प्रस, गरुडा, १५ फागुन/
बज्जिका पत्रकार सङ्घ नेपालको प्रथम सम्मेलन रौतहट, गरुडामा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन गर्दै बज्जिका भाषाका वरिष्ठ भारतीय साहित्यकार तथा पत्रकार डा. ब्रजनन्दन वर्माले बज्जिका भाषाको मानकीकरण र एकीकरणको आवश्यकता रहेको बताएका छन् । नेपालका बज्जिका भाषाका पत्रकारहरूको एउटा साझा मञ्च देखेर आपूmलाई निकै खुशी लागेको बताउँदै विश्वमा बज्जिका भाषाप्रति चासो बढिरहेको बताएका छन् । भारतमा सन् १९६४ देखि बज्जिका भाषामा पत्रकारिता आरम्भ भएको भए पनि पत्रकारहरू सङ्गठित हुन नसकेको अवस्थामा नेपालका बज्जिका पत्रकारहरू सङ्गठित भई सम्मेलन गर्न सफल भएकोमा निकै खुशी लागेको बताएका छन् ।
बज्जिका पत्रकार सङ्घ नेपाल स्थापना गर्न गत वर्ष फागुन १५ गते भेला बोलाएका कार्यक्रम संयोजक बृजकिशोर यादवको अध्यक्षतामा भएको सम्मेलनमा बज्जिका भाषाको पत्रकारिता र साहित्यको क्षेत्रमा योगदान दिने दर्जनFैंलाई सम्मानितसमेत गरिएको छ । कार्यक्रममा डा. वर्माले बज्जिका भाषा विकास परिषद् नेपालका संस्थापक अध्यक्ष शिवचन्द्र साह, बज्जिका भाषा प्रचार प्रसार संयोजक योगेन्द्रप्रसाद यादव, बज्जिकार्पण साहित्यिक पत्रिकाका सञ्जय साह ‘मित्र’, बज्जिका साहित्य सङ्गमका अध्यक्ष श्याम सहनी ‘चन्द्रांशु’, नेपाल बज्जिका भाषा शिक्षक प्रतिष्ठानका अध्यक्ष सफीन्द्रप्रसाद यादव, राजदेवी एफएम गौरका शम्भु साह, रौतहट एफएमका रेवन्त झा, गुजरामाई एफएम बंकुलका त्रिभुवन साह, सङ्गम एफएम कोल्भीका सरोज गुप्ता, रेडियो मधेस मसला एफएमका जयनाथ यादव, बृजकिशोर यादव, मधेस जनआवाज एफएमका प्रहलाद साह, सिम्रौनगढ एफएमका राजनारायण पटेल, तुलसी साहित्य पुरस्कारका संस्थापक धर्मनाथप्रसाद जयसवाल, एसएस लोकसाहित्य पुरस्कारका संस्थापक लालबाबू साह, पत्रकार मदन ठाकुर, बज्जिका गायकत्रय सञ्जय ‘राज’, नथुनी ‘बसेरा”’ र विजय यादव ‘निर्बीज”’, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष रामजी साह सोनार, कामेश्वर सहनी, बज्जिका खबर ब्लग स्पट डट कमका मनोजकुमार चौधरी, बज्जिकावाणी डट कमका दिनेश सङ्गम, शीतलपुर साप्ताहिकका जयप्रकाश यादव, रेडियो मुक्तेश्वर बरहथवा सर्लाहीका कृष्णकुमार इस्मालीलगायतलाई सम्मानपत्र प्रदान गरिएको छ ।
यसैगरी विभिन्न रेडियोमा बज्जिका भाषामा समाचार वाचन गर्ने दर्जनभन्दा बढी वाचकलाई समेत प्रशंसापत्रले सम्मानित गरिएको छ ।
कार्यक्रममा बज्जिका भाषामा नेपालमा गाइएको पहिलो गीति एल्बम ‘बज्जिका समाज’को लोकार्पण गरिएको छ । गायकद्वय राज तथा बसेराको संयुक्त लेखन तथा स्वरमा रहेको अश्लीलतामुक्त प्रथम बज्जिका एलबमको लोकार्पणपछि बोल्दै गायक राजले अग्रजहरूको प्रेरणाले यो यात्रा अविराम रहने बताएका छन् ।
विभिन्न वक्ताहरूले मन्तव्य व्यक्त गर्दै बज्जिका भाषा, साहित्य, पत्रकारिता र कलाकारिताले नेपालमा सन्तोषजनक किसिमले विकास गरिरहेको बताएका थिए । मातृभाषाको सेवामा नैतिक, भौतिक तथा आर्थिक सबै दृष्टिले सहयोगका लागि तयार रहेको पनि वक्ताहरूले प्रतिबद्धता व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रियस्तरको बज्जिका पत्रकारिता पुरस्कार स्थापना
बज्जिका पत्रकारिता क्षेत्रलाई सकारात्मकरूपमा अगाडि बढाउन र बज्जिका पत्रकारितामा लागेकालाई प्रोत्साहन दिन अन्तर्राष्ट्रियस्तरको बज्जिका पत्रकारिता पुरस्कार स्थापना भएको घोषणा गरिएको छ । रौतहट उद्योग वाणिज्य सङ्घका पूर्व महासचिव एवं रेडियो मधेस मसला एफएम गरुडाका सञ्चालक बृजकिशोरप्रसाद यादवले दिवङ्गत मातापिताको स्मृतिमा सो पुरस्कार स्थापना गरेका हुन् । पिता दुर्गाप्रसाद यादव र माता भवानीदेवी यादवको स्मृतिमा पच्चीस हजार रुपियाँको दुर्गा–भवानी अन्तर्राष्ट्रिय बज्जिका पत्रकारिता पुरस्कार स्थापनाको घोषणा गर्दै यादवले हरेक वर्ष एकजना बज्जिका पत्रकारलाई सम्मानपत्रसहित नगदले सम्मानित गरिने बताएका छन् । बज्जिका पत्रकार सङ्घ नेपालको प्रथम सम्मेलनमा मन्तव्य दिंदै यादवले देश र विदेशमा बज्जिका पत्रकारिता गरिरहेका सबैलाई पुरस्कारको स्थापनाले उत्साह दिने बताएका छन् । पुरस्कारको रकम आपूmले उपलब्ध गराउने र बज्जिका पत्रकार सङ्घ, नेपालले व्यवस्थापन गर्ने पुरस्कारका लागि अक्षयकोषको व्यवस्थासमेत गर्दै जाने यादवले बताएका छन् । आगामी वर्षदेखि एक विशेष कार्यक्रमको आयोजन गरी पुरस्कार प्रदान गरिने यादवले बताएका छन् । आपूmसमेत संलग्न रहेर बज्जिका पत्रकार सङ्घ, नेपालको अगुवाइमा प्रतिभा छनोट समिति गठन गरिने यादवले बताएका छन् ।