देश, सरकार र नागरिकको दायित्व सकिएको छ । नामका लागि सात दिन, तर आआप्mनो क्षेत्रको शहीदहरूको दिवस एक दिन, त्यो पनि केही घण्टा मनाएर दायित्व निर्वाह गरिएको छ । शहीदको परिभाषा नै नेपालमा फेरिएको छ । कसैले कसलाई शहीद मान्ने र कसैले कसलाई मान्ने वैचारिक भिन्नताले पनि शहीद दिवस पनि औपचारिकतामा सीमित हुन पुगेको छ । झन् कलैयाको एउटा समाचारले त हामी शहीदहरूप्रति कतिसम्म संवेदनशील छौं भन्ने देखाएको छ । कलैयाको घण्टाघर परिसरमा रहेको चारजना शहीदको सालिक बेपत्ता (तोडफोड) भएको १० वर्ष बित्यो तर त्यसको पुनस्र्थापना वा नामनामेसी नै हटाउने ठोस क्रियाशीलता देखिएन । यद्यपि शहीद दिवस मनाउँदा जुन चारजना शहीदको सालिक तोडफोड गरियो, तिनको अस्तित्वलाई आजसम्म कसैले अस्वीकार गरेको अवस्था छैन । शहीद त शहीद हुन्, तिनले सानो क्ष्Fेत्रफलको लागि बलिदान दिएका हुन् अथवा ठूलोको लागि । आप्mनो हितबाहेक समुदाय, समाज र देशको लागि आत्मोत्सर्ग गर्ने व्यक्ति नै शहीद कहलिन्छ । त्यसमा सालिकबाट हराएका शुक्रराज शास्त्री, धर्मभक्त थापा, गङ्गालाल र दशरथ चन्द अकाट्यरूपमा नेपालका शहीद हुन् र रहिरहनेछन् ।
सत्तासीन राणाशासनविरुद्ध क्रियाकलाप गरेको दण्डस्वरूप माघको दोस्रो साता १० गते शुक्रराज शास्त्रीलाई, माघ १३ गते धर्मभक्त माथेमालाई र माघ १५ गते गङ्गालाल श्रेष्ठ तथा दशरथ चन्दलाई मृत्युदण्ड दिएको हुनाले आजको लोकतान्त्रिक नेपालमा माघ १० गतेदेखि १६ गतेसम्म एक साता शहीद दिवस मनाउने चलन बसेको हो । यसरी जसको नाममा शहीद दिवस तोकियो, जसको बलिदानले नेपाली जनताले मौलिक अधिकार पायो, जसको आत्मोत्सर्गले निरङ्कुश राणाशाहीको उन्मूलन भयो, जसको सम्झनामा देशमा एक दिन माघ १६ गते बिदा दिइन्छ र नागरिकले पनि उक्त दिनलाई अधिकार प्राप्तिको सम्झनास्वरूप बिदा मनाएर शहीदको गौरवगाथा कथ्दछ, तिनै शहीदको उठीबास लगाउने कार्यलाई कसरी आत्मसम्मानको दिन भन्नु ? हिजो कुन परिस्थितिमा शहीदहरूको सालिक तोडियो, त्यस कुरालाई बिर्सेर आज सालिक पुनस्र्थापनाकार्य गर्नु नै तमाम शहीदप्रति आदर दर्शाउनु हो । कुनै पनि देशको शहीद मानव मात्रको लागि सम्मानको पात्र हुन्छ । यस अर्थमा नेपालमा राजनीतिक दलहरूको दम्भ रक्षार्थबाहेक, समाजको हितमा जजसले मृत्युवरण गरे ती सबैलाई समानरूपमा शहीदको दर्जा दिएर, सम्भव भए सालिक निर्माण गरेर वा सम्झना गरेर यथोचित सम्मान दिनुपर्छ ।
समग्रमा मानव अधिकारका लागि आत्माहुति दिने व्यक्ति शहीद हो । मानव संस्कृति र सभ्यताले पनि परमार्थमा प्राण त्याग गर्ने व्यक्ति सदा स्मरणीय मानेको छ । यस मानेमा जुनसुकै भूगोलको पनि मानव इतिहास कहिले पछि परेको छैन । प्रागैतिहासिक कालदेखि सुयोग्य पात्रहरूले समग्र मानव कल्याणको लागि आत्माहुति दिंदै आएका छन् । मानव कल्याणका लागि आगो ल्याउने प्रयास गर्ने पश्चिमा पुरुष प्रमेथियस हुन् वा मानव कल्याणको लागि जिउँदै हाड दिने दधिचि हुन् त्यसै परम्पराका कडी हुन् आजका शहीदहरू । पश्चिमा थिए भनेर प्रमेथियसप्रति न हाम्रो भाव कम हुनुपर्छ न आप्mना थिए भनेर दधिचि मात्र सम्मानका पात्र हुन सक्छन् ।