प्रस, वीरगंज, १२ फागुन/
सीमावर्ती पिडारीगुठीका बासिन्दा तथा ओरिया खोलाका भारतीय बालुवा तस्करबीच आज फेरि झडप भएको छ ।
झडपमा स्थानीय चारजना घाइते भएका छन् ।
घाइते हुनेमा जलेश्वर साह , तपेश्वर दास थारू, शिवप्रसाद महतो नुनिया र हीरालाल हजरा रहेका छन् ।
आज बिहान ३०/३५ वटा टयाक्टर लिएर भारतीयहरू नेपाल प्रवेश गरी बालुवा झिक्न थालेपछि स्थानीयले रोक्न खोज्दा विवाद शुरु भएको थियो ।
भारतीय चालकहरूले भारतीय भूमिमा बालुवा नझिकी नेपाली भूभागबाट बालुवा झिक्न लाग्दा जग्गाधनीहरूले अवरोध गरेका थिए । सो क्रममा भारतीयहरूले चलाएको ढुङ्गा लागी चारजना घाइते भएका प्रहरीले जनाएको छ ।
साहको टाउकोमा आठवटा टाँका लागेको छ । झडपमा पिडारीगुठीवासीले भरुवा बन्दुकबाट दुई राउन्ड हवाइ फायर पनि गरेको बुझिएको छ ।
स्थानीयले दुईवटा टयाक्टर तोडफोड गरेका छन् ।
भारतीयहरूले अचानक ढुङ्गामुढा गर्न थालेपछि प्रतिकारमा नेपालीहरूले पनि उनीहरूमाथि लाठी र ढुङ्गा प्रहार गरेको स्थानीय कारी चौधरीले बताए ।
नेपालीहरूले हवाइ फायर गरेपछि भारतीयहरू टयाक्टर लिएर खोलाबाट भागेको स्थानीयवासीले बताएका छन् ।
घटनास्थलबाट प्रहरी चौकी पिडारीगुठी पाच सय मिटर मात्रै टाढा भए पनि घटनास्थलमा झडप भएको एक–डेढ घण्टापछि बोर्डर आउटपोस्ट भिखमपुरबाट सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले भने ओरिया खोलामा भारतीयहरूले नेपाली भूमिभित्र पसेर बालुवा उत्खनन गर्न थालेपछि पिडारीगुठी गाविसका स्थानीयले रोक्न खोज्दा तनाव भएको बताए ।