सञ्जय साह मित्र
समाजमा भइरहेको परिवर्तनको गतिले बालबालिकालाई अझ धेरै गतिमान बनाइदिएको छ । बालबालिकाहरू पहिलेको तुलनामा धेरै तीक्ष्ण बनेका छन् । पहिलेको तुलनामा धेरै व्यावहारिक पनि बन्दै गएका छन् । बढी सिर्जनात्मक पनि हुँदै गएका छन् । युगको गतिलाई अहिलेका बालबालिकाले पछ्याउन सकिरहेका छन् । यो बजार क्षेत्रमा देखिएका बालबालिकाको प्रतिभा हो ।
गाउँ अभैm निकै पछाडि छ । गाउँमा शिक्षाको वातावरण बन्न सकेको छैन । बालबालिकाहरूको सिर्जनात्मक क्षमताको विकासको गति गतिहीन छ । प्रतिभा चिन्ने र फस्टाउने अवसर हुन सकेको छैन । गाउँकै बालबालिकामध्ये केहीले बजारतिर ठाउँ पाएमा राम्रो गरेको पनि पाइएको छ । अभिभावकीय चेतनाको कमी तथा अवसरको अभावको कारणले बालबालिकालाई बाटो पहिल्याउन मुस्किल भइरहेको छ ।
यी दुई अवस्थाले नेपालमा दुईथरीका बालबालिकाहरू हुर्किरहेका देखाउँछ । दुईथरीका बालबालिकामध्ये पहिलोथरीले देश र दुनियाँलाई बुभ्mदै गएका छन् र दोस्रोथरीले आपैंmलाई समेत चिन्ने अवसर पाउन सकेका छैनन् । आपैंmलाई समेत चिन्ने अवसर नपाउँदा जीवनलाई राम्ररी बुभ्mन पाउँदैनन् । कतै जानुपर्दा संसारलाई हेरेर केवल विस्मित हुन सक्छन् र आपूmलाई संसारकै कमजोरबाहेक अरू केही ठान्न सक्दैनन् । बालवयमैं मस्तिष्कको उपयोग हुन सकेको छैन र ठूलो भएपछि मस्तिष्कको उपयोग गर्ने अवसर नै पाउँदैनन् ।
गाउँमा अवसरहरूको अभावले बालबालिकाहरूको वास्तविक विकास हुन सकेको छैन । दिनभरि खेलेर र अनावश्यक गफ तथा कुराकानी गरेर समय व्यर्थमा बिताइरहेका देखिन्छन् । यस प्रकारका बालबालिकाहरूलाई न भविष्यको चिन्ता छ, न त वर्तमानको नै । भविष्यलाई चिन्ने कुनै आधार नै खडा भएको छैन र वर्तमानले कुनै कामतिर तान्न सकेको छैन । साथीभाइको लहलहैमा जे मन लाग्यो, हृदयले जे खोज्यो, त्यही स्वच्छन्दरूपमा गर्दछन् । बालापनलाई भविष्यको आधारसित जोड्न नसक्दा भविष्यको धरातल कमजोर भइरहेको छ ।
पछिल्लो दशकमा आधुनिक सञ्चारमाध्यममा सामाजिक सञ्जालले गरेको हस्तक्षेपले दुवैथरी बालबालिकालाई तानेको छ । मोबाइलमा इन्टरनेटको प्रयोगले गाउँका बालबालिकालाई पनि आकर्षित गरेको छ । तर इन्टरनेटको बजारका बालबालिकाहरूले सदुपयोग बढी र गाउँका बालबालिकाहरूले दुरुपयोग बढी गरिरहेका छन् । दुरुपयोग यस अर्थमा कि उनीहरूले सदुपयोग गर्ने बाटो देखेकै छैनन् । नकारात्मक कुराप्रतिको चाहना र रुचि सामाजिक सञ्जालमा बढेको पाइएको छ ।
अलिकति पनि हुनेखाने परिवारको ग्रामीण समुदायका सदस्यले आप्mना बालबालिकालाई यसै कारणले बजारतिर पठाइरहेका छन् कि आपूmलाई, समाजलाई र भविष्यलाई बुभ्mने अवसरहरू बजारमा देखिन्छन् । युगको अनुकूल आपूmलाई ढाल्न सकियोस् र भविष्यमा उसले आपूmलाई सबैको जस्तै योग्य बनाउन सकोस् । बालबालिकाको माध्यमले आपूmलाई पनि कमजोर नदेखाउन र आप्mनो प्रतिष्ठा पनि बढेको देखाउन बालबालिकाको उपयोग अभिभावकले नगरेका होइनन् । यो अर्को पक्ष हुन सक्छ तर बालबालिकाले भने आपूmलाई अभिभावकको अनुकूल पार्ने अवसर पनि बजारमैं सीमित छ । ग्रामीण बालबालिकाहरू आप्mना अभिभावकलाई सन्तुष्ट पार्नुपर्छ भन्ने चेतनाबाट अभैm टाढै छन् । यद्यपि सामान्य रुचि र आवश्यकतासमेत दिनानुदिन परिवर्तन हुँदै गएका छन् ।
समाज, समुदाय र राज्यमा बालबालिकाको समयानुकूल समायोजनको आवश्यकता छ । यस आवश्यकताको सम्बोधन किन जरुरी छ भने गाउँ र बजारको दूरी भविष्यमा केही कम हुने थप आधारको सिर्जना होओस् ।