प्रस, परवानीपुर, पर्सा १६ माघ/
कुटपिटको घटनामा संलग्न रहेका अभियुक्तलाई पक्राउ गरी कारबाई गर्न प्रहरी चौकी असवारीले चासो नदेखाएको गुनासो आएको छ । आसवारी–६ बस्ने सुरेश राउत कुर्मीले यस्तो गुनासो गरेका हुन् ।
निजकी पत्नी ३५ वर्षीया महिला जोनीदेवी कुर्मिनलाई छिमेकी किनेश पटेलले लछारपछार गरी गत पुस १३ गते कुटपिट गरेका थिए । कुटपिटमा गम्भीर घाइते भएकी पीडित जोनीको एक साता जति नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भएको थियो । उनको टाउकोमा लागेको गम्भीर चोटको उपचार भई हाल उनी घर फर्किसकेकी छन् । उनका पतिले कुटपिट गरेका किनेशलाई उपस्थित गराउन घटना भएकै भोलिपल्ट जिल्ला प्रहरी कर्यालय, पर्साको महिला तथा बालबालिका सेलमा उजुरी पनि गरे ।
जिल्ला प्रहरी कार्यालयले दुईपटक आसवारी प्रहरीलाई कुटपिटमा संलग्न मानिसलाई हाजिर गराउन पत्राचार पनि गरेको बुझिन्छ । तर अहिलेसम्म मानिस उपस्थित गराउन नसकेको प्रहरी चौकी आसवारीका प्रहरी सहायक निरीक्षक सुरेन्द्र साहले बताए ।
प्रसनि साहका अनुसार प्रहरी लागिपरेको छ, अभियुक्त फरार रहेकोले समात्न नसकिएको हो । तर पीडित महिला जोनी देवीका पति सुरेशका अनुसार स्थानीय अगुवाहरूको प्रभावमा आएर प्रहरीले पक्राउ गर्न तथा
कारबाई गर्न चासो नदिएको गुनासो गरेका छन् ।