प्रस, परवानीपुर, १४ फागुन/
पर्सा/बाराको किसानका खेतमा आलु रोप्ने मेशिनसँगै आलु खन्ने मेशिन पनि गुड्न थालेको छ । कृषि औजार अनुसन्धान केन्द्र वीरगंजले भारतबाट ल्याएको सो मेशिन परीक्षणपछि सिफारिस गरेको आलु खन्ने मेशिन किसानको खेतमा पुगेको छ । पर्सा, बेल्वा– ३ कोनियाका अगुवा किसान भगवान यादवको खेतमा शुक्रवार मेशिनले माटोबाट आलु खनेको हेर्न गाउँलेको भीड लागेको थियो । प्रतिघण्टा ७ कट्ठा खेतको आलु खन्ने सो मेशिनको कार्य हेरेपछि गाउँलेहरू चकित भएका थिए ।
करिब अढाई लाख रुपैयाँ पर्ने सो मेशिनले आलु खन्दा खन्ने लागत खर्चमा ६० प्रतिशत कमी पाइएको छ । यसले किसानको करिब ७० प्रतिशत समयको बचत पनि गराउँछ ।
ट्याक्टरमा सो मेशिन जोडी दुईजनाको सहयोगमा एक घण्टामा ७ कट्ठा खेतको आलु खन्न भ्याउने केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक सचिन मिश्रले दाबी गर्छन् । उनी भन्छन्– “यो मेशिनले नेपालमैं पहिलोपटक आलु खनेको हो, केन्द्रले आलु रोप्ने मेशिनबाटै यस वर्ष पर्सामा आलु रोपेको थियो ।”
बढी आलु उत्पादन गर्ने किसानलाई लक्षित गरी केन्द्रले यो मेशिन भारतबाट ल्याइ आवश्यक परीक्षणपछि सिफारिस गरेको उनले जानकारी गराए ।
बारा र पर्सामा आलुखेती बढी हुने भएकोले यस भेगका किसानको लागि यो मेशिन धेरै उपयोगी रहेको उनले बताए ।