प्रस, परवानीपुर, १३ फागुन/
राजधानीबाहिरको सबैभन्दा पुरानो क्याम्पस ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजमा स्वतन्त्र विद्यार्थी युनियनको फागुन १८ गते तोकिएको निर्वाचन प्रक्रिया अनिश्चित बनेको छ ।
बिहीवार क्याम्पसमा भएको आगजनीको घटनाले निर्वाचन अनिश्चित बनेको सरोकारवालाहरूले बताएका
छन् । उक्त घटनालगत्तै सुरक्षाको कारण निर्वाचन अधिकृत प्राध्यापक डा. हैम्मुदुर रहमानले बिहीवार राति राजीनामा दिए ।
निर्वाचन अधिकृत रहमानले फेसबूकबाट राजीनामा घोषणा गरेको आपूmले जानकारी पाएको ठाकुर राम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रमोद कुशवाहाले बताए ।
चुनाव सार्न मधेसी दलसम्बद्ध विद्यार्थी युनियनहरूले माग गरिरहँदा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, एमाले अखिल र काङ्ग्रेस निकट नेविसङ्घले नमानेपछि उनीहरूले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगो लगाएका थिए ।
मधेसवादी दलका विद्यार्थी सङ्गठनले माओवादी केन्द्र, एमाले, काङ्ग्रेसका विद्यार्थी सङ्गठनले गत माघ १३ र १४ गते फर्जी विद्यार्थीहरूलाई भर्ना गराइ निर्वाचन प्रक्रियालाई प्रवाहमा पारेको हुनाले उक्त दिनको भर्ना रद्द गर्नुपर्ने माग गरेका थिए । तर तीन ठूला दलका विद्यार्थी सङ्गठनले मधेसी विद्यार्थी सङ्गठनहरूको माग बेवास्ता गरी चुनाव प्रक्रिया अघि बढाएपछि प्रतिकारस्वरूप उक्त घटना भएको तमलोपानिकट तराई मधेस विद्यार्थी फ्रन्टका एकाइ अध्यक्ष विशालकुमार बिटुले बताए ।