प्रस, परवानीपुर, बारा, १६ माघ/
दलित युवाहरूको संस्था जय माँ सरस्वती बालबालिका संस्था लिपनीमाल चैनपुरले एक दिने गाविसस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा क्रिकेट, दौड र म्युजिक चेयरजस्ता खेल आयोजना गरिएको संस्थाका अध्यक्ष सुनिल रामले जानकारी दिएका छन् ।
चैनपुरको खेलमैदानमा सम्पन्न प्रतियोगितामा म्यूजिक चेयरमा नेहा राम प्रथम ,प्रतिमा कुमारी दोस्रो, रोशनी कुमारी तेस्रो भएकी छन् । त्यस्तै १०० मिटर दौडमा अभयकुमार प्रथम, उमेश राम दोस्रो र अर्जुन राम तेस्रो भएका आयोजकले बताएको छ । त्यस्तै लिपनीमालका लिपनी र चैनपुर गाउँका ४/४ टिमको सहभागितामा भएको क्रिकेट म्याचमा चैनपुर विजयी भएकोले छ । चैनपुरकै दलित बस्ती रामटोललाई ५ विकेटले पराजित गरी प्रतियोगिताको क्रिकेट विजेता बनेको हो । यस अघि टस जिती पहिले ब्याटिंग गरेको रामटोलले निर्धारित २० ओभरको खेलमा १३ ओभर खेल्दै ५९ रनको योगफलमा अलआउट भयो । ६० रनको विजयी लक्ष्य लिई मैदानमा उत्रेको चैनपुरका वडा नं ९ को टिमले ५ विकेटको क्षतिमा ९ ओभरमैं लक्ष्य भेटेको थियो ।
गाविसको २५० जना विद्यालय पढने बालबालिकाको सहभागितामा भएको खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरूलाई एक समारोहबीच पुरस्कार तथा शिल्ड, मेडल वितरण गरिएको थियो ।