प्रस, वीरगंज, १२ फागुन/
वीरगंज उपमहानगरपालिका अन्तर्गतको पुरानो वारुणयन्त्र रहेको भवन तोडिएको छ ।
वीउमनपाले पार्टी प्यालेस निर्माण गर्न १४ वटा सटर रहेको सो भवन तोडे पनि वार्षिक बजेटमा भने पार्टी प्यालेसको लागि बजेट छुट्याएको छैन । वीउमनपाले १४ वटा पसलबाट मासिक ५० हजारभन्दा बढी भाडा असुल्दै आएको थियो । अहिले सो भवनसहित त्यहाँ रहेको ऐतिहासिक फलामे पानीटङ्कीसमेत तोड्न ठेकेदारलाई साढे ५ लाखमा जिम्मा दिएको छ ।
ठेकेदारले फलामे पानीटङ्की मात्रै ६ लाखमा बिक्री गरेको छ । दुई दशक पनि पूरा नभएको सो पक्की पसल बिना योजना तोडिएको छ । पसल तोडिए पनि स्थानीयवासीले मालपोत कार्यालयमा हुने सवारी जाम हलुको पार्न सो स्थानमा पार्किड्ढो व्यवस्था गर्ने प्रक्रिया शुरु गरेका छन् । टोल सुधार समितिको पहलमा मालपोत कार्यालय सञ्चालन भएको बखत सवारीजामको कारण दिनभरि आवागमनमा समस्या भइरहेको कारण पुरानो दमकल रहेको खाली स्थानमा सवारी पार्किङ गर्ने पहल भइरहेको टोल सुधार समिति, छपकैयाका सहअध्यक्ष निरञ्जन मिश्राले बताए ।
वीउमनपाले वार्षिक बजेटमा सोे जग्गा व्यवस्थापन गर्न रकम विनियोजन नगरेको र तोडफोडपछि जग्गा खाली भएको कारण पार्किङ व्यवस्था गरी मालपोतको नियमित जाम कम गर्ने प्रयास भइरहेको उनले बताए ।