अभय भट्टराई
आँखा हुनेहरूले मात्र देख्दैनन्, आँखा नहुनेहरूले पनि देख्छन् । त्यसैले आँखा नहुनेहरूलाई अन्धो भन्नु हाम्रै अज्ञानता हो । चर्मचक्षु हुँदैमा सबै चीज देख्न पनि सकिंदैन । संसारका हरेक प्राणीहरूका आँखाले समान दृष्टि राख्न नसक्ने हुनाले चर्मचक्षुले पक्षपात गर्दछ । चर्मचक्षुले पक्षपात नगर्दो हो त आँखामा पट्टि बाँधेर तराजु लिएको चिह्न न्यायालयको प्रतीक बन्न सक्दैनथ्यो । तसर्थ पक्षपातपूर्ण व्यवहार नगर्ने ज्ञानचक्षु नै चर्मचक्षुभन्दा महान् हुन पुगेको हो । हामीहरू ताते ताते गर्न नपाउँदै र राम्ररी बोली फुट्न नपाउँदै ज्ञानको मार्गमा अग्रसर त हुन्छौं तर झन्झन् बुझ्यो झन्झन् कठिन भनेर ज्ञानी बन्न हिंडेको मार्गलाई हामीले छाडिदिन्छौं । हामीले चर्मचक्षुले देखेको कुरामा विश्वास गर्छौं र चर्मचक्षुले देख्न नसकेका विषयलाई हामीले भ्रम वा आडम्बर ठान्न पुग्छौं । साकारबाट निराकारको यात्रामा लम्किनुपर्ने हाम्रो हिंडाइ साकारमा मात्र सीमित रहिदिनाले हामीले निराकार ईश्वरको दर्शन गर्न नसकेका हौं । हामीभित्र अनन्त शक्ति छ, तर त्यसलाई जोगाउने क्षमता हामीमा छैन । त्यसका लागि हामीलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपमा ईश्वरीय दर्शन र प्रेरणा आवश्यक हुन्छ ।
युद्ध मैदानमा होमिएका अर्जुन एकाएक युद्धबाट विमुख भएपछि उनलाई श्रीकृष्णले क्रमशः शक्ति प्रदान गर्दै आएका हुन् । यसै सन्दर्भमा अर्जुनले ईश्वरको महिमा वर्णन सुने पनि उनको दिव्य र अविनाशीरूपलाई प्रत्यक्षरूपमा दर्शन गर्न नपाएका कारण उनले श्रीकृष्णसँग त्यस्तो रूप देखाइदिन अनुरोध गरेका थिए । तदनुसार श्रीकृष्णले आप्mना सयौं हजार वर्ण र आकृतिको रूपहरू मात्र होइन, आपैंmमा विद्यमान द्वारशादित्यका पुत्रहरू, अष्टवसुहरू, एकादश, रुद्रहरू, दुवै अश्विनीकुमार र उनन्पचास मरुद्रणका कहिल्यै नदेखिएको आश्चर्यमय रूपलाई हेर्न निर्देशन दिन्छन् ।
अर्जुनले प्राकृतिक आँखाले ईश्वरीय दर्शन गर्न नसक्ने भएकाले भगवान्ले उनलाई दिव्य अर्थात् अलौकिक आँखा प्रदान गरेका थिए ।
अर्जुनलाई दिव्य चक्षु दिएपछि भगवान्ले आप्mनो दिव्य रूप प्रदर्शन गर्दछन् । जुन दिव्य रूपमा धेरै मुख, हात, गहना र अनेकौं शस्त्र विद्यमान थिए । हजारौं सूर्य एकसाथ उदय हुँदा प्राप्त हुने जस्तो दिव्य प्रकाश पनि विराट स्वरूपमा रहेको थियो । सम्पूर्ण संसार नै श्रीकृष्णको त्यो दिव्य रूपमा समाहित भएको पो हो भन्ने आभास पनि अर्जुनलाई भयो । दिव्य चक्षुद्वारा अर्जुनले श्रीकृष्णको शरीरमा सम्पूर्ण देवतालाई, भूतलाई, ब्रह्मा, विष्णु, महेश्वर, सबै ऋषि र सर्पहरूलाई देखे । श्रीकृष्ण अनेक हात, पेट, मुख र आँखाले युक्त भएको देखिए । त्यसैले उनको न आदि, न मध्य र न अन्त्य नै देख्न सकियो ।
श्रीकृष्ण मुकुट, गदा र चक्रले युक्त सबैतिरबाट प्रकाशमान तेजपुञ्ज, प्रज्वलित अग्नि र सूर्यको जस्तै प्रकाशले युक्त, कठिनपूर्वक देख्न लायक र सबैतिरबाट अप्रमेय स्वरूप देखिए । यस्तो अवस्थामा अर्जुनलाई श्रीकृष्ण नै परब्रह्मा परमात्मा हुन्, जगत्का आदि कारण हुन्, सनातन धर्मका रक्षक र सनातनी पुरुष हुन् भन्ने आभास भयो । श्रीकृष्ण आदि, मध्य र अन्त्यले रहित, अनन्त पराक्रमले युक्त, अनेकौं दाँतवाला, चन्द्र र सूर्यरूपी आँखा भएका, प्रज्वलित अग्निरूप मुख भएका र आप्mनो तेजद्वारा सम्पूर्ण संसारलाई तताइरहेको जस्ता देखिए । स्वर्ग र पृथ्वीको बीचको सम्पूर्ण आकाश तथा सबै दिशा श्रीकृष्णद्वारा नै परिपूर्ण छन्, अनि श्रीकृष्णको अलौकिक र उग्ररूपलाई देखेर तीनवटै लोक
अत्यन्त दुःखी भएका छन् । सबै देवता श्रीकृष्णमैं प्रवेश गर्छन् र भयभीत
भएर हात जोड्दै श्रीकृष्णकै नाम र गुण गाउँछन् भन्ने महर्षि र सिद्ध तपस्वीहरू ‘कल्याण होस्’ भन्दै अत्यन्त उत्तम स्तोत्रहरूद्वारा श्रीकृष्णको प्रार्थना गर्दछन् ।