प्रस, रौतहट, १५ फागुन/
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले लोकतन्त्रका लागि निर्वाचन अपरिहार्य रहेकोले निर्वाचनमा सहभागी हुन जनतासँग अनुरोध गरेका छन् ।
नेकपा एमालेद्वारा गौर ब्यारेक फिल्डमा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले पहाडी, उत्पीडित, दलित, जनजाति लगायत सम्पूर्ण वर्गको अधिकार सुनिश्चित गराउने एमाले पार्टी हो भनी बताए । सोही अवसरमा गौर नगरपालिका वडा नं २ का समाजसेवी शम्भु साहलगायत करिब १ सय कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको पार्टीले जनाएको छ ।
मधेसी मोर्चाका कार्यकर्ताहरूले आज सदरमुकाम गौरको विपी चोकमा टायर बाली विरोध प्रदर्शन गरेको छ । नेकपा एमालेद्वारा गौर ब्यारेक फिल्डमा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिको रूपमा वरिष्ठ नेता माधवकुमार नेपालको आगमनलाई निषेध गर्ने उद्देश्यका साथ विरोध जुलुस तथा टायर बाली सडक जाम गरेको मधेसी मोर्चाले जनाएको छ । विपी चोकमा मधेसी मोर्चाका कार्यकर्ताहरूले कालो झन्डासमेत प्रदर्शन गरेको छ । विरोध जुलुसको क्रममा मधेसी विरोधी नेता चाहिदैन जस्ता अनेकौं चर्को नारा लगाइएको थियो । नेकपा एमालेका वरिष्ठ नेता नेपालको सुरक्षाका लागि व्यापक सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको जिप्रका रौतहटले जनाएको छ ।
मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा दुर्जन दर्जन कार्यकर्तासहित प्रेस युनियनका केन्द्रीय पार्षद् तथा द हिमालयन पत्रिकाका रौतहट संवाददाता प्रभात झा घाइते भएका थिए । पत्रकारलाई सुरक्षा गर, पत्रकारलाई कुटपिट गर्न पाइँदैन जस्ता नारा लगाउँदै पत्रकारहरूको एक समूहले जिल्ला प्रशासन कार्यालय, गौरको मूलगेटमा धर्ना दिई कार्यवाहीको माग गरेको थियो । जिप्रका रौतहटमा नेपाल पत्रकार महासङ्घ, रौतहटले ज्ञापन दिई दोषीलाई यथाशीघ्र कार्यवाही गर्न माग गरेको छ ।
नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, प्रेस मञ्च नेपाल, बज्जिका पत्रकार सङ्घले पनि संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी दोषीलाई कार्यवाहीको माग गरेका छन् । रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापा र सशस्त्र प्रहरी उपरीक्षक भगवान मल्लले दोषी प्रहरीलाई तीन दिनभित्र कार्यवाही गरी जानकारी दिने प्रतिबद्धता जनाए ।
मोर्चाका कार्यकर्ताहरूले आज बि आर ०६ पी ५४६१ नम्बरको बलेरो गाडी जलाएका छन् । कार्यक्रमपश्चात् गाडी जलाएको प्रहरीले जनाएको छ ।