केही बन्नका लागि केही टुट्नै पर्छ । यो प्रकृतिको नियम हो । मानिसले भने निर्माण गर्दा सम्भवतः हानि नहुने किसिमले तोडफोड गर्दछ वा न्यूनतम हानि मात्र होस् भन्ने ख्याल राख्दछ । अहिले विपी उद्यानको जग्गामा तरकारी बजार लागेको थियो, किनकि मीनाबजारमा लाग्ने तरकारी बजार, मीनाबजारको भवन बनाउनका लागि खाली गराइएको थियो । अब मीनाबजारको भवन तयार भयो, तर तरकारी बजारले उद्यानको जग्गा छाड्न मानेन । हिजोको तरकारी बजारको सन्ताप निर्माणका लागि उत्पन्न भएको थियो । तर तरकारी बजार मीनाबजारमा सर्न मानेन । मीनाबजार बन्नेबित्तिकै तरकारी बजार सरेको भए उद्यानको जग्गामा अहिलेसम्म उद्यान लगाउने तयारी शुरु भइसकेको हुने थियो । अन्य आर्थिक र राजनीतिक कारण जे होस्, हाम्रो रुग्ण मानसिकता पनि यसमा दोषी छ । हाम्रो अवधारणामा बजार खुला ठाउँमा हुनुपर्छ । बजारमा सजाइएको सामान देखिनुपर्छ भन्ने हो । यद्यपि यसले गर्दा बजारमा राखिएको सामग्रीमा खुला वातावरणको धूवाँ, धूलोलगायत, झिंगाजस्ता प्रदूषणका कारकले खानेकुरामा प्रतिकूल प्रभाव नै किन न पारोस् १
आजको युग द्रुत गतिमा अघि बढिरहेको छ । आज स्वास्थ्यप्रति सचेतना, खाद्य पदार्थ कतिको शुद्ध छ, कति स्वस्थकर छ भन्ने सोच मानिसमा पलाइरहेको छ । हिजो व्यापारमा कुनै छलछाम थिएन, बिक्रीका लागि राखिएका सबै सामग्री निर्दोष छ भन्ने विश्वास थियो । आज धेरै कारणले त्यो सोच हराएको छ । मानिसको मानिसमाथि विश्वासमा खति पुगेको छ । हिजो घाउमा माटो दलेर सङ्क्रमणरोधी बनाइन्थ्यो । आज खुलामा राखेको ओखतिले पनि विपरीत परिणाम दिन्छ । किनकि आज विश्वास गर्ने समय छैन । विश्वास मानिसमाथि भन्दा पनि परिस्थितिमाथि । यद्यपि त्यस प्रतिकूल परिस्थितिका लागि पनि मानिस नै जिम्मेवार छ । तरकारीहरूमा विषादि छरिन्छ, छर्नु बाध्यता छ, तर विषादि छरेको कति दिनपछि बिक्री वितरण गर्दा मानव स्वस्थ्यमा कमसेकम प्रभाव पर्छ भन्ने कुराको हेक्का राखिंदैन । धूलो, धूवाँले आज विश्वमा सबैभन्दा मानिसको ज्यान लिइरहेको छ भन्ने कुरा समाचारहरूमा आइ नै रहेको छ । यसर्थ आज सबै कामकुरा कोठाभित्र गर्नुपरेको छ । यसले नियमनकारी संस्थालाई कुनै वस्तुको जाँच–परीक्षण गर्न सुविधा हुन्छ । र बाहिरको प्रत्यक्ष प्रदूषणबाट जोगिन सकिन्छ ।
यसर्थ बजार टुट्नु र बन्नुलाई यस दृष्टिले हेर्नु आवश्यक छ । मीनाबजार मात्र किन, बिर्ता बजार र श्रीपुर बजार पनि यसैगरी टुट्नु र व्यवस्थितरूपमा बन्नुपर्छ । आज मानिस खानेकुरा खाएर रोगी भइरहेको छ । नखाई मानिस त के प्राणी जगत् नै बाँच्न सक्दैन । खाएपछि रोगी हुन्छ । रोगी भएपछि उपचार गर्नुपर्छ । यसले मानिसको समय र धनको क्षति भइरहेको छ । यस्ता विडम्बनाबाट जोगिन पनि आज अत्याधुनिक बजारहरूको खाँचो छ । विकसित ठाउँ मात्र होइन, अब त हाम्रै राजधानीमा पनि खाद्य पदार्थहरू वातानुकुलित ठूला–ठूला मल र भेराइटी स्टेरहरूमा बिक्री हुन थालेका छन् । त्यो पनि एक किसिमको रैथाने बजार टुट्नु र आधुनिक बजार विकसित हुनुको गति हो । यसर्थ विपी उद्यानको तरकारी बजार मात्र होइन, हड्ढङ बजार पनि विस्थापित गरेर वीरगंज शहरलाई साँस लिनका लागि हरित उद्यान निर्माण गर्न अति जरुरी भइसकेको छ ।