अभय भट्टराई
हामीले अरूबाट आप्mनो सम्मान चाहन्छौं । अरूले आपूmप्रति श्रद्धा राखिदिऊन् भन्ने हाम्रFे चाहना हुन्छ । हामी प्रेमको भोका छौं र हामीलाई प्रेम गरिदिए हुन्थ्यो भन्ने चाहन्छौं । हामीले अरूबाट जेजस्तो चाहना राखिरहेका हुन्छौं, अरूको त्यस्ता चाहनाको पूर्ति गर्न भने हामी अग्रसर हुँदैनौं । ‘आत्मनः प्रतिकूलानि परेषा न समायरेत्’ अर्थात् आपूmलाई प्रतिकूल हुने व्यवहारहरू अरूलाई गर्नुहँुदैन भन्ने कुरा हामीलाई थाहा त छ, तर त्यसलाई हामीले आप्mनो व्यवहारमा कार्यान्वयन गर्न सकिराखेका छैनौं । हामीले अरूबाट सम्मान, श्रद्धा र प्रेम गर्न जान्नुपर्दछ । हामी जब अरूलाई यस्तो व्यवहार गर्न अभ्यस्त हुन्छौं, वास्तवमा हाम्रालागि सबै मान्छे नै भगवान्जस्तै लाग्न थाल्छन् र हामीले श्रद्धापूर्वक गरिने भगवान्को उपासना पनि सार्थक हुन्छ । त्यही सार्थक यात्राको नाम नै भक्तिमार्ग हो ।
दिव्यचक्षुको माध्यमले श्रीकृष्णको विराट स्वरूपको दर्शन गरिसकेपछि अर्जुनले सगुण वा साकार र निर्गुण वा निराकार ईश्वरको उपासनामध्ये कुन उपासना सर्वश्रेष्ठ हुन सक्छ ? भन्ने जिज्ञासा राखे । अर्जुनको त्यही जिज्ञासालाई शान्त गर्ने क्रममा श्रीकृष्णले भक्तियोगको उपदेश दिएका हुन् । जुन भक्तिले मनलाई एकाग्रतापूर्वक निरन्तर भगवान्को चिन्तन गर्दै अत्यन्त श्रद्धापूर्वक भगवान्को उपासना गर्छ, भगवान्को दृष्टिमा त्यस्तो सगुण उपासक योगी उत्तम योगी ठहरिन्छ । जसले सम्पूर्ण इन्द्रियहरूलाई राम्रोसँग वशमा राखेर सर्वव्यापी, अचिन्त्य, नित्य, अचल, निराकार र अविनाशी परमब्रह्मा परमात्माको एकाग्रतापूर्वक भजन गर्दछ, सम्पूर्ण प्राणीको कल्याण चाहन्छ भने समदर्शी त्यस्ता भक्तहरूले भगवान्लाई नै प्राप्त गर्दछन् । परन्तु भगवान्का सच्चा भक्तहरूले सम्पूर्ण कर्मलाई भगवान्मैं अर्पण गरेर सगुण वा साकार भगवान्लाई नै अनन्य भक्तिभावले निरन्तर चिन्तन गर्दै उपासना गर्दछन् । भगवान्मा नै चित्त लगाउने त्यस्ता भक्तहरूलाई भगवान्ले मृत्युरूपी सांसारिक समुद्रबाट तत्काल उद्धार गर्दछन् । यस्ता भक्तहरूले भगवान्मा मन र बुद्धि लगाएर भगवान्मा नै निवास गर्दछन् भन्ने कुरामा कुनै शङ्का छैन ।
यदि कुनै भक्तले आप्mनो मनलाई भगवान्मा पूर्णतया स्थिर गर्न वा लगाउन सक्दैन भने त्यस्तो भक्तले बारम्बार भगवान्को नाम र गुणको श्रवण, कीर्तन, मनन, जप र पाठको अभ्यास गरेर भगवान्लाई प्राप्त गर्ने इच्छा राख्नुपर्छ । यदि यस्ता अभ्यास गर्न पनि भक्तले कठिन मान्दछ भने त्यसले स्वार्थ त्यागेर निष्काम भावले भगवान्प्रति नियमित कर्तव्यपरायण भई भगवान्का निमित्त कर्म गरेर भगवान्लाई प्राप्त गर्न सक्छ । यदि भक्तले यसलाई पनि आत्मसात् गर्न सक्दैन भने भगवान्लाई पाउन सबै इन्द्रियलाई नियन्त्रण गरेर सम्पूर्ण कर्मको फललाई त्याग्नु आवश्यक छ । अभ्यासभन्दा ज्ञान श्रेष्ठ छ, ज्ञानभन्दा ध्यान उत्तम छ र ध्यानभन्दा पनि सम्पूर्ण कर्मको फललाई त्याग गर्नु श्रेष्ठ छ, किनभने त्यागद्वारा तत्काल परमशान्ति प्राप्त हुन्छ ।
