प्रस, वीरगंज, १५ फागुन/
नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाको नयाँ नेतृत्व चयनका लागि नेपाल प्रेस युनियनमा आबद्ध संयुक्त प्रजातान्त्रिक प्यानलले उम्मेदवारी घोषणा गरेको छ ।
वीरगंज, नगरसभागृहमा आइतवार आयोजित घोषणासभामा संयुक्त प्रजातान्त्रिक प्यानलले आप्mनो समूहको उम्मेदवारी घोषणा गरेको हो ।
संयुक्त प्रजातान्त्रिक प्यानलतर्पmबाट अध्यक्ष अशोक तिवारी, उपाध्यक्ष शेखर छतकुली, महिला उपाध्यक्ष बिम्मी शर्मा, सचिव क्रान्ति साह, सहसचिव (खुलातर्पm) नीलिमा पौडेल, सहसचिव (समावेशीतर्पm) मोहम्मद सद्दाब र कोषाध्यक्ष राम सर्राफ उम्मेदवार घोषित भएका छन् ।
घोषणासभालाई सम्बोधन गर्दै पत्रकार महासङ्घ, पर्साका पूर्वअध्यक्ष दीपेन्द्र चौहानले संयुक्त प्रजातान्त्रिक प्यानलको जीत सुनिश्चित रहेको बताएका छन् । उनले सक्रिय र क्रियाशील पत्रकारहरूलाई चुनावी मैदानमा उतारेको बताए । प्रजातन्त्रप्रति आस्था राख्ने पत्रकारबीच अहिले अभूतपूर्व एकता रहेको उनले बताए् । विगतमा भुजा–पकौडी खाएर बनाएको पत्रकार महासङ्घको गरिमालाई अहिलेको नेतृत्वले खस्काउने काम गरेको आरोप उनले लगाएका थिए ।
नेपाल प्रेस युनियन, पर्साका भूपू अध्यक्ष काशीनाथ यादवले संयुक्त प्रजातान्त्रिक प्यानलले ऐतिहासिक परिवर्तन ल्याउने बताए । यादवले विपक्षी समूहले बुनेको तानाबानामा पर्साका पत्रकारहरू अब नफस्ने बताए ।
नेपाल प्रेस युनियन पर्साका संस्थापक रामराज्य यादवले पत्रकार महासङ्घ पर्साको वर्तमान नेतृत्वले विगतमा बाँडेको आश्वासन पूरा नगरेको आरोप लगाए ।
नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवं मधेस विभाग प्रमुख विजय कुशवाहा, नेपाल प्रेस युनियनका संस्थापक कन्हैयालाल केशरीलगायतले मन्तव्य राखेका थिए ।
प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा सम्पन्न घोषणासभामा प्रेस युनियन पर्साका निवर्तमान अध्यक्ष पुरुषोत्तम सिंह भट्टराई, प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य अनिल तिवारी, उपाध्यक्ष विजय चौहान लगायतले मन्तव्य व्यक्त गरेका थिए ।