श्रीमन्नारायण
समाजवादका प्रणेता डा. राममनोहर लोहियाको विचार २१ औं शताब्दीमा पनि अनुकरणीय र सान्दर्भिक नै छ । पूँजीवादी अर्थव्यवस्थाको विरोधमा र सबैखाले असमानताको विरोधमा डा. राममनोहर लोहियाले प्रतिपादन गरेको समाजवादको सिद्धान्त हामी नेपालीहरूको निम्ति पनि नयाँ विषय होइन । देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी नेपाली काङ्ग्रेसको निम्ति लोहियाको समाजवादको विचार प्रमुख सिद्धान्तको रूपमा रहिआएको छ । आज पनि नेपाली काङ्ग्रेसका नेताहरू आपूmलाई डा. राममनोहर लोहियाको समाजवादका समर्थक बताउँछन् । नेपाल तथा भारतका प्रायःजसो लोकतान्त्रिक पार्टीहरू डा. राममनोहर लोहियाको विचारसित आपूmलाई निकै नजिक पाउँछन् ।
‘समाजवाद’ नेपाली काङ्ग्रेसको मूल राजनीतिक सिद्धान्त रहिआएको छ । बेलाबखत यस शब्दको चर्चा पनि गर्ने गरिन्छ तर व्यवहारमा भने पार्टी अब समाजवादको नीतिभन्दा कोसौं टाढा गइसकेको छ । सभा, गोष्ठी एवं चुनावी सभामा पार्टीका नेताहरू ‘समाजवाद’को चर्चा गर्छन् तर त्यो पनि औपचारिकतामा मात्रै सीमित हुने गर्दछ । सैद्धान्तिकरूपमैं पार्टीले खुला अर्थतन्त्रको नीति आत्मसात् गरिसकेको कारण यो मुद्दा अब ओझेलमा पर्न गएको जस्तो देखिन्छ ।
नेपाली काङ्ग्रेसले महान् समाजवादी नेता डा. राममनोहर लोहियाको ‘समाजवाद’को सिद्धान्तलाई आत्मसात् गर्दै आएको हो । यो उसको मूलमन्त्र पनि थियो तर अब भरसक पार्टीले यसलाई तिलाञ्जलि दिइसकेको छ भन्ने शङ्का उठ्नु अस्वाभाविक होइन । नेकाका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाको निधनसँगै नेपालको राजनीतिबाट सैद्धान्तिक राजनीतिको पनि बिदाइ भइसकेको छभन्दा अतिशयोक्ति नहोला । नेपाली काङ्ग्रेसको निम्ति र यसका नेताहरूको निम्ति समाजवादको सिद्धान्त एकादेशको कुरा हुन पुगेको छ । तर विश्वमा जहाँ पनि भेदभाव एवं असमानता रहने छ त्यहाँ लोहियाको विचारको सान्दर्भिकता रहि नै रहने छ ।
भारत स्वतन्त्र भएपछि दुईवटा मुद्दा ‘लोकतन्त्र’ तथा ‘समानता’लाई सर्वाधिक महŒवपूर्ण मानिएको थियो । नेपालमा पनि राणाशासनको समाप्तिपछि उपरोक्त दुई मुद्दालाई नै महŒवपूर्ण मानिएको थियो । तर आधुनिक विकासको नाममा समानताको अवधारणा ओझेलमा पर्दै गएको देखिन्छ । डा. राममनोहर लोहियाले धन तथा जग्गा (धर्ती)को मात्रै कुरा गरेका थिएनन् उनले त सप्तक्रान्तिको आह्वान गरेका थिए जसमा पहिलो थियो महिला एवं पुरुषबीच समानता, दोस्रो–छालाको रङ्गको आधारमा राजकीय, आर्थिक एवं मानसिक असमानताको विरोध, तेस्रो–संस्कारगत अर्थात् जन्मजात जातिप्रथाको विरोध र पिछडिएका लागि विशेष अवसरको व्यवस्था, चौथो–विदेशी दासताको विरोध तथा स्वतन्त्रता, पाँचौ– निजी पूँजी असमानताको विरोध तथा