादी दलहरूले भाग लिएनन् भने जुन जनता आज उनको साथ छ, ऊ विभिन्न आवश्यकताका लागि अन्य दलसँग टाँसिन पुग्छ । आजै मधेस आन्दोलनमा सहभागी भएका अधिकांश युवा, आन्दोलनकारी मधेसी दलहरूको निर्वाचनमा भाग नलिने घोषणा सुन्दासुन्दै पनि निर्वाचन सफल पार्न म्यादी प्रहरीमा भर्ना हुन लालायित छन् भोलि कसले स्थानीय तहप्रदत्त सुविधा र आप्mनै दैनन्दिनको आवश्यकतालाई तिलाञ्जलि दिन तयार होला १ मुद्दा कहिले मर्दैन । त्यो सही मात्र हुनुपर्छ, जनतालाई मुद्दा सही छ भन्ने बोध भएको हुनुपर्छ । जुनसुकै अवस्थामा पनि जनताले साथ दिन्छ । होइन निषेधकै राजनीति अभीष्ट हो भने भन्नु केही छैन । यसले व्यक्तिलाई उजिल्याउला, पार्टी–समर्थक र जनतालाई भने निराश नै पार्नेछ ।