प्रस, निजगढ, १५ फागुन/
तेस्रो निजगढ गोल्डकपको उपाधि मकवानपुर ११ हेटौडाले उचाल्यो । आइतवार सम्पन्न फाइनल खेलमा पेनाल्टीमार्फत् ३ का विरुद्ध ४ गोल गरी सो उपाधि मकवानपुरले उचाल्न सफल भएको हो ।
उपविजेता चौधरी ११ बारा र विजेता टिमबीच खेल अवधिभर कडा र निकै प्रतिस्प्रर्धात्मक खेल भएको थियो । निर्धारित खेल अवधिभर दुवै टिमबाट कुनै गोल हुन नसक्दा पेनाल्टीमार्फत् छिनोफानो गर्नुपरेको हो ।
खेल भइरहँदा मकवानपुर ११ हेटौडाका जर्सी नं. १७ का सुमन आलेमगर र सोही टिमकै जर्सी नं. १० का विके लामाबीच खेल मैदानमैं एक्कासि हात हालाहाल भएको थियो । रेफ्री अतिलाल श्रेष्ठले चेतावनीस्वरूप दुवैलाई पहेंलो कार्ड दिदै सचेत गराए । एकै टिमका खेलाडीबीच भएको हात हालाहालले दर्शक र आयोजकलाई खल्लो बनाएको थियो ।
प्रतियोगिताको समापन युवा नेता शम्भुबहादुर बुढाथोकीले एक समारोहबीच गरे । अनुशासित र मर्यादित भई खेल खेल्नु नैं खेलाडीहरूको कर्तवय रहेको बताउँदै प्रतियोगिताको आयोजनाले निजगढको शान अझै बढेको बताए ।
विशिष्ट अतिथिमा निजगढ विकास समितिका अध्यक्ष कृष्णप्रसाद खरेल, निजगढ नगरपालिकाका सूचना अधिकारी नवीन खनाल र अतिथिहरू स्थानीय विभिन्न राजनीतिक दल, सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योगी व्यवसायी, समाजसेवी, बुद्धिजीवी रहेका थिए ।
विजेता टिमलाई नगद रु ७० हजार, ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेतालाई रु ४० हजार नगद, ट्रफी, मेडल, प्रमाणपत्र प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरूले प्रदान गरे । प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेबापत चौधरी ११ का जर्सी नं. १० का सुशान्त चौधरी र फाइनल खेलका म्यान अफ दि म्याच विजेता टिमका गोलकिपर अशोक बरालले ट्रफी पाए ।
आयोजक निजगढ युवा क्लबद्वारा आयोजित प्रतियोगितामा स्वागत मन्तव्य जयराम कुमरले गरे । प्रतियोगिता संयोजक परदेशी कुँवरको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन अजय उप्रेतीले गरे ।
पुरानो निजगढको खेल मैदानमा भएको सो प्रतियोगितामा आयोजकसहित बारा, रौतहट, सर्लाही, मकवानपुर र चितवन जिल्लाका गरी १० टिमको सहभागिता थियो ।