प्रस, परवानीपुर, १५ फागुन/
गत फागुन १० गते संयुक्त मधेसी मोर्चाले आह्वान गरेको मधेस बन्दका कारण वीरगंज भन्सारको राजस्व असुलीमा प्रभाव परेको छ । सो दिन एउटा भन्सार कार्यालयको राजस्व असुली घटेको छ भने अर्को भन्सार कार्यालयको राजस्व बढेको तथ्याङ्कले देखाएको छ ।
वीरगंज भन्सारका सूचना अधिकारी मोहनराज भट्टका अनुसार सो दिन करिब ५ करोड राजस्व असुलीमा कमी आएको थियो । औसत लक्ष्य ३० करोड २४ लाख रहे तापनि त्यो दिन २५ करोड २८ लाख मात्र राजस्व असुली भएको सूचना अधिकारी भट्ट बताउँछन् ।
यता श्रीसिया सुक्खा बन्दरगाहका भन्सार अधिकृत गणेश पौडेलका अनुसार अरू दिनको तुलनामा सो दिन राजस्व असुलीमा करिब ४० प्रतिशतले वृद्धि भएको छ । अन्य दिनको औसत राजस्व असुली ६ देखि साढे ६ करोड हुने गरेकोमा त्यो दिन १० करोड २२ लाख राजस्व असुली भएको उनले बताए । सुक्खा बन्दरगाहमा आएका मालसामान व्यापारीहरूले बढी मात्रामा लगेपछि राजस्व असुली बढेको उनले बताए । कतिले मधेसमा हुने बन्द–हडतालको कारण पनि आप्mनो मालसामान सो दिन साँझतिर लगेका थिए ।
विशेषगरी आयातकर्ताहरूले तीनवटा ल्यान्डरोभर गाडी, ह्विस्की, फलामलगायतका सामग्रीहरू बढी मात्रामा लगेपछि राजस्व असुलीमा ४० प्रतिशत जति वृद्धि भएको हो ।