आर्थिक समानता एवं योजनाद्वारा उत्पादन वृद्धि गर्नु, छैठौं–निजी जीवनमा अन्यायपूर्ण हस्तक्षेपको विरोध तथा लोकतान्त्रिक पद्धति एवं सातौं–अस्त्रशस्त्रको विरोध तथा सत्याग्रह । यस्ता गम्भीर विचारबाट प्रतिपादित यी सूत्रहरू यस्ता खालका छन् जसले पूरै विश्वलाई परिवर्तन गरेर मानिसलाई दासताको मानसिकताबाट मुक्त गर्न सक्दछ । वर्तमानको अन्योलपूर्ण एवं सिद्धान्तविहीन राजनीतिक युगमा लोहियाको विचारमाथि गम्भीरतापूर्वक विचार गर्नु आवश्यक छ । हामीहरूले पनि उपरोक्त सात सूत्रसँग आप्mनो कर्तव्य एवं व्यवहारलाई दाँजेर हेर्नुपर्दछ तथा स्वयं आपैंmले आप्mनो मूल्याङ्कन गर्दा पनि हुन्छ । डा. लोहियाले भनेका थिए–यी सातै क्रान्ति एकैसाथ संसारमा हुने गर्दछ । उनको विचारमा संसारमा जहाँ पनि दुःख, गरिबी, पराधीनता, असमानता एवं पीडा छ त्यो हाम्रFे सभ्यताको निम्ति लाजमर्दो कुरा हो । नयाँ संसारको निर्माणको सपना देख्दा उनले आप्mनो सांस्कृतिक धरोहरहरूको महŒव चिनेका थिए । नदीहरूको सफाइ, हिमालय बचाऊ, भाषा–नीति, रामायण मेला, भारत विभाजनका दुःखद अवस्था, अर्थशास्त्र माक्र्सभन्दा पनि अग्रगामी इतिहास तथा नियतिको विषयमा उनी एकैसाथ सोच्न र बोल्न सक्दथे ।
डा. राममनोहर लोहियाको विचार मूलतः आर्थिक एवं सामाजिक सिद्धान्तमा आधारित थियो । आर्थिक सिद्धान्तमा उनी पूँजीवादलाई राष्ट्रिय शोषणमा आधारित मान्दथे । आर्थिक सिद्धान्तमा उनी पूँजीवादलाई राष्ट्रिय शोषक चरित्र मात्रै मान्दैनथे अपितु उनले साम्राज्यवादको मूलमा युरोपेली पूँजीवादको विकास निहित रहेको रेखाङ्कित गरेका थिए । युरोपेली पूँजीवादको सम्पूर्ण विकास एसिया, अफ्रिका र अमेरिकी देशहरूको शोषणको धरातलमा उभिएको ठान्दथे । ‘इकोनोमिक्स आप्mटर माक्र्स’ नामक लेखमा उनले यस कुराको चित्रण गरेका थिए । लोहियाको सम्पूर्ण चिन्तन मानव विकासको मात्रामा बढ्दो असमानतामा नै केन्द्रित थियो । असमानताले दासता एवं दमनलाई बढाउने छ तथा पछि गएर त्यसैबाट युद्धको स्थिति उत्पन्न हुनेछ भनी उनको मान्यता थियो । उनको विशेषता थियो कि विकासका उपयुक्त परिभाषाहरू उनी पूँजीवाद तथा साम्यवादको प्रभावबाट मुक्त भएर गर्न चाहन्थे । उनले साम्यवादलाई तेस्रो दुनियाँमा शासन गर्ने युरोपको अन्तिम आक्रमणको रूपमा परिभाषित गरेका थिए ।
लोहियाको उपरोक्त विचारहरूलाई आज थोमस पिकोटीको चर्चित पुस्तक ‘कैपिटल इन द ट्वेन्टी फस्ट सेन्चुरी’मा पनि पढ्न सकिन्छ । पिकोटी लेख्छन्– पूँजीवाद र समाजवादबीच १९१७ देखि १९८९ सम्म चलेको द्वन्द्वको कारण धेरै यथार्थहरू ढाकिन पुगे किनभने त्यसलाई पक्षपातपूर्ण तरिकाले देखाउने काम भयो । अब जबकि सारा विश्व नै एक धु्रवीय हुन गएको छ, विस्तारै विस्तारै धेरै कुराहरू