प्रस, वीरगंज, १६ फागुन/
वीरगंजलाई महानगरपालिका बनाउन माग गर्दै सद्भावना पार्टी, वीरगंज नगर कार्यसमितिले सञ्चालन गरेको तीन दिने अभियान सोमवार सम्पन्न भएको छ ।
घण्टाघरमा आयोजित कार्यक्रमका वक्ताहरूले महानगरपालिका घोषणाको लागि हस्ताक्षर अभियान सफल भएको बताएका थिए ।
सद्भावनाका नगरसभापति ओमप्रकाश सर्राफको अध्यक्ष्Fतामा सम्पन्न कार्यक्रममा वीरगंज उपमहानगरपालिका कार्यालयका निमित्त कार्यकारी अधिकृत प्रकाश अमात्य, तमलोपा पर्साका नेता शशीकपुर मियाँ, नेविसङ्घका दिलीपराज कार्कीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
वक्ताहरूले सबै मापदण्ड र भौतिक पूर्वाधार भए तापनि वीरगंज उपमहानगरपालिकालाई महानगरपालिका घोषणा नगर्नु दुःखद भएको बताए ।
नारायणी उपक्षेत्रीय अस्पताल विकास समितिका अध्यक्ष विनोद गुप्ताले हस्ताक्षर गरी शुभारम्भ गरेको अभियानमा माओवादी केन्द्रका रामबाबू बैठा, तराई मधेस लोकतान्त्रिक पार्टीका शशीकपुर मियाँ, नयाँ शक्ति पार्टीका सुनील गुप्ता, वीरगंज उद्योग वाणिज्य सङ्घका मनोज उपाध्याय, थारू कल्याणकारी सभा पर्साका नन्दकिशोर पञ्जियार, नेपाली काङ्ग्रेसका रामनारायणप्रसाद कुर्मी, पत्रकार राजु श्रेष्ठ, सङ्घीय समाजवादी फोरम नेपालका असलम अन्सारी, रामसपाका रोशन पटेललगायतले हस्ताक्षर गरी अभियान सम्पन्न गरेका थिए ।