वैद्यनाथ ठाकुर
कुनै बेला भन्ने गरिन्थ्यो– ‘खेलोगें कुदोगें बनोगें खराब, पढोगें लिखोगें बनोगें नवाब’ अर्थात् खेलकुदमा लागेमा मान्छे बिग्रिन्छ, भविष्य बर्बाद हुन्छ तर पढ्यो, लेख्यो भने मान्छे सप्रिन्छ, मान्छेको भविष्य उज्ज्वल हुन्छ । यो भनाइको प्रासङ्गिकता यति बेला ठीक हो कि बेठीक भन्न गा¥हो छ । संसारभरि मानिसहरूले खेलकुदको माध्यमबाट आप्mनो तथा देशको नाम मात्रै रोशन गरेका छैनन् बरु आकर्षक पैसासमेत आर्जन गरी सुखी जीवन बिताइरहेका देखिन्छन् । खेल्नेहरूको यस्तो राम्रो जीवन संसारमा छ भने पढ्नेहरूको त झन् के कुरा । मान्छे पढेपछि नै आजको ज्ञानविज्ञान र प्रविधिको विकासले धर्तीलाई औंलाको टुप्पोमा नचाउन थालेको छ । हिजोसम्मका अधिकांश रहस्यका कुराहरूसमेत बोधगम्य भएको छ । साँच्चै भन्ने हो भने ज्ञानविज्ञानले गर्दा नै धर्ती काल्पनिक स्वर्गभन्दा पनि राम्रो भएको छ ।
यो त भए संसारको कुरा तर जहाँसम्म हाम्रो नेपालको कुरा छ, त्यो भने यसको ठीक उल्टो छ । हामीकहाँ खेल्ने खेलाडीहरूको मुखमा माड लाग्न पनि धौंधौं भएको देखेर कुनै पनि अभिभावक खेलकुदमा आप्mनो सन्तान लागोस् भन्ने इच्छा राख्दैनन् । सबैले पढाइलेखाइलाई नै पहिलो प्राथमिकतामा राख्ने गर्दछन् । तर के गर्ने हाम्रो हाल यस्तो छ कि खस्ंिकदो शैक्ष्Fिकस्तरले गर्दा तथा देशमा व्याप्त भ्रष्टाचारले गर्दा पढेलेखेका व्यक्ति पनि बेरोजगार भई बस्नुपर्ने बाध्यताले गर्दा पढाइलेखाइ पनि आम नागरिकको प्रथम प्राथमिकतामा खुशी मनले रहेको देखिंदैन । प्रायः मानिसहरू भन्ने गर्छन्, पढाएर लेखाएर नै के गर्ने ? भोलि झन् काम पाइँदैन । पढेलेखेका व्यक्ति पनि अर्काको देशमा कुली, दर्बान तथा शारीरिक श्रम गर्न समुद्रपारीसम्म ज्यान जोखिममा पारेर गइरहेका छन् ।
यति बेला पर्सा जिल्लामा राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिता चल्दैछ । झन्डै १५ दिनसम्म पर्साको पाँचवटा निर्वाचन क्षेत्र तथा फाइनल गरी खेलहरू खेलिनेछ । सहभागी सामुदायिक विद्यालयहरूलाई नेपाल सरकारले जनही १० हजार नगदसमेत उपलब्ध गराएको छ । यति बेला पर्साका विद्यालयहरूमा पठनपाठन ठप्प छ । प्रत्येक दिन हाजिर गर्ने र खेलकुदको तयारी भन्दै छुट्टी गरी विद्यार्थीहरूलाई खेलाउने कार्य भइरहेको छ । खेलकुद आपैंmमा नराम्रो कार्य होइन । राम्ररी प्रशिक्ष्Fण दिन सकियो भने नेपाली विद्यार्थीहरूले पनि खेलकुदमा राम्रो गर्न सक्छन् भन्ने कुराको प्रमाण क्रिकेटमा महिला तथा पुरुष दुवै टोलीको सहभागिताले देखाइसकेको छ । तर हाम्रो समाजमा एउटा उखान छ– भोजको बेला फर्सी रोपेर फल्दैन । तर के गर्ने हाम्रो बानी नै भोजको बेलामा मात्रै फर्सी रोप्ने चलन छ । वर्षभरि विद्यालयमा विद्यार्थीहरूलाई कुनै खेल खेलाइँदैन । नब्बे प्रतिशत सामुदायिक विद्यालयमा खेलकुद सामग्री नै छैन । कुनै पनि विद्यालयमा तालिमप्राप्त खेलकुद शिक्ष्Fक छैन । यस्ता विद्यालयमा अन्तिम परीक्ष्Fा हुनुभन्दा ठीक एक महिना पहिले गरिने राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिता हुनु भनेको बिनातयारी युद्धमा होमिनुसरह नै हो । शैक्षिकसत्रको अन्तिम महिनामा गरिएको यो खेलकुद आयोजन कुनै पनि अर्थमा उपयुक्त छैन । सामुदायिक विद्यालमया यसै पनि पठनपाठनको स्तर निकै खस्केको छ, त्यसमा झन् खेलकुद शिक्ष्Fकको अभाव तथा खेलकुद सामग्री विद्यार्थीले देख्नसमेत नपाएको अवस्थामा राष्ट्रपति रनिङ प्रतियोगिता आयोजनाका विभिन्न पक्षहरूमा पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको छ ।
खेलकुदको आयोजना गर्नु नै छ भने ‘तँ कुटेजस्तो गर्नु म रोएजस्तो गर्छु’ भन्ने शैलीमा खेलाइनुहुँदैन । प्रत्येक सामुदायिक विद्यालयमा खेलकुद शिक्षक, खेलकुद सामग्री तथा त्यसको पूर्वतयारीको वार्षिक कार्ययोजना बनाउनुपर्ने देखिन्छ । फागुन महिनामा खेलकुदको आयोजना गर्नुभन्दा तिहारपछि मङ्सिर महिनाभित्रसम्म गर्दा बढी उपयुक्त हुने हो कि भन्ने कुरातर्पm सरोकारवालाहरूले पुनर्विचार गर्न जरुरी छ ।
विद्यालयमा विद्यार्थीहरू कुन खेलप्रति आकर्षित छन् त्यो छुट्याइ तिनीहरूलाई निरन्तर वर्षभरि नै अभ्यास गर्ने अवसर तथा सामग्री प्रदान गर्दा बल्ल राष्ट्रपति रनिङ प्रतियोगिताको औचित्य साबित हुनेछ । होइन भने झन्डै एक महिना सम्पूर्ण विद्यालयको अध्ययन ठप्प गरी खेलकुदको नाममा जुन विकृति विद्यालयभित्र मौलाइरहेको छ, त्यसले गर्दा शैक्षिकस्तर झन् तल झार्न प्रमुख भूमिका खेल्ने कुरातर्पm बेलैमा सचेत हुन जरुरी छ ।
राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिताको वार्षिक आयोजना हुँदै आएपछि यसमा निरन्तरता तथा यसको पूर्वतयारीसमेत गर्न जरुरी छ । खेलकुदमा वार्षिक तयारीको अभावले गर्दा अन्य क्षेत्रबाट बोरो खेलाडी झिकाएर खेलाउने तथा शिल्ड हात पार्ने जस्ता विकृतितर्पm समेत ध्यान जानु वाञ्छनीय देखिन्छ । प्रतियोगिता अवधिभरि समेत विद्यार्थीहरूलाई विद्यालयबाट पाउनुपर्ने सुविधाहरू नपाएकोतर्पm समेत सरोकारवालाहरूको ध्यान जान जरुरी छ । राम्ररी वार्षिक योजना बनाएर विद्यालयहरूले राष्ट्रपति रनिङ
खेलकुद प्रतियोगिताको तयारीमा लाग्ने हो भने विद्यार्थी तथा समाज र राष्ट्र सबै लाभान्वित हुने कुरामा कुनै शङ्का छैन ।