प्रस्ट हुँदै गइरहेका छन् । उदारीकरणका कारण विश्वमा असमानता पनि तीव्र गतिमा बढेको छ । धनको भण्डार जति तीव्र गतिमा बढेको छ त्यति नै तीव्र गतिमा त्यसमा काम गर्नेहरूको आय भने बढेको छैन । यसैले गर्दा विश्वमा आज जुन गतिमा आर्थिक संरचना बढिरहेको छ त्यसै गतिमा असमानता पनि बढ्दै गएको छ । डा. लोहिया एउटा कारखानाको मजदुर तथा अधिकारीबीचको तलबमा तीन गुणा भन्दा बढीको अन्तर हुनु नहुने पक्षमा थिए । उनले कर्मचारीहरूलाई महँगी भत्ता दिनुको सट्टा बजार भाउ नियन्त्रणमा रहेको हेर्न चाहन्थे । सूचिता, न्याय तथा समानताका व्याख्याकार लोहिया सबैखाले असमानता र भेदभावका विरोधी थिए ।
लोकतन्त्र एवं समाजवादलाई उनले एउटै सिक्काको दुईवटा पाटो ठान्ने गरेका थिए । लोहिया स्वयं गाँधीको सत्याग्रह एवं अहिंसाका कट्टर समर्थक थिए तर गाँधीवादलाई उनी अधूरो दर्शन मान्दथे । उनी समाजवादी थिए तर माक्र्सलाई एकाङ्की ठान्दथे । उनी राष्ट्रवादी थिए तर विश्व सरकारको सपना पनि हेर्दथे र आधुनिक सभ्यता बदलियोस् भन्ने चाहन्थे । उनी विद्रोही तथा क्रान्तिकारी पनि थिए तर शान्त एवं अहिंसाका घोर उपासक थिए । उनी कहिल्यै कुनै ठूलो पदमा पुगेनन् तर पनि उनको स्वीकार्यता एवं व्यक्तित्व निकै अग्लो थियो । उनका विचारहरूले देशका बुद्धिजीवीहरूलाई सधैं नै केही सोच्न बाध्य पारिरहेको हुन्थ्यो । देहावसानको बेला उनले भनेका थिए कि अन्य व्यक्तिहरूको सम्पत्तिलाई तिनका वारिस (शाखा सन्तान)ले सम्हाल्नेछन् तर मेरो विचारलाई सम्हालेर अगाडि बढाउने व्यक्ति नै मेरो वारिस हुनेछ । डा. लोहियाको आप्mनो कुनै घर थिएन, आश्रम पनि थिएन, कुटी पनि थिएन, सारा देश नै उनको घर थियो । पार्टीको कार्यालय नै उनको आश्रम थियो तथा देशका सारा गरिबहरूको झुप्रो नै उनको कुटी थियो । उनले आप्mनो जन्मदिन कहिल्यै मनाएनन् । आप्mनो जन्मदिन मनाउन खोज्नेलाई यति मात्रै भन्ने गर्दथे कि यो दिन मेरो जन्मका कारण होइन, अपितु क्रान्तिकारीहरूको शहादतका कारण महŒवपूर्ण हुन गएको हो । लोहियाको अनुयायी बन्नु सजिलो छैन । पार्टीको नामको अगाडि अथवा पछाडि लोहिया शब्द मात्रै राखिदिनु लोहियावादी हुनु होइन ।
डा. लोहियाले गाँधीवादी नीति, अर्थ एवं श्रमबीच परस्पर सम्बन्ध, किसान एवं मजदुरको हित तथा हाम्रा समाज एवं विश्वमा विद्यमान असमानताका कारणहरूलाई ध्वस्त पार्दै उनले जीवनभरि सङ्घर्ष गरेका थिए ‘लोकतन्त्र किताब एवं समाजवाद’ किताबहरू, नारा तथा कानुनमा मात्रै सीमित नरहेर स्वाधीन नागरिकको आचरणमा देखिनु पर्दछ । स्वाधीनता एक आचरण पनि हो, संयम पनि मर्यादा पनि र अर्काको स्वाधीनताको रक्षा गर्नु पनि । डा. लोहिया यस कुरालाई आप्mनो व्यवहार एवं विचारबाट प्रत्येक स्तरमा