प्रस, वीरगंज, १३ फागुन/
पूर्वराजा ज्ञानेन्द्र शाह वीरगंज आउँदा उनका समर्थकहरूले राजनीतिक दलविरुद्ध चर्को नाराबाजी गरेका छन् । महाशिवरात्रि पर्वका दिन वीरगंजस्थित मठमन्दिरहरूमा पूजापाठ गर्न शुक्रवार अपराह्न वीरगंज आएका पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा सहभागी उनका समर्थकहरूले राजनीतिक दलका नेताहरूविरुद्ध नाराबाजी गरेका हुन् ।
वीरगंजको घण्टाघरदेखि अलखियामठ चोकसम्म मुख्य सडकको दुवैतिर लाम लागेर पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा बसेकाहरूले नेता चोर देश छोड, नेता सबै विदेशी दलाल हुन्, राजा आऊ देश बचाऊ, राजा जनता एक हौं, राजा कसको जनताको, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, राजारानी जिन्दाबाद जस्ता नारा लगाएका थिए । स्वागतमा कतिपयले पूर्वराजालाई ढोगेका पनि थिए ।
पूर्वराजा ज्ञानेन्द्रको स्वागत हेर्न सडकमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, मधेसी दलका नेता तथा कार्यकर्ताहरू पनि उपस्थित थिए ।
स्वागतमा बसेका आप्mना समर्थकहरूलाई पूर्वराजा ज्ञानेन्द्रले चोकचोकमा रोकिएर हात हल्लाउँदै अभिवादन गरे ।
बाराको सिमराबाट बा. ४ च ३८०७ नम्बरको गाडीमा सवार भई अपराह्न साढे चार बजे वीरगंजको अलखिया मठ मन्दिरमा आइपुगेका पूर्वराजाले त्यहाँ करिब २० मिनेट पूजापाठ गरेका थिए ।
त्यसपछि उनी मुख्य सडकमा पैदल यात्रा गर्दै माईस्थान चोकमा रहेको गहवामाई मन्दिरमा पुगेका थिए । गहवामाई मन्दिरमा पनि करिब २५ मिनेट पूजापाठ गरेपछि त्यहाँबाट पूर्वराजा ज्ञानेन्द्रले आपैंmले गाडी चलाइ सिमरा फर्केका थिए ।
पूर्वराजा ज्ञानेन्द्रको वीरगंज भ्रमणलाई लक्षित गरी नगरभरि नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो सङ्ख्यामा परिचालन गरिएको थियो । नगरका चोकचोकमा सादा पोशाकमा प्रहरीहरू खटिएका थिए ।
वीरगंजमा पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा सहभागी हुन पर्सा, बारा, रौतहट, मकवानपुर र सीमावर्ती भारतको रक्सौलबाट पनि मानिसहरू आएका थिए ।
पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा करिब पाँच हजार मानिस सहभागी रहेको नेपाल राष्ट्रवाद सङ्घका केन्द्रीय अध्यक्ष जनकलाल साहले दाबी गरे ।