जुन व्यक्तिले सबै प्राणीमा द्वेष राख्दैन, जसले मित्रता र दया राख्छ, जो ममता र अहङ्कारले रहित छ, जसले सुख र दुःखमा पनि समभाव राख्छ अनि जस्तोसुकै गल्ती गर्दा पनि क्षमा दिन सक्छ, जो सदैव सन्तुष्ट रहन्छ, जसले सबै इन्द्रियलाई वशमा राखेको छ, जो दृढनिश्चयी छ र जसले आप्mनो मन र बुद्धिलाई भगवान्मा समर्पित गरेको छ, त्यस्तो व्यक्ति भगवान्को प्रियभक्त हुन्छ । जसले कसैलाई पनि भयभीत बनाउँदैन र आपूm पनि कसैबाट भयभीत हुँदैन, जो हर्षित हुँदैन, अर्काको उन्नति देखेर सन्तप्त पनि हुँदैन तथा भय, शोक आदिबाट समेत जो मुक्त छ, त्यस्तो भक्त भगवान्को प्रिय हुन्छ । जसले केही अपेक्षा राख्दैन, जो शारीरिक र मानसिकरूपमा शुद्ध छ, चलाख छ, कसैको पक्ष नलिने तटस्थ छ, दुःखबाट मुक्त छ र सबै कामको प्रारम्भ गर्ने प्रवृत्तिलाई जसले त्यागेको छ, त्यस्तो व्यक्ति पनि भगवान्को प्रिय भक्त हुन्छ । जो कहिल्यै पनि खुशी हुँदैन, द्वेष र शोक गर्दैन, आकाङ्क्षासमेत राख्दैन र शुभ तथा अशुभ सम्पूर्ण कर्मलाई जसले त्याग गरेको छ, त्यस्तो व्यक्तिसमेत भगवान्को प्रिय हुन्छ । शत्रु र मित्रता, मान र अपमानमा, जाडो र गर्मीमा अनि सुख र दुःखमा पनि जसले समभाव राख्छ, जो आसक्तिले रहित छ, निन्दा र स्तुतिलाई जसले समान ठानेर व्यवहार गर्छ, जो विचारशील छ, जसोतसो गरेर भएपनि जो सन्तुष्ट छ र वासस्थानमा जो आसक्त छैन, त्यस्तो स्थिर बुद्धि भएको भक्त नै भगवान्को लागि प्रिय हुन्छ । त्यसमध्ये पनि जुन भक्त वेदादि शास्त्र र गुरुजनका वचनमा प्रत्यक्षजस्तै विश्वास वा श्रद्धा राख्छ, भगवान्को परायण भएर उपर्युक्त धर्ममय अमृतपथलाई यथोचित सेवन गर्दछ, त्यस्तो भक्त भगवान्का लागि अत्यन्त प्रिय हुन्छ ।
जीवनमा ज्ञानमार्ग आवश्यक छ भने भक्तिमार्गको पनि त्यत्तिकै आवश्यकता छ । ज्ञानबिना अन्धभक्त हुँदा भक्तिमार्गमा अग्रसर हुन सकिंदैन भने ज्ञानको साधना वा सफलताका लागि पनि भक्तिमार्ग अपरिहार्य छ । हामीले कुनै पनि भगवान्लाई राम्रोसँग बुझेर पूजा ग¥यौं भने वा भक्तिमार्गमा अग्रसर भयौं भने हामीलाई कसैले पनि भक्तिमार्गबाट अलग्याउन सक्दैन । जुनसुकै उद्देश्यप्राप्तिमा पनि हाम्रालागि ज्ञानमार्ग मात्र होइन, भक्तिमार्ग पनि सदैव अपरिहार्य रहन्छ ।
बदजबथदजबततचबष्द्दढ२नmबष्।िअयm