चरितार्थ गरी देखाउने विलक्षण संस्कृति–चिन्तक, राजनेता तथा धरातलमा आधारित कार्यकर्ता पनि थिए । डा. लोहियाको मान्यता थियो कि किसानहरूको जग्गाको मूल्यमा कुनै पनि विकास स्वीकार्य गर्न सकिंदैन । ठूल्ठूला मेसिन एवं उद्योगधन्दाहरूलाई असिंचित एवं खेतीको निम्ति अनुपयोगी जग्गाहरूको मात्रै प्रयोग गर्न दिइनुपर्दछ । लोहियाको विचारमा जुन जग्गाबाट एउटा किसानको अनेकौं पुस्ताको पालन–पोषण हुन सक्दछ त्यसबाट उसलाई वञ्चित गरी हामी खाद्यान्नको उपलब्धतालाई मात्रै कम गरिरहेका हुँदैनौं, अपितु त्यस किसानको स्वावलम्बन, स्वाभिमान एवं स्वाधीनतामाथि सङ्कट उत्पन्न गरी एक गम्भीर सांस्कृतिक हानिको दिशामा बढिरहेका हुन्छौं । कानुनी शब्द, लाभहानिका गणितभन्दा टाढा रहेर स्वाधीनता, उत्पादकता, धरातलीय यथार्थ एवं गहिरिंदो सांस्कृतिक सङ्कटको दिशामा कसैको पनि ध्यान केन्द्रित हुन सकिरहेको छैन ।
आपूmलाई लोहियाको पक्का अनुयायी एवं शिष्य घोषित गर्नेहरूको भीड कम भएको छैन । यिनको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । कतिपयले जातीय राजनीतिलाई नै लोहियाको सिद्धान्त मानिरहेका छन् जुनकि सरासर भूmटो एवं अन्याय हो । लोहियाको सिद्धान्तलाई अनुसरण गर्नु सजिलो छैन । केवल नेता अथवा विचारकको नाम जप्दैमा उसको अनुयायी भइन्छ भन्ने सोच्नु मूर्खता हो ।
नेपालमा मात्रै होइन, दक्षिण छिमेकी भारतमा पनि बिहार र उत्तरप्रदेशमा अहिले समाजवादी विचारधाराका नेताहरूकै पार्टीको नेतृत्वको सरकार छ । यिनीहरू लोहियालाई नै आप्mना आदर्श मान्ने गर्दछन्, यहाँका सत्ताधारी दलका नेता एवं कार्यकर्ताहरू, तर व्यवहारमा भने लोहियाको आदर्शलाई आत्मसात् नगरिएको आरोप त्यहाँ पनि लाग्दै आएको छ । नेपालमा नेपाली काङ्ग्रेस मात्रै होइन, प्रायः सबैजसो मधेसवादी दलका नेताहरू पनि लोहियालाई नै आप्mनो आदर्श मान्ने गर्दछन् तर लोहियाको सिद्धान्त एवं विचारलाई भने यिनीहरूले तिलाञ्जलि दिइसकेका रहेछन् । एक्काइसौं शताब्दीमा पनि लोहियाको विचार त्यति नै सान्दर्भिक छ, जतिकै पाँच–छ दशक अघिसम्म थियो । असमानता, गरिबी एवं अन्यायपूर्ण व्यवस्था रहेको ठाउँमा लोहियाको विचार अवश्य पनि स्मरण गरिने छ । नेपाली काङ्ग्रेसको महाधिवेशनमा लोहियाको विचार स्मरण गर्ने, चर्चा गर्ने र नीति बनाउनुपर्ने कुरामा जोड दिने नेताहरू आपैंm असान्दर्भिक हुँदै गएका देखिए । दक्षिणी छिमेकी भारतमा आपूmलाई लोहियावादी बताउने नेता एवं कार्यकर्ताहरू लाखौं एवं करोडौं छन् । केही हदसम्म त्यस सिद्धान्तप्रति प्रतिबद्ध एवं समर्पित पनि छन् । लोहियाको समाजवादी सिद्धान्त नेपालको सन्दर्भमा र नेपाली काङ्ग्रेसलगायत लोकतान्त्रिक दलहरूको सन्दर्भमा आज पनि उत्तिकै सान्दर्भिक